उदय राई
कोरियामा कोरियन सरकारले लागु गरेको प्रवासी मजदुर कानुन र कानुन परिबर्तनको लागि प्रवासी मजदुरले गरेको संघर्षको इतिहास
प्रवासी मजदुर संगठन (एमटियु) दक्षिण कोरियामा सर्बप्रथम प्रवासी मजदुरहरू प्रबेश गरि मजदुरी गर्न थालेको समाचार १९८७ मा थुङहा दैनिक पत्रिकामा प्रकाशित भएको थियो । यस समाचारलाइ आधार मानि प्रवासी मजदुर १९८७ देखि प्रबेश गरेको हो भनिन्छ । १९८० को मध्यमा कोरियामा सशक्त मजदुर आन्दोलनको कारण ठुला कम्पनी मा तलब अन्य सेवा सुबिधा बृद्दी भएकोले 3D कम्पनी (फोहोरी , गार्हो ,खतरा )मा कोरियन मजदुरहरु रुचाउन छाडे . साना तथा मझौला कम्पनीलाइ सस्तो ज्यालामा काम गर्ने मजदुरको अवश्यकता पर्न गयो .कोरियन सरकारको प्रवासी मजदुर ल्याउने कुनै नीति नियम नभएकोले १९९०को शुरूदेखि धेरैफुर्सदमा
कोरियामा रोजगार अनुमति प्रणाली खारेज गरि कार्य अनुमति प्रणाली लागू हुनुपर्ने कारण
कोरियन सरकारले आफ्नो देशमा मजदुरको अभावको कारण प्रवासी मजदुर ल्याएर काम गराउन शुरु गरेको धेरै समय भएको छ । शुरुमा औधोगिक प्रशिक्षण प्रणालीबाट प्रवासी मजदुर ल्याउन सुरु गरेको कोरियन सरकारले त्यो प्रणाली खारेज गरि अहिले रोजगार अनुमति प्रणाली मार्फत एसियाको बिभिन्न १६ देशबाट ल्याउने गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कानुनमा “कोरियाको साना तथा मझौला कम्पनीले स्वोदेशी मजदुर नपाएको खण्डमा प्रवासी मजदुर राखी काम लगाउन अनुमति दिने कानुन” भनि तोकिएको छ । यसको अर्थ प्रवासी मजदुरले स्वतन्त्र रुपमा काम (कम्पनी छनोट र परिबर्तन गर्न) पाउने कानुन होइन इपिएस प्रणालीफुर्सदमा