उत्तम खजुम
कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
डिसेम्बर ७ आइतवार सौल चासोक तङनाममय भएको थियो। किरात याक्थुङ चुम्लुङ कोरियाले छङ्न्याङ्नीको एक हलमा लिम्बू जातिको महान चाड चासोक तङनाम विविध कार्यक्रम गरि मनाएको हुनाले सौल चासोकमय भएको हो। सेवा साम्बा भिम सागर मादेम्बाद्वारा चासोक पूजा गरिएको थियो। तङनाममा लिम्बू मौलिक परिकारहरु याङ्बेन, तिते, फाक्सा, वासा , तोङ्बा , थि , किनिम, चाम्रे र सेलरोटी राखिएको थियो। यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक विभागको सामुहिक नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएका थिए। उपस्थिति दर्शकले पनि केलाङ र धाननाचको भरपूर मनोरञ्जन लिएकाफुर्सदमा
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशन हुने भएको छ। महाधिवेशन २०२६ जनवरी ४ आइतवार हुने अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन्। साथै नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ। नेपाली राजनीतिमा उदाउँदै गरेको ‘जेन-जी’ (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने विश्वास दिलाएका छन्। प्रवासमा लोकतन्त्रको पहरेदारको रूपमा रहेको यस संस्थाले आगामी सन् २०२६ जनवरी ०४ मा हुने केन्द्रीय महाधिवेशनलाई नयाँ पुस्ताको ऊर्जा रफुर्सदमा
युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत आइतवार सम्पन्न अधिवेशनले युविन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वम्मत चयन गरेको छ । प्रवास नेपाली सम्पर्क विभाग राष्टृय स्वतन्त्र पार्टीको प्रवास संगठन हो। नयाँ समितिको उप–प्रमुखमा सुन्दर प्रसाद अधिकारी, सचिवमा विक्रम काफ्ले, सह–सचिवमा बसन्त रिजाल, तथा कोषाध्यक्षमा दीपेन्द्र प्रसाद शर्मा चयन भएका छन्। सदस्यतर्फ सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ, सन्दिप बास्तोला, केशब सन्जेल, समर थापा, धर्मराज कडेल, बिजय गुरुङ, अस्मिता चुदारा र सन्जिव घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्। अधिवेशनमा बिभागका प्रमुखफुर्सदमा
कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
कवि शकुन आँसुद्वारा लिखित कविता संग्रह “नवयुगकि सुम्निमा” को कोरियामा समिक्षागत चर्चा कार्यक्रम सम्पन्न भएको छ। इतर अभियानले गत आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा आयोजकले ३ वक्ताहरुलाई फरक फरक विषयमा आफ्नो धारणा प्रस्तुत गर्न लगाएका थिए। वक्ता दिपक खनालले “राजनितिक चेतना, दर्शन, भूगोल र विश्व दृष्टिकोण ” विषयमा आफ्नो विचार राखेका थिए। उनले कृतिमा राजनितिक दर्शनभन्दा साँस्कृतिक पहिचानको नजिक रहेको उल्लेख गर्दै आगामी संग्रहमा विश्व दृष्टिकोणले हेर्न सकिने सिर्जनाका लागि शुभकामना व्यक्त गरेका थिए। यसैगरि अर्का वक्ता दिलिप बान्तावाले “मौलिकता, मिथक – बिम्ब, प्रतिकफुर्सदमा
गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK), दक्षिण कोरियाद्वारा “वृहत अन्तरक्रिया कार्यक्रम” आयोजना गरिने भएको छ। कार्यक्रम 서울특별시 종로구 창신길 51, 5층 (창신동) मा डिसेम्बर ७ आइतवार दिउँसो १२ बजेदेखि सुरु हुनेछ्। यस कार्यक्रममा प्राध्यापक, श्रमिक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहने NRNA अध्यक्ष बिपिन गुरुङले फोनिज कोरियालाई जानकारी गराएका छन्। यसैगरि कार्यक्रममा कोरियामा बसोबास तथा कार्यरत नेपालीहरूले कार्यस्थल भित्र–बाहिर भोगिरहेका कानुनी, श्रम, भिषा, अधिकार र जिम्मेवारीसम्बन्धी समस्याहरूका विषयमा मार्गदर्शन तथा समाधानका उपायहरू प्रस्तुत गर्न कानूनी व्यवसायी, सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला व्यक्तिहरूकोफुर्सदमा
नेपाल तामाङ घेदुङको १२ औँ महाधिवेशन सम्पन्न, नेतृत्वमा पुन: स्याङ्तान
नेपाल तामङ घेदुङ दक्षिण कोरियाको १२ औँ महाधिवेशनबाट अध्यक्षमा पुन : राजकुमार स्याङ्तान दोहोरिएका छन्। दोङ्देमुन स्थित सेमाउल बैङ्कको सभाहलमा नोभेम्बर २३ मा सम्पन्न अधिवेशनले स्याङतानको नेतृत्वमा १७ सदस्यीय १२औँ कार्यसमिति गठन भएको छ । नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दावा फिन्जो तामाङ चयन भएका छन्। यसैगरि उपाध्यक्षमा नुर्बु तामाङ , आशिष् मोक्तान तामाङ र त्रिचन्द्र तामाङ रहेका छन भने महिला उपाध्यक्षमा सुनिता ब्लोन तामाङ चयन भएकी छिन्। महासचिवको जिम्मेवारी अभिषेक थिङ तामाङलाई सुम्पिएको छ भने सचिवमा सरस्वती तामाङ, राजेन्द्र लोप्चन र सागर तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा अञ्जलीफुर्सदमा
UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन डिसेम्बर २०-२१ मा
अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ। बैठकले आगामी बार्षिक साधारणसभा र MIT Foundaation सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। यो साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, बिश्वो-ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ। सँस्थाको बार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भएता पनि यो बर्ष सँस्था बिकासका सुरुवातीको बर्ष, बिश्वो-ब्यापिकरणको जिम्मेवारीफुर्सदमा
तेह्रथुम र उदयपुरद्वारा छुसक डान्स पार्टीको आयव्यय सार्वजनिक
ग्लोबल तेह्रथुम सेवा समाज र उदयपुर सेवा समाजले छुसक डान्स पार्टीको आयव्यय सार्वजनिक गरेको छ। दुइ संस्थाले आइतवार निक नेपाल ट्राभल्सको हलमा संयुक्त रुपमा आयव्यय सार्वजनिक गरेको थियो। तेह्रथुमले डान्स पार्टीमा २ करोड ४१ लाख आम्दानी गर्दै १ करोड ३१ लाख खर्च गरि १ करोड १० लाख वन बचत गर्न सफल भएको छ भने उदयपुरले २ करोड ७४ लाख आम्दानी गर्दा १ करोड ७७ लाख खर्च गरि ९७ लाख वन बचन गरेको छ। गत छुसकमा तेह्रथुमले अक्टोबर ५ तारिख ह्यात्रुङ झर्ना र उदयपुरले अक्टोबर ६ तारिख साइला साइली डान्स पार्टीकोफुर्सदमा
नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा हुने भएको छ । अधिवेशन दोङ्देमुन स्थित सेमाउल बैङ्कको हलमा हुन लागेको अध्यक्ष राजकुमार स्याङ्तानले फोनिज कोरियालाई जानकारी दिएका हुन् । घेदुङ कोरियाले आफ्नो स्थापना समय देखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरुसँग हातेमालो र सहकार्य गरी सामाजिक कार्य गर्दै आएको छ । घेदुङ कोरियाको स्थापना सन् २००३ मा भएको हो । सुरुमा यसको नाम “तामाङ संघ दक्षिण कोरिया” थियो । सन् २०२१ मा भएको दसौँ अधिवेशनबाट नेपाल घेदुङको प्रवास शाखाको रुपमा रुपान्तरण भएको हो ।
‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
नोभेम्बर १६ तारिख आइतवार इक्सानमा दोश्रो नेपाल सुपर कप फूटबल टुर्नामेन्ट सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी ब्लु लायन एफसीले जितेको छ। ख्वाङ्जु एफसीलाई टाइ ब्रेकरमा पाखा लगाउँदै ब्लु लायन च्याम्पियन बनेको हो। विजेताले ५० लाख वन र उप विजेताले २५ लाख वन नगद पुरस्कार प्राप्त गरेका छन्। भने ट्रफी मेडल तथा प्रमाणपत्र पनि प्राप्त गरेका छन्। यसैगरि सेमिफाइनलिस्ट झापा एफसी र नोन्सान एफसीले पनि ५ लाख वन पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्लु लायनका साहिल मगर भएका छन भने उत्कृष्ट गोल किअर ब्लु लायन कै नविन सिवाकोटिफुर्सदमा