Advertisement
SKIP THIS

गायक छेवाङ र डिजे छिरिङको साथमा याक्थुङ रैथाने मेलोडी सेप्टेम्बर १६ मा


अमिर योन्जन । चर्चित गायक छेवाङ लामा र डिजे छिरिङ लगायत थुप्रै कलाकारहरूको साथमा याक्थुङ रैथाने मेलोडी हुने भएको छ ।

कोरियन चाड छुसकको पहिलो राति सेप्टेम्बर १६ तारिख किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले रात्रिकालीन डान्स पाटी गर्ने भएको हो । चुम्लुङ हिम/सेल्टर व्यवस्थापनमा सहयोग स्वरुप कार्यक्रम गर्न लागेको चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताए ।

चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै सुरुमा एक–दुई घण्टासम्म मौलिक कार्यक्रमको लागि समय छुटाएको जनकारी दिए । उनले भने, ‘दर्शकहरूलाई मध्यनजर गर्दै हामीले सुरुवातमा बढीमा दुई घण्टासम्म मौलिक कार्यक्रम प्रस्तुत गर्ने तालिका छ । जसमा लिम्बुहरूको मौलिक नाच: च्याब्रुङ, केलाङ नाच हुने छ । मौलिक खाना परिकारलाई पनि प्रवर्द्धन गर्ने कार्यक्रम हुने हुँदा याङ्बेन, तिते, वाम्युप लगायतको खानपिन खान सकिने छ ।’

नाइट मेलोडीको लागि हलै सम्पन्न भ्वाइ अप किड्सको काेच तथा चर्चित गायक छेवाङ लामा, डिजे छिरिङ र स्थानीय कलाकार गायक पिपराज माबोहाङ, सुमन लिम्बु, गायिका मन्दीरा नेम्बाङको मनोरञ्जनका लागि बेजोड प्रस्तुति रहने चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताए । कलाकारहरूको भिसा लागिसकेकोले सबैमा ढुक्क भएर कार्यक्रममा उपस्थितिका लागि निम्तो दिएको छ ।

कार्यक्रम सउल मेट्रो लाइन ४ को ८ नम्बर गेटबाट सिधा अगाडी रहेको छ । कार्यक्रमको समयमा दोङ्देमुन गेट नम्बर ३ बाट बसको सुविधा समेट हुने जनाएको छ ।

कार्यक्रम स्थल नयाँ ठेगाना परिवर्तन भएको छ । नयाँ ठेगानाः 서울시 동대문구 청량리동 774 번지  (완산로 37 길 27) 현대코어 서관 B1 층.- Seoul Metro Line No 1 청량리 Exit 2 बाट ५० मिटर अगाडी ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...