Advertisement
SKIP THIS

छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज


अमिर याेन्जन । फोनमनी दोब्बर (डबल) पैसा छैटौँ हप्ता विजेता धर्मराज गौतम भएको छ । फोनमनीको ‘हरेक हप्ता पैसा डबल’ अफर अन्तर्गत सोमबार लक्की ड्रबाट विजेता भएका हुन् । धर्मराजसँगै ६ जनाले डबल पैसा पाएका छन् ।

पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्कले पाएका हुन् । त्यस्तै चौथो हप्ता पवन खरेल, पाँचौँ हप्ता राजभाइ लामाले डबल पैसा जितेको फोनमनी मार्केटिङ म्यानेजर राजन अधिकारीले बताए ।

फोनमनी रेमिटेन्स कम्पनीले हरेक हप्ता सोमबार कोरियाबाट पैसा पठाउनेहरु मध्येबाट इलेकट्रोनिक विधिबाट लक्की ड्र गरी एक जना विजेता घोषणा गर्दै आइरहेका छन् । यस लक्की ड्र योजनामा फोनमनी मार्फत बैङ्क खाता, नगद वा इ–सेवा वालेटमा पैसा पठाउँदा सहभागी हुन पाउने छ ।

कोरियामा बढ्दो स्क्याम (Scam) र खाता ह्याक (Account Hacked) बाट बच्न फोनमनी एपले डिभाइस डिटेक्टर फिचर (Device Detector Feature) ल्याएको छ । यो फिचरले कुनै पनि नयाँ मोबाइलबाट एपमा खाता खोल्ने (Login) प्रयास हुनासाथ फोनमनी खाता आफै बन्द (Fonemoney Account Luck) हुने रहेको छ ।

त्यस्तै  ‘फोनमीको साथमा, एक करोड हातमा’ योजना अन्तर्गत पैसा पठाउने मध्येबाट एक जनालाई बम्पर उपहारको रूपमा एक करोड वन दिन बताएको छ । र साथमा काठमाण्डौंमा घर उपहारको योजना पनि सञ्चालनमा रहेको बताएको छ । एक करोडको विजेता छनोट भने आगामी डिसेम्बर अन्तिम हप्तामा लक्की ड्र गर्ने छ ।

घर उपहार योजनामा फोनमनीबाट इ–सेवा मनी ट्रान्सफरमार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने बताएको छ । यो इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीबाट पैसा पठाउनेले सहभागी हुन सक्ने छन् । फोनमनीले नेपालमा पैसा पठाउँदा शून्य सेवा शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । फोनमनीले अफरहरूमा सहभागीको लागि अनुरोध गर्दै सेवाग्राहीलाई सरल र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दाबी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...