Advertisement
SKIP THIS

सउलमा द एज ब्यान्डसँग झुमे दर्शक


अमिर याेन्जन ।  युरोप, खाडी क्षेत्रमा साङ्गीतिक प्रस्तुतिको यात्रा सकेर दक्षिण कोरिया झरेका ‘द एज ब्यान्ड’ले राजधानी सउलको कोरिया युनिभर्सिटीका हलमा नेपाली दर्शकहरूलाई आफ्नो प्रस्तुतिले मन्त्रमुग्ध बनाएको छ ।

पप सङ्गीतमा चर्चित पुरानो ब्यान्ड लमजुङ परिवारको आयोजनामा ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ मा कोरिया आइपुगेको हो । युरोपको विभिन्न देश, यता दुबईमा प्रस्तुति सकेर अन्तिम यात्रामा कोरिया आइपुगेको भोकलिस्ट जीवन गुरुङले बताए ।

कोरियन चाड छुसकको पहिलो बिदा आइतबार आयोजना भएको ब्यान्डको कार्यक्रममा दर्शकहरू लगभग ४ हजार पाँच सयको हलको सिटमा आधा भरिभराउ थिए । स्थानीय समय अनुसार दिउँसो औपचारिक कार्यक्रमपछि सुरु भएको कन्सर्ट बेलुकी ९ बजेसम्म चलेको थियो ।

बेलुकी साढे ६ बजे स्टेजमा प्रवेश गरेका एज ब्यान्डले नेपाली युवा पुस्ता मात्रै होइन कोरियन दर्शकलाई पनि झुमाएका थिए । ब्यान्डले मेरो आँसु, नचाहेको होइन, सम्झिने मुटु, थाहा छैन, तिम्रो याद, जब तिमीसँग, कसलाई, भुलाउन खोजूँ, तिम्रो जित, शान्तिलगायत दर्जनौँ गीतहरू सुनाए । भोकलिस्ट जीवन गुरुङले एउटा गीतको प्रस्तुति सकेपछि दर्शकहरूमाझ भलाकुसारी गरे । उनले दर्शकलाई भिडभाडमा महिलाहरूलाई केटाहरूले ‘ब्याड टर्च’ जानी नजानी नगर्न आग्रह गरे । शान्त र सुरक्षा भएर गीतसंगीतसँग रमाउन अनुरोध गरे ।

भोकलिस्ट  जीवन गुरुङलाई गिटारमा विष्णु गुरुङ, ड्रममा गणेश राई, बेस गिटारमा अमित गुरुङ र साउन्ड इन्जिनियरमा अरुण तण्डुकारले साथ दिएको थियो ।

‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ कार्यक्रममा ब्यान्डको प्रस्तुति भन्दा अगाडी डान्स युनिभर्सिटी २०२३ का विजेता खुसी कार्की र स्थानीय कलाकारहरूले गायन तथा नृत्य प्रस्तुति दिएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...