‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
नोभेम्बर १६ तारिख आइतवार इक्सानमा दोश्रो नेपाल सुपर कप फूटबल टुर्नामेन्ट सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी ब्लु लायन एफसीले जितेको छ। ख्वाङ्जु एफसीलाई टाइ ब्रेकरमा पाखा लगाउँदै ब्लु लायन च्याम्पियन बनेको हो। विजेताले ५० लाख वन र उप विजेताले २५ लाख वन नगद पुरस्कार प्राप्त गरेका छन्। भने ट्रफी मेडल तथा प्रमाणपत्र पनि प्राप्त गरेका छन्। 
यसैगरि सेमिफाइनलिस्ट झापा एफसी र नोन्सान एफसीले पनि ५ लाख वन पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्लु लायनका साहिल मगर भएका छन भने उत्कृष्ट गोल किअर ब्लु लायन कै नविन सिवाकोटि भएका छ।
ख्वाङ्जु एफसीका दिनेश विश्वकर्मा उत्कृष्ट डिफेन्डर हुँदा, मार्सल लाम बेस्ट फर्वार्ड र विक्रम क्षेत्री राइजिङ प्लेयर भएका छन्। प्रतियोगितामा ब्लु लायनका जयन जबेगु बेस्ट मिड फिल्डर भएका छन भने नविन लिम्बू उच्च गोलकर्ता भएका छन्। ब्लु लायनका शक्ति राई उत्कृष्ट प्रशिक्षक भएका छन्। विधागत उपाधी रक्षा गर्नेहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो। 
नेपाल फूटबल महासंघको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगिता सम्पन्न गराउन विभिन्न माध्ययमबाट भूमिका खेल्ने सबैलाई अध्यक्ष ब्रो तमूले धन्यवाद व्यक्त गरेका छन्।