ओमसागर घर्तीमगर
म बिनाको दशवर्षे दशैं
मस्त निद्रा, मुर्दा झैं अचेत भएर लडेको मेरो शरीर । बिहानीपखको चिसो सिरेटोले मुटु छुनेगरी घोचीरहेको बेला कताकताबाट कानमै आवाज आएर ठोकिन्छ । झलस्स बिउँझन्छु, सुत्नु अघि सेट गरेको मोबाइलको आलाराम पो रहेछ आफ्नै गतिमा कराइरहेको । आँखा मिच्दै उठ्न खोज्छु । दिनभरी कामको थकाइले गलेको शरीर उठ्न मान्दैन तैपनि जबरजस्ती शरीर तन्काउदै उठ्छु अनि बजिरहेको कालो मोबाइल तान्दै आलाराम बन्द गर्छु । सदा झैं आज पनि मोबाइलको वाइफाइ अन गरेर फेसबुकमा आँखा दौडाउन सुरु गर्छु । फेसबुकका भित्ताहरु अन्य दिनहरुमा भन्दा आज फरक र रौनक तस्बिरहरुले सजिएका रहेछन् ।फुर्सदमा