Advertisement
SKIP THIS

रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम


रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले छुसकमा बृहत् भेटघाट तथा रात्रीभोज साथमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कोरियन चाड छुसकको पहिलो दिन राती विविध नृत्य, लोकदोहोरी र डिजे डान्स हुने आयोजकले बताएको छ ।

सोमबार साँझ ६ बजेबाट सउल- 서울 종로구 종로 63-8 (호텔 파노라마) -종각역 3 번 출구 पानोरामा बुफेमा हुने छ । ‘प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले रामेछाप सम्पर्क समितिले कार्यक्रम गर्न लागेका छन् ।

साङ्गीतिक कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान वाद्यवादन समूहको प्रस्तुतिसँगै लोक तथा दोहोरी गायक खिम छन्त्याल, लोक तथा दोहोरी गायक केहरसिंह छन्त्याल, लोक तथा दोहोरी गायिका रमिला गौतम, लोक तथा दोहोरी गायिका बिपना अधिकारीको बेजोड प्रस्तुति रहने छन् । त्यस्तै  डिजे ACROZ, डिजे RUM ACE को डिजे म्युजिकमा झुम्न सक्ने छन् ।
त्यस्तै नृत्यमा मनिसा खोर्जा पुन, सरस्वती तामाङ, एन्जी तामाङ र शिरलिन तामाङको प्रस्तुति रहने छन् ।

आयोजक रामेछाप सम्पर्क समितिले कोरियावासी रामेछाप तथा अन्य सम्पूर्ण नेपालीहरूमा उपस्थितिको लागि चुल्हो निम्तो गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...