सुर्य खत्री “घायल”
किन बन्दैछ कोरिया आत्महत्याको गन्तब्य
एक पछी अर्को गर्दै आत्महत्याको डढेलोको लप्को अ ने सा स कोरिया च्याप्टरका अध्यक्ष एबम कोरियाका सफल ब्यबसायी अनी समाजसेबी मनोज कुमार डाँगी सम्म आइपुगेको छ । किन हुन्छ एक पछी अर्को यस्तो अत्यास लाग्दो घटना सोचनिय बिषय छ ।एउटै सङ्गठनमा धेरै काम गरेकोले पनि अलिक जानकारी थियो उहाँको बारेमा मलाई । घटना घट्नु अघिल्लो दिन सम्म अरुलाई सम्झाउने कहिल्यै नकरात्मक नसोच्ने जो कोही मृत्युको मुख्मा पुगेकालाई आफ्नै पहलमा सहयोग उठाएरै भए पनि जिबनको बाटोमा डोर्याउन लागि पर्ने ब्यक्ती आज आँफै आत्मा हत्याको बाटो रोज्नु भयो। कुरो उहा लगायत सबैफुर्सदमा
सुर्य खत्री “घायल”का दुई गजल
सम्पतिको घमन्डले फुल्छ किन मान्छे मर्नु पर्छ भन्ने कुरा भुल्छ किन मान्छे दुइ टुक्रा बाँस नै हो अन्तिम चढी जाने सुन्को कोक्रो बनाएर झुल्छ किन मान्छे चिहान खन्न कती बित्ता माटो लाग्छ कुन्नि हडपेर अरुको बास डुल्छ किन मान्छे आफैँ मात्र अजम्बरी खाए जतो गरि बाढी काटी अरु तिर हुल्छ किन मान्छे +++++++++++++++++++++ मुर्दा पनि बोल्न थाल्छन् हराए’सी चिहान् खाँबाहरु जुलुस गर्छन लुटे पछी मतान् सहनुको सिमा हुन्छ गर्नु हुन्न अति लाटो पनि बर्बराउँछ खोसे पछी रछ्यान् आफै मात्र मान्छे सम्झी मनोमानी गर्दा घाट छोडी गाउँ पस्छन् कुनै दिनफुर्सदमा