तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
किम्हेमा महिला सेल्टर ‘नानाआङा धिम’ को व्यवस्थापन तथा सहयोगार्थको लागि बुसान, किम्हे सहरमा छुसक नाइट डान्स पार्टी हुने भएको छ । कोरियन चाड छुसकको पहिलो दिन सेप्टेम्बर १६ मा ख्याङ्बु गाइज आयोजित छुसक नाइट डान्स पार्टी किम्हे सी खयारो २०२ मा स्थान रहेको छ । नाइट डान्स पाटीको लागि डिजे सबीर (DJ SABIR) र डिजे एसबीडि (SBD) रहेका छन् । विगत ६ वर्षदेखि नेपाली दिदीबहिनीहरूलाई विभिन्न कारणले काम छोडेर वाफुर्सदमा
नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित
अमिर योन्जन । नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा जिवन खतिवडा निवार्चित भएको छ । आइतबार सौलमा नेपालबाट आएकी पूर्वमन्त्री तथा नेकपा माओवादीका उपाध्यक्ष प्रमुख अथितिमा सम्पन्न भएको अधिवेशनबाट खतिवडाको अध्यक्षतामा कार्यसमिति चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रुद्र थापा, उपाध्यक्षहरुमा बिबि स्याङ्तान, नवीन परियार, मानबहादुर बिष्ट, राजेन्द्र फुयाल चयन भएका छन् । अधिवेशनले महासचिवमा सुबिन्द्र मगर र सचिवहरुमा सुरेन्द्र लावती, चरित्र शाही, रामदेव बिष्ट, दावाफिन्जो तामाङ,फुर्सदमा
फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम
अमिर योन्जन । दक्षिण कोरियाबाट फोनमनीबाट पैसा नेपाल पठाउँदा तीन जनाले दोब्बर पाएका छन् । फोनमनीको ‘फोनमनीको साथमा, एक करोड हातमा’ योजना अन्तर्गत ‘हरेक हप्ता पैसा डबल’ अफरमा तीन जनाले पाएका हुन् । पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्काले पाएका हुन् । तर पैसा कति पायो, त्यो भने फोनमनी र विजेताहरूले खुलाएका छैन । फोनमनी रेमिटेन्स कम्पनीले हरेक हप्ता सोमबारफुर्सदमा
कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
अमिर याेन्जन । दक्षिण कोरियामा पहिलो पटक भएको नेपाली महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सेतो समूहले उपाधि जितेका छन् । सेतो टिमले हरियो टिमलाई ३–० गोलको अन्तरले जितेको हो। याे सँगै काेरियामा महिला फुटबल प्रतियाेगिताको सुरूवात भएको छ । आइतबार कोरियाको ह्वासाङ–सी मा भएको सेतो टिमको पूजा क्षेत्रीले २ गोल र सबिता राईले १ गोल गरेको थियो । विजेता सेतो टिमले नगद २ लाख वन र ट्रफी प्राप्त गरे । उपविजेताफुर्सदमा
मकवानपुर म्युजिकल शो–२ मा सुजन चापागाँईको ब्यान्डसँगै प्रिति आले र प्रकाश तितुङको प्रस्तुति हुने
कोरियाको लामो बिदा हुने समय छुसकको दोस्रो दिन मकवानपुर म्युजिकल शो–२ हुने भएको छ । म्युजिकल शोमा चर्चित गायक सुजन चापागाँईको ब्यान्डको प्रस्तुति हुने भएको छ । कार्यक्रममा लोकदोहोरी गायिका प्रिती आले र सेलो गायक प्रकाश तितुङको पनि प्रस्तुति हुनेछ । मकवानपुर सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रम सेप्टेम्बर २९ मा हुनेछ । पहिलो पटक नेपालीले खुल्ला ठाउँमा साँगीतिक कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन् । आठ हजारसम्म दर्शकलेफुर्सदमा
दक्षिण कोरियामा राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास
उत्तर कोरियासँग बढ्दो तनावको वीचमा दक्षिण कोरियाले बुधबार ६ बर्ष पछि पहिलो राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास गरेको छ । भारि बर्षाका कारण प्रभावित भएको अभ्यास उत्तर कोरियाले आक्रमण गरे कसरी बच्न सकिन्छ भनेर गर्ने गरिएको छ । कोरियाली समय दिउँसो २ बजेको सुरु भएको अभ्यास २० मिनेटको चलेको थियो । अभ्यास मानिसहरुले आपातकालीन समयमा प्रयोग गर्न तोकिएको आश्रय वा भूमिगत सुरक्षित ठाउँहरूमा गएका थिए । कोरियाले देशै भरि १७ हजारफुर्सदमा
किराँत राई यायोक्खाले उभौली मनायो
किराँत राई यायोक्खाले यलेदोङ ५०८३ उभौली साकेला अाइतबार मनाएको छ । सुवनको ह्वासाङ फोट्र्रेसमा भएको कार्यक्रममा दक्षिण कोरियाका विभिन्न भागमा रहेका रहेका नेपाली जम्मा भएका थिए । नेपाली दुतावास दक्षिण कोरियाको नियोग उपप्रमुख पुष्पराज भट्टराई प्रमुख अतिथी रहेका कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खाका अध्यक्ष पदम राईले गरेका थिए । उभौलीमा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए । ढोल र झ्याम्टाको तालमा कोरियाको गर्मीलाई वास्ता नगरि युवायुवती नाचेका थिएफुर्सदमा
सुन्छन महोत्सव हेरेर फर्किदा
ग्लोवल लोकल लिडर, अर्थात् ख्यङसाङनाम्दो प्रान्तको बहुसाँस्कृतिक परिवारभित्रका प्रगतिशिल महिलाहरुको समूह । विभिन्न मुलुकको कलासंस्कृतिलाई आदानप्रदान गर्दै स्थानीय तहमा जनचेतना जगाउदै सामाजिक क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्यसहित ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रको मातहतमा रहेर गतवर्षदेखि सुरु भएको उक्त समूह ‘ग्लोबल लोकल लिडर २०२३’ मा भने मैंले पनि सहभागिता जनाएको छु । यहि समूहको दोस्रो कार्यक्रम अन्तर्गत गत शनिबार झल्लानाम्दोको सुन्छन शहरमा रहेको ऐतिहासिक तथा अत्यन्तै रमणीय स्थलमा चलिरहेको ‘सुन्छनमान अन्तर्राष्ट्रियफुर्सदमा
फूल्यो साकुरा (फतकोत)
जापानको साकुरा कोरियाको फतकोत हाम्रो तिर पैयूँ । जापानमा जति यो फूलको मज्जा कोरियालीहरुले नलिए पनि फतकोत चुक्चे भनेर मनाउने कोरियाली धेरै छन् । यो हप्ता सोल वरि परि पैयूँ फूल्यो । धेरै मानिसहरु झै हामी पनि घुम्न पुग्यो । झन्डै चार बर्ष पछि मानिसहरु माक्स विना नै घुमिरहेका थिए रमाइलो गरिरहेका थिए । तस्विर ः गाेकुल थाेकर
कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न
दक्षिण कोरियाको राजधानी सोलमा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिन सम्म चलेको एक्स्पोमा नेपालबाट सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का टे«जर्सले सहभागिता जनाएका थिए । बुद्ध र बौद्धधर्मका विभिन्न पक्षलाई प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाईल्यान्ड लगाएतका बुद्ध धर्म मान्ने देशहरु सहित कोरियामा रहेका झन्डै चार सय भन्दा बढि बौद्ध धर्म सम्वन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेकोफुर्सदमा