Advertisement
SKIP THIS

नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष


विश्वका आदिवासी जनजाति एक हौँ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९औँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट शुभराज भोम्जन निर्विरोध रूपमा अध्यक्ष पदमा चयन भएका छन्। नोभेम्बर ९ आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा महाधिवेशन सम्पन्न भएको थियो।

नव निर्मित समितिको वरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू र उपाध्यक्षमा पूर्ण बहादुर पुन चयन हुँदा सचिवमा राम प्रकाश चौधरी कोषाध्यक्षमा गंगा पुन मगर, सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन रहेका छन्। नव गठित समितीलाई निर्वाचन मण्डलका संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ गराएका थिए।

नव–निर्वाचित अध्यक्ष शुभराज भोम्जनले आफ्नो कार्यकालमा वृहत आदिवासी भेला गर्ने उदघोष गरेका छन भने संघीय एकता, पारस्परिक सहयोग र समुदायिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

संरक्षक लोचन राईले आदिवासी समुदाय आरक्षणमा मात्र केन्दृत नभएर आफ्नो दक्षता र क्षमताको आधारमा अगाडि आउन सक्ने बताउँदै नयाँ युगमा नयाँ ढंगले प्रतिस्पर्धा गर्न सकिने विचार व्यक्त गरेका थिए। यसैगरी निवर्तमान अध्यक्ष विशन राईले आफू महासंघको लामो नेतृत्वकर्ता रहँदा आफूले गत महाधिवेशनमा प्रतिबद्धता गरेका सबै कार्यहरु पूर्ण गरेको बताएका थिए। साथै महासंघले ठूलो र सानो संस्था भनेर विभेद नगरेको स्पष्ट पारेका थिए।

प्रवासमा रहेका आदिवासी जनजातिहरूबीच आपसी एकता, सांस्कृतिक पहिचान र समुदायिक सशक्तिकरणलाई मुख्य उद्देश्य बनाई अधिवेशन सम्पन्न भएको थियो। अधिवेशनमा कोरियामा रहेका विभिन्न संस्थाहरु गैर आवासीय नेपाली संघ, नेपाली सम्पर्क समिती, प्रदेश स्तरीय संस्था, राजनैतिक दलका प्रवास संगठन लगायत विभिन्न जिल्लागत क्षेत्रीय संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...