सम्पतिको घमन्डले फुल्छ किन मान्छे
मर्नु पर्छ भन्ने कुरा भुल्छ किन मान्छे
दुइ टुक्रा बाँस नै हो अन्तिम चढी जाने
सुन्को कोक्रो बनाएर झुल्छ किन मान्छे
चिहान खन्न कती बित्ता माटो लाग्छ कुन्नि
हडपेर अरुको बास डुल्छ किन मान्छे
आफैँ मात्र अजम्बरी खाए जतो गरि
बाढी काटी अरु तिर हुल्छ किन मान्छे
+++++++++++++++++++++
मुर्दा पनि बोल्न थाल्छन् हराए’सी चिहान्
खाँबाहरु जुलुस गर्छन लुटे पछी मतान्
सहनुको सिमा हुन्छ गर्नु हुन्न अति
लाटो पनि बर्बराउँछ खोसे पछी रछ्यान्
आफै मात्र मान्छे सम्झी मनोमानी गर्दा
घाट छोडी गाउँ पस्छन् कुनै दिन मसान्
झिल्को भनि हेप्नु हुन्न आगोको हो बिउ
एक एक मिलेर नै बन्छ आखिर बथान्