तपाईं अहिले नेपाल सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किरात राई यायोक्खा जेजुदोको प्रथम अधिवेशन सम्पन्न नेतृत्वमा कोपिल राई

किरात राई यायोक्खा दक्षिण कोरियाले जेजु प्रान्तमा प्रथम अधिवेशन सम्पन्न गरेको छ। जनवरी २७ तारिख शनिवार  सम्पन्न अधिवेशनले कोपिल राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने संरक्षकमा सरिता राईलाई नियुक्ती गरेको छ। यसैगरी बरिष्ठ उपाध्यक्षमा मोहन राई उपाध्यक्षमा राज कुमार राई सचिवमा निमेष राई र सह सचिवमा विवेक राई चयन हुँदा कोषाध्यक्षमा सन्दिप राई र, सह कोषाध्यक्षमा जितेन राईले जिम्मेवारी पाएका छन्। सदस्यहरुमा सुवास राई , आसिष राई , पुर्णफुर्सदमा

“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै

मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्रीफुर्सदमा

चित्र बहादुर गुरुइ०को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरी तमु संचारकर्मी संघको पाँचौ अबिधेशन सम्पन्न

तमू (गुरूङ०) सञ्चारकर्मी संघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।चैत २४ देखि २६ गतेसम्म कास्कीको ताङतिङमा सम्पन्न महाधिवेशनले चित्र बहादुर गुरूङ ९लाला० को अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा खिमा गुरूङ कास्की , महासचिवमा चित्र बहादुर गुरूङ चितवन, सचिवमा कुमार गुरूङ रूपन्देही, कोषाध्यक्षमा अनिता गुरूङ काठमाडौ, सदस्यमा केशव गुरूङ काठमाडौ, किरण गुरूङ कास्की, दोलख गुरूङ धादिङ, केशव गुरूङ गोरखा, ईन्द्र बहादुर गुरूङ कास्की, दान बहादुरफुर्सदमा

झन्डै २२ लाख नेपाली विदेशमा

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीहरुको संख्खा पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत)फुर्सदमा

शिष्टाचार अभियानले सुरक्षागार्ड गुरुङलाई राष्ट्रिय सम्मान गर्ने

काठमाण्डौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ । शिष्टता, सभ्यता र संस्कारका निम्ति अभियान नै चलाईरहेका शिष्टचार अभियानले सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दनसहित सो सम्मान गरिने भएको हो । “म मन्त्री जान्दिन, लाइनमा बस्नुहोस् भन्ने सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दन ।”, साबिकको हाँसपोसा गाविस हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा घर भई हाल अमेरिकामा रहनुभएका शिष्टचार अभियानका अभियानकर्ता एवम् समाजसेवी सुमनफुर्सदमा

नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित

पर्यटन क्षेत्रमा सक्रिय तामाङहरुको साझा संस्था “तामाङ रिमठिम पर्यटन संजाल” को आयोजनामा यस संस्थामा आबद्ध भएका र भर्खरै सम्पन्न नेपाल पर्वतारोहण सङ्घको निर्वाचनमा निर्वाचित संजालका सदस्यहरुलाई संस्थाको तर्फबाट आज सम्मान गरेको छ । उक्त बधाई एवं सम्मान कार्यक्रम नेवा: घासा रेस्टुरेन्ट म्हेपि काठमाडौंमा एक समारोह बीच सम्पन्न भएको हो । संस्थामा आबद्ध निर्वाचित चारजना सदस्यहरु क्रमशः राजेन्द्र ब. लामा, सिङ्गी लामा, दिनेश तामाङ र लाल ब. वाइवालाई सम्मान गरिएको संस्थाकाफुर्सदमा

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको पाँचौं अधिवेशनबाट अध्यक्षमा लिल बहादुर गुरुङ

मनु कोन्मे गुरुङ, पोखरा नेपाल तमु (गुरुङ ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको पाँचौं अधिवेशन तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय कार्यालय मित्रनगर काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल तमु (गुरुङ) बिद्यार्थी छोंज धीँ केन्द्रिय कार्यसमितिका पुर्व महासचिव बिष्णु गुरुङ संयोजक,सदस्यहरु अमर गुरुङ र सपना गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले लिल बहादुर गुरुङको अध्यक्षतामा २७ सदस्यीय निर्वाचित कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उक्त पाँचौं जिल्लाफुर्सदमा

स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिमा नयाँ नेतृत्व, अध्यक्षमा टुकराज अर्याल

स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मेलन तथा सातौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । स्याङ्जाको वालिङमा सम्पन्न अधिवेशनले टुकराज अर्यालको नेतृत्वमा ३२ सदस्य कार्यसमिति चयन गरेको हो । “समृद्ध स्याङ्जाका लागि विश्व अभियान”भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले सहमतिय प्रणालि मार्फत नयाँ टिम निर्माण भएको छ। सस्थाको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्ष हरु मध्यपूर्व क्षेत्रबाट हरि लुइटेल, एसिया प्यासेफिक क्षेत्र तर्फ नरेश बहादु जिसी र अमेरिकाफुर्सदमा

स्याङ्जामा हुने “प्रथम एलादी महोत्सव २०७८” को तयारी अन्तिम चरणमा

बोम्जन गुरुङ स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा प्रथम एलादी महोत्सव २०७८ हुने भएको छ । “धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन, कृषि, हस्तकला साथै ग्रामीण पर्यटनको प्रबर्द्धन” भन्ने महोत्सवको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर २४ गतेदेखि २८ गतेसम्म ५ दिने सो महोत्सव हुने भएको हो । ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेकोफुर्सदमा

कोभिडले मृत्यु भएका परिवारलाई लायन्स क्लव अफ सृजना चौतारीद्धारा १ लाख १ हजार रुपैंया सहयोग 

१७ असार २०७८, पोखरा लायन्स क्लव अफ सृजना चौतारी पोखराले कोभिडका कारण मृत्यु भएका मृतकको परिवारलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेको छ । क्लवले आज पोखरामा आयोजना गरेको क्लवको सन् २०२१/२२ को नयाँ कार्यसमितिलाई पदस्थापन कार्यक्रमसँगै रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि उक्त रकम सहयोग गरेको हो । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडी कोभिड संक्रमणकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...