Dudha Lama
नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित

अमिर योन्जन । नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा जिवन खतिवडा निवार्चित भएको छ । आइतबार सौलमा नेपालबाट आएकी पूर्वमन्त्री तथा नेकपा माओवादीका उपाध्यक्ष प्रमुख अथितिमा सम्पन्न भएको अधिवेशनबाट खतिवडाको अध्यक्षतामा कार्यसमिति चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रुद्र थापा, उपाध्यक्षहरुमा बिबि स्याङ्तान, नवीन परियार, मानबहादुर बिष्ट, राजेन्द्र फुयाल चयन भएका छन् । अधिवेशनले महासचिवमा सुबिन्द्र मगर र सचिवहरुमा सुरेन्द्र लावती, चरित्र शाही, रामदेव बिष्ट, दावाफिन्जो तामाङ, हरि शाही चयन भएका छन् । कोषाध्यक्षमा रुक्मा बम चयन भएकी छिन् । सदस्यहरुमा गिरबहादुर बुढा मगर, दिवस घर्ती मगर,फुर्सदमा
मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३ मा ‘द एज् ब्यान्ड’को लाइभ साथमा ख्याति प्राप्त कलाकारहरू

अमिर योन्जन । कोरियाली चार्ड छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाले ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ आयोजना गर्ने भएको छ । छुसकको अघिल्लो दिन सेप्टेम्बर १५ गते आइतबार ‘द एज् ब्यान्ड’को प्रस्तुतिसँगै चर्चित कलाकारहरूको साथमा लाइभ इन सउल गर्ने भएको हो । आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै लमजुङ परिवारले ‘द एज् ब्यान्ड’को कलाकारहरूको साथमा चर्चित दोहोरी कलाकार मिलन लामा, डान्स युनिभर्स २०२३ का विजेता खुसी कार्की र नेपाल आइडल सिजन ३ का विजेता सज्जा चौलागाँई साङ्गीतिक प्रस्तुति हुने जनाकारी दिए । साथमा स्थानीय कलाकार टिकटक स्टार तथा डान्सर सुन्दर घलानको बेजाेडफुर्सदमा
फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम

अमिर योन्जन । दक्षिण कोरियाबाट फोनमनीबाट पैसा नेपाल पठाउँदा तीन जनाले दोब्बर पाएका छन् । फोनमनीको ‘फोनमनीको साथमा, एक करोड हातमा’ योजना अन्तर्गत ‘हरेक हप्ता पैसा डबल’ अफरमा तीन जनाले पाएका हुन् । पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्काले पाएका हुन् । तर पैसा कति पायो, त्यो भने फोनमनी र विजेताहरूले खुलाएका छैन । फोनमनी रेमिटेन्स कम्पनीले हरेक हप्ता सोमबार कोरियाबाट पैसा पठाउनेहरु मध्येबाट इलेकट्रोनिक विधिबाट लक्की ड्र गरी एक जना विजेता चयन गर्दै आइरहेका छन् । यस लक्की ड्रफुर्सदमा
कोरियामा तिसौँ आदिवासी दिवस मनाइयो(फोटा फिचर)

दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका आदिवासी जनजाति समुदायले तिसौँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको छ । आज आइतबार राजधानी सौलको एक हलमा झाँकी नाच, विभिन्न नृत्य, खाना प्रदर्शनीलगायत गरी भव्य रूपमा मनाएको हो । जसमा राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, थारु, मगर, ह्योल्मोलगायत विभिन्न दशभन्दा बढी समुदायका झाँकी नाच र नृत्यको प्रस्तुति भएको थियो । त्यस्तै जातीय मौलिक परिकारहरू तामाङ, शेर्पाको खाप्से, मगर समुदायको बारा, तरुल, गुरुङ समुदायको भाब्रे रोटी, राई लिम्बु समुदायको वाचिपा, लिम्बु समुदायको याङ्बेन र थारु समुदायको घोंगी, माछा, नेवार समुदायको छोईला, चिउरा आदि प्रदर्शन रफुर्सदमा
‘नेफिन’ कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउँदै

नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउने भएको छ । अगस्ट ११ आइतबार विविध कार्यक्रमको साथमा सौलमा मनाउने भएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाको मुख्य आयोजनामा हुने भएको छ । त्यस्तै साढे एक दर्जन जातीय संस्थाहरु र साहित्य समाजहरूको आयोजनामा बृहत् रूपमा मनाउन लागेका छन् । ‘‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण, प्रवर्द्धन आजको आवश्यकता समानता, सहअस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता’’ भन्ने मूल नाराका साथ 서울특별시 성동구 금호로 118 (금호고등학교) हलमा विहान ११ बजेदेखि कार्यक्रम हुने बताएकाे छ । कार्यक्रममाफुर्सदमा
तमू धीं कोरियाले रजत जयन्ती भव्य रूपमा मनायो

अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो । ‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानको बाटो खोज्ने उद्देश्यले सन् १९९९ मा स्थापना भएको थियो । संस्थापक अध्यक्ष शान्तमान गुरुङ थियो । रजत जयन्ती कार्यक्रममा नेपालबाटफुर्सदमा
नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा

अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ । जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने, ‘नेपाल एयरलाइन्स काठमाण्डौं–सौल फ्लाइट, एजुकेसन कन्सल्टेन्सीबाट ठगेर विद्यार्थीहरू आउन बन्द र कोरियाबाट थप पर्यटकहरू नेपाल ल्याउन सक्ने वातावरण बन्न सक्योफुर्सदमा
किम्हे फुटसल कप ह्वासङ एनएफसीले जित्यो

अमिर याेन्जन । प्रथम किम्हे युनाईटेड पुरुष फुटसल कप–२०२४ को उपाधि ह्वासङ एनएफसीले जितेको छ । फाइनलमा फारान युनाइटेडसँग निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि ह्वासङ एनएफसीले पेनाल्टी सुटआउटमा ३–२ गोलले जितेको हो । किम्हे युनाईटेड फुटबल क्लबको आयोजनामा जुलाई १४ तारिख आइतबार कोरियाको ख्याङ्सङ्नाम्दो प्रान्तको किम्हे–बुसन क्षेत्रको मासन, छाङ्वन सी सहरमा फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न भएको हो । विजेता ह्वासङ एनएफसीले कोरियन तीस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता फारान युनाइटेडले कोरियन बिस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्फुर्सदमा
‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)

अमिर याेन्जन । गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो…’ सार्वजनिक भएको छ । गौतम गोलेको अभिनयमा यो दोस्रो साङ्गीतिक कोसेली हो । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो…’ बोलको भिडियो सार्वजनिक भएको हो । ‘छ्योर्तेन राम्रो…’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो । भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममाफुर्सदमा
प्रथम किम्हे फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने

अमिर योन्जन । प्रथम किम्हे युनाईटेड पुरुष फुटसल कप–२०२४ सँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने भएको छ । किम्हे युनाईटेड फुटबल क्लबको आयोजनामा जुलाई १४ तारिख हुन लागेको हो । कोरियाको ख्याङ्सङ्नाम्दो प्रान्तको किम्हे–बुसन क्षेत्रको मासन, छाङ्वन सी सहरमा हुने आयोजकले बताएको छ । ‘विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाऊ हाम्रो फुटसलको गोलमा’ भन्ने नाराका साथ कोरियामा रहेर खेलको दौरानमा घाइते खेलाडी उद्धार सहयोगार्थ प्रतियोगिता आयोजना हुन गई रहेको आयोजकले सूचनामा उल्लेख गरेको छ । प्रतियोगिताको समूह विभाजन (टिमको टाई सिट) जुलाई ७ आइतबार भएको छ । जसमा आयोजकसहित ३२ टिमले समावेशकोफुर्सदमा