Advertisement
SKIP THIS

Dudha Lama

 

सउलमा द एज ब्यान्डसँग झुमे दर्शक

अमिर याेन्जन ।  युरोप, खाडी क्षेत्रमा साङ्गीतिक प्रस्तुतिको यात्रा सकेर दक्षिण कोरिया झरेका ‘द एज ब्यान्ड’ले राजधानी सउलको कोरिया युनिभर्सिटीका हलमा नेपाली दर्शकहरूलाई आफ्नो प्रस्तुतिले मन्त्रमुग्ध बनाएको छ । पप सङ्गीतमा चर्चित पुरानो ब्यान्ड लमजुङ परिवारको आयोजनामा ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ मा कोरिया आइपुगेको हो । युरोपको विभिन्न देश, यता दुबईमा प्रस्तुति सकेर अन्तिम यात्रामा कोरिया आइपुगेको भोकलिस्ट जीवन गुरुङले बताए । कोरियन चाड छुसकको पहिलो बिदा आइतबार आयोजना भएको ब्यान्डको कार्यक्रममा दर्शकहरू लगभग ४ हजार पाँच सयको हलको सिटमा आधा भरिभराउ थिए । स्थानीय समय अनुसार दिउँसो औपचारिक कार्यक्रमपछिफुर्सदमा


कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार

रेमिट्यान्स फोनमनीले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु ल्याएको छ । छुसको दिनहरूमा कम्पनीको  दोंगदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रीय कार्यालयमा भ्रमण (भिजिट) गर्नेलाई हात खाली नहुने उपहार नै उपहार ल्याएका हुन् । जसमा पाँच प्रकारका योजना तथा उपहारहरू छन् । स्पीन एण्ड वीन योजना:  यो स्पीन एण्ड वीन योजना अन्तर्गत भाग्यशाली विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन् । यो योजनाको लागि कार्यालय भिजिट गरेर सहभागी बन्न सकिने छ । फोनमनी (Fonemoney) को डमीसँग फोटो खिच्नुस उपहार जित्नुस्:  यसैगरी फोनमनीको डमी (dummy)संग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएकोफुर्सदमा


नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी

किम्हेमा महिला सेल्टर ‘नानाआङा धिम’ को व्यवस्थापन तथा सहयोगार्थको लागि बुसान, किम्हे सहरमा छुसक नाइट डान्स पार्टी हुने भएको छ । कोरियन चाड छुसकको पहिलो दिन सेप्टेम्बर १६ मा ख्याङ्बु गाइज आयोजित छुसक नाइट डान्स पार्टी किम्हे सी खयारो २०२ मा स्थान रहेको छ । नाइट डान्स पाटीको लागि डिजे सबीर (DJ SABIR) र डिजे एसबीडि (SBD) रहेका छन् । विगत ६ वर्षदेखि नेपाली दिदीबहिनीहरूलाई विभिन्न कारणले काम छोडेर वा स्वास्थ्य समस्यामा परेको बेला बस्ने ठाउँको लागि नेपाल तामाङ घेदुङ ख्याङ्सङ बुसान शाखा दक्षिण कोरियाले महिला आवास गृह ‘नानाआङा धिम’फुर्सदमा


छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज

अमिर याेन्जन । फोनमनी दोब्बर (डबल) पैसा छैटौँ हप्ता विजेता धर्मराज गौतम भएको छ । फोनमनीको ‘हरेक हप्ता पैसा डबल’ अफर अन्तर्गत सोमबार लक्की ड्रबाट विजेता भएका हुन् । धर्मराजसँगै ६ जनाले डबल पैसा पाएका छन् । पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्कले पाएका हुन् । त्यस्तै चौथो हप्ता पवन खरेल, पाँचौँ हप्ता राजभाइ लामाले डबल पैसा जितेको फोनमनी मार्केटिङ म्यानेजर राजन अधिकारीले बताए । फोनमनी रेमिटेन्स कम्पनीले हरेक हप्ता सोमबार कोरियाबाट पैसा पठाउनेहरु मध्येबाट इलेकट्रोनिक विधिबाट लक्की ड्र गरीफुर्सदमा


छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने

अमिर योन्जन । शेर्पा सङ्घ, दक्षिण कोरियाले छुसकमा ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ । छुसकको दोस्रो दिन १७ गते सउलमा नेपालका चर्चित कलाकारहरूको साथमा पहिलो पटक साङ्गीतिक धमाका गर्ने भएको सङ्घले जनाएको छ । शेर्पा सङ्घले आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै नेपालबाट ख्याति प्राप्त कलाकार निमा रुम्बा, गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्यलगायतको प्रस्तुतिको साथमा  हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने जनाकारी दिए । सँगै कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने शेर्पा सङ्घका अध्यक्ष दोर्जे शेर्पाले बताए । ‘विपत् व्यवस्थापन तथा आपतकालीनफुर्सदमा


रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले छुसकमा बृहत् भेटघाट तथा रात्रीभोज साथमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कोरियन चाड छुसकको पहिलो दिन राती विविध नृत्य, लोकदोहोरी र डिजे डान्स हुने आयोजकले बताएको छ । सोमबार साँझ ६ बजेबाट सउल- 서울 종로구 종로 63-8 (호텔 파노라마) -종각역 3 번 출구 पानोरामा बुफेमा हुने छ । ‘प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले रामेछाप सम्पर्क समितिले कार्यक्रम गर्न लागेका छन् । साङ्गीतिक कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान वाद्यवादन समूहको प्रस्तुतिसँगै लोक तथाफुर्सदमा


नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सङ्घ संस्थाहरूलाई धन्यवाद ज्ञापन अमिर योन्जन ।  नेकपा(माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च, दक्षिण कोरियाले धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रम आज आइतबार गरेको छ । गत हप्ता छैटौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न विभिन्न सङ्घसंस्था तथा व्यक्ति, पत्रकारहरूलाई विभिन्न तवरले साथ सहयोग गरेको मूल्याङ्कन गर्दै नवनिर्वाचित अध्यक्ष जीवन खतिवडाले प्रेस विज्ञप्ति र धन्यवाद ज्ञापन पत्र वाचन गरी कार्यक्रम गरेका हुन् । कार्यक्रममा अधिवेशनबाट निर्वाचित र सात सदस्यीय पहिलो बैठकले मनोनीत गर्ने गरी ३१ सदस्यीय कार्यसमिति निर्वाचित नामावली विज्ञप्तिमा उल्लेख छन् । यस्तै कोरियामा कार्यरत नेपाली तथा नेपालका दलफुर्सदमा


गायक छेवाङ र डिजे छिरिङको साथमा याक्थुङ रैथाने मेलोडी सेप्टेम्बर १६ मा

अमिर योन्जन । चर्चित गायक छेवाङ लामा र डिजे छिरिङ लगायत थुप्रै कलाकारहरूको साथमा याक्थुङ रैथाने मेलोडी हुने भएको छ । कोरियन चाड छुसकको पहिलो राति सेप्टेम्बर १६ तारिख किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले रात्रिकालीन डान्स पाटी गर्ने भएको हो । चुम्लुङ हिम/सेल्टर व्यवस्थापनमा सहयोग स्वरुप कार्यक्रम गर्न लागेको चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताए । चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै सुरुमा एक–दुई घण्टासम्म मौलिक कार्यक्रमको लागि समय छुटाएको जनकारी दिए । उनले भने, ‘दर्शकहरूलाई मध्यनजर गर्दै हामीले सुरुवातमा बढीमा दुई घण्टासम्म मौलिक कार्यक्रम प्रस्तुत गर्नेफुर्सदमा


‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख

अमिर याेन्जन । चर्चित गायक विश्व दोङसँगै विविध कलाकारहरूसँग ‘सेलो लाइट’ हुने भएको छ । साइनो ग्रुप, दक्षिण कोरियाको आयोजनामा आउँदै गरेको कोरियन पर्व छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख हुने भएको हो । पुस्तकालय निर्माणमा सहयोग गर्ने उद्देश्यले सेलो मौलिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम आयोजकले जानकारी दिए । सेलो नाइटमा चर्चित गायक तथा सङ्गीतकार विश्व दोङ, डिजे सी–म्यान, गायक सूर्य रुम्बा, मिलन दोङ, अशिष मोक्तान बेजोड प्रस्तुति रहने छन् । त्यस्तै प्रतिज्ञा लामा, सरस्वती तामाङ, सनी र र्यापर इज २ पिएको दमदार प्रस्तुति रहने छन् । 서울특별시 성북구फुर्सदमा


घरज्वाइँ चलचित्र कोरियाको चार सहरमा एकैसाथ प्रदर्शनको तयारी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत पछिल्लो चलचित्र घरज्वाइँ कोरियाको विभिन्न चारभन्दा धेरै सहरहरूमा एकै साथ लाग्दै छन् । अगस्ट २४ जेजु र २५ गते सउल, थेगु, किम्हे–बुसान सहरमा प्रदर्शन हुने भएको हो । नेपाल मगर सङ्घ गणतन्त्र कोरियाले त्रिभुवन विश्वविद्यालयमा ‘मगर भाषा र संस्कृति अध्ययन’ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन गरेको  नेपाल मगर सङ्घले जनकारी दिए । गत हप्ता आइतबार यही संस्थाले सुवन सहरमा भव्य प्रदर्शन गर्‍यो । अगस्ट २५ सउलमा मध्यान्ह  १२ बजे, थेगुमा दिउँसो १ बजे, किम्हे–बुसानमा १ बजे र जेजु सहरमा अगस्ट २४फुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...