जित पुन मगर
बाकस
कविता बाकस भरी धन कमाउने झिनो आशामा जूनजस्तै रहरहरु बोकेर लाहुर हिडेको म बेरोजगार युवा पुगेछु हजारौं माइल दुर र छलाङ मार्दै छन् मेरा सपनाहरूले बञ्जर भूमिमा मानव भएरपनी धूर्त स्यालझै अनुहार परेका मुर्कट्टाहरुकाे राज्यमा पाइदैन कुनै दया, माया, करुणाका खानीहरु यहाँ यस्तो लाग्छ मानव मेसिन जस्तै छन् मेसिन मानव जस्तै छन् तर पनी अह कत्ती थाकेका छैनन् मेरा मस्तिष्क र सिर्जनशील औंलाहरु भत्काउनु छ मलाई गरिबीको पर्खाल चुक्ता गर्नु छ जिन्दगीका अक्षरहरु कोर्दा खर्चेको बक्यौता रकम छाउनु छ खरको छानो ल्याउनु छ खुशी चाउरिएका आमाका ती अनुहारमा अन्त्य गर्नुफुर्सदमा