Advertisement
SKIP THIS

दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ


कोरियाबाट फोनमनी मार्फत पैसा पठाउँदा काठमाण्डौंमा घर जित्ने भएको छ । ‘दशैं खर्च इ–सेवामा, घर काठमाण्डौंमा’ भन्ने नाराका साथ यो योजना ल्याएको हो ।

घर जित्नका लागि फोनमनीबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । नेपालीहरूको चाड दशैं, तिहार लक्षित यो योजना कार्तिक ३० गतेसम्म मात्र रहेको कम्पनीले बताएको छ । केही समय अगाडी इ–सेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्टर तथा महानायक राजेश हमालले एक कार्यक्रमका बिच साढे दुई तले घर सार्वजनिक गरिसकेका छन् ।

दसौँ फोनमनी दोब्बर पैसा विजेता बने टिकाराज
फोनमनी दोब्बर (डबल) पैसा दसौँ हप्ता विजेता टिकाराम शर्मा भएको छ । फोनमनीको ‘हरेक हप्ता पैसा डबल’ अफर अन्तर्गत सोमबार लक्की ड्रबाट विजेता भएका हुन् । शर्मासँगै दसौँ हप्तामा दश जनाले डबल पैसा पाएका छन् ।
पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्कले पाएका हुन् । त्यस्तै चौथो हप्ता पवन खरेल, पाँचौँ हप्ता राजभाइ लामा, छैटौँ हप्ताका धर्मराज गौतम, सातौँ विमल राई, आठौँ हप्ताका राज मोक्तान तामाङ र नवौँ हप्ताको सुदनप्रसाद बस्यालले डबल पैसा जितेको फोनमनी मार्केटिङ म्यानेजर राजन अधिकारीले बताए ।
फोनमनी रेमिटेन्स कम्पनीले हरेक हप्ता सोमबार कोरियाबाट पैसा पठाउनेहरुमध्येबाट इलेकट्रोनिक विधिबाट लक्की ड्र गरी एक जना विजेता घोषणा गर्दै आइरहेका छन् । यस लक्की ड्र योजनामा फोनमनी मार्फत बैङ्क खाता, नगद वा इ–सेवा वालेटमा पैसा पठाउँदा सहभागी हुन पाउने छ ।

कोरियामा करोडपति बन्ने अवसर
त्यस्तै ‘फोनमीको साथमा, एक करोड हातमा’ योजना अन्तर्गत पैसा पठाउने मध्येबाट एक जनालाई बम्पर उपहारको रूपमा एक करोड वन दिने बताएको छ । एक करोडको विजेता छनोट भने आगामी डिसेम्बर अन्तिम हप्तामा लक्की ड्र गर्ने छ ।
फोनमनीले नेपालमा पैसा पठाउँदा शून्य सेवा शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । फोनमनीले अफरहरूमा सहभागीको लागि अनुरोध गर्दै सेवाग्राहीलाई सरल र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दाबी छ । सञ्चालनको छोटो समयमा नै यो सेवा नेपालीहरूको विश्वासिलो रेमिट बन्न सकेको कम्पनीको बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...