तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको सहयोगमा डाटा सेन्टरको निर्माण कार्य सुरु
– प्रताप विष्ट, हेटौँडा- सरकारी तथा निजी क्षेत्रका सूचना र व्यावसायिक विवरण सुरक्षित राख्न करिब ४० लाख डलरको लागतमा हेटौँडामा डाटा सेन्टरको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअपको रुपमा हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागिएको हो । डाटा सेन्टरको भवन निर्माणको ठेक्का पाएको नेपाल आर्दश कम्पनीले भवन निर्माण गर्न जमिनहरु सम्याउन थालेको छ । हेटौँडा नगरपालिका–४ स्थित लोकतान्त्रिक चौर नजिक रहेको नगर विकास समितीको जग्गामाफुर्सदमा
झापा मिलनको १ तोला सुन ज्ञवालीको पोल्टामा
समिर पैाडेल सुवन-यही २०१५ नोबेम्बर ८ तारिक झापा मिलन समाजले आयोजना गरेको चिठा कार्यक्रमको पहिलो पुरस्कार गुल्मीका प्रेम ज्ञवालीलाई परेको छ चिठा नं ( ००४२१८) रहेको छ । ज्ञवालीले पहिलो पुरस्कार स्वरूप १ तोला सुन प्राप्त गरेका हुन् | झापा मिलन समाज दक्षिण कोरियाले परोपकार-कोष स्थापनार्थ दसैँ तिहारको अबसर पारेर उक्त चिठा कार्यक्रमको आयोजना गरेको हो । भाग्यशाली उपहार योजना २०१५ को नतिजा आज सार्बजनिक आज भएको छ । फुर्सदमा
अनलाईन वेभ टिभिले देउसी भैंलो कार्यक्रम गर्ने,सबैंसंघसंस्थाहरुलाई उपस्थित हुन आग्रह
सोल -अनलाईन वेभ टिभिले आगामी शनिबार बेलुका देउसी भैंलो तथा दिपावली मनाउने भएको छ ।देउसी भैंलो खेल्दैं दिपावली मनाऊ,प्रवासमा नेपाली संस्कृति झल्काऊ भन्ने नाराको साथ मनाउन लागेको हो । शनिबार सोलस्थित होंदेमा रहेको शान्ति १ रेष्ट्रोरेण्ट मा गर्न लागिएको सो कार्यक्रमका संयोजक उमेश राईले बताए ।प्रवासमा आफनो संस्कृति,कलालाई विदेशीसामु पुराउन पर्ने आवश्यकता रहेको संयोजक राईले बताए ।सो दिन विभिन्न परिकारको साथ देउसी,भैंलो खेल्नका साथैं सांस्कुतिक कार्यक्रम समेत हुने भएकोफुर्सदमा
कोरियामा नेपाली सहकर्मी द्वारा मारिएका राउतको नाममा अक्षयकोष स्थापना
अशोक मैनाली/ काभ्रे । कोरियामा आफ्नै नेपाली सहकर्मी द्वारा मारिएका सुदीप राउतको नाममा अक्षयकोष स्थापना गरिएको छ । कोरिया प्रवेश गरेको १५ दिनमै आफ्नै कम्पनीमा काम गर्ने भोजपुरका परशुराम राई द्वारा राति सुतेको अवस्थामा चिर्पटले हानी हत्या गरिएका काभ्रेका स्व रावतको परिवारको राहतको निम्ति काभ्रे सम्पर्क समिति कोरियाको पहलमा संकलित १०५६२५५ /- ( दश लाख छपन्न हजार दुइसय पचपन्न रुपैंयाफुर्सदमा
एमटियु र कोरियन मजदुर महासङ्घले अन्तरक्रिया र चियापान कार्यक्रम गर्ने
सोल – प्रवासी मजदुर संघ एमटियु ( माइग्रान्ट ट्रेड युनियन ) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियु ले नोभेम्बर १५ तारिक आइतबारका दिन अन्तरकृया तथा चियापान कार्यक्रम गर्ने भएको छ । प्रवासी मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न एक दशक अघी सन २००५ मा स्थापना गरिएको प्रवासी मजदुर संघ एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले कोरियामा रहेको सम्पूर्ण प्रवासी मजदुरहरुलाई मजदुर नीति-नियम र कानुन बारे जानकारी दिने कार्यक्रमहरु निरन्तर गर्दैफुर्सदमा
कोरियामा विवाह गर्नेहरुको संख्या घटदो,किन बढदैंछ डिभोर्स गर्ने जोडीहरुको संख्या ?
सोल -दक्षिण कोरियामा विहाहित जोडीहरुले व्यतीत गरेको समयलाई आधार मानेर गरेको एक सर्वेक्षणमा २० बर्ष भन्दा बढी समय संगैं बिताएका दम्पतीहरुले धेरैं जसो छोडपत्र गर्ने गरेको कोरिया अदालतले बताएको छ । कोरिया अदालतले बिहिबार जारी गरेको रिपोर्ट अनुसार विवाहित जोडीहरु जसले एक साथ २० बर्ष भन्दा बढी समय दाम्पत्य जीवन बिताएका छन्,२८.७ प्रतिशतले छोडपत्र गरेका थिए ।सन २०१४को रिपोर्टमा डिभोर्स गर्ने जोडीको संख्या १ लाख १५ हजार ५ सयफुर्सदमा
ओएनएफ कोरियाको चियापान कार्यक्रम सम्पन्न , उपस्थित सबैमा धन्यबाद ज्ञापन
सोल – नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च ( ONF ) कोरियाले नोभेम्बर १ तारिख आइतबार सौलमा एक चियापान कार्यक्रम सम्पन्न गरेको छ । उस्ले आफ्नो कार्यक्रममा उपस्थित प्रमुख अतिथी , अतिथीहरु र उपस्थित सबै नेपाली दाजु भाइ दिदि बहिनीमा धन्यबाद ज्ञापन समेत गरेको छ । कोरियाका लागी नेपाली राजदुत कमान सिङ लामा प्रमुख अतिथी रहेको उक्त चियापान कार्यक्रममा बिभिन्न बक्ताहरुले दशै-तिहार- नेपाल सम्बत र छठफुर्सदमा
मोक्पो चौतारी नेपालको दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नोभेम्बर १ तारिकमा कोरियाको विकट मानिने छल्लानाम्दोको मोक्पो सहरमा सम्पन्न सुभ बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित सुभ बिजया दसमी तथा दिपाबलीको शुभकामना आदान प्रदान, सांस्कृतिक तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राजदूताबास कोरियाका श्रमसहचारी अनिल गुरुङको प्रमुख आथीत्य र आप्रवासी मजदुर संगठन कोरियाका अध्यक्ष उदय राईको विशेष आथीत्य तथा संस्थाका अध्यक्ष रोशन कुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव अरुण सेजवाल र संस्था खेलकुद सम्योजकफुर्सदमा
उत्तर कोरियाविरुद्ध अमेरिका र दक्षिण कोरिया लड्ने
सोल- दक्षिण कोरियाली र अमेरिकी रक्षामन्त्री उत्तर कोरियाका विरुद्धमा एक भएर अघि बढ्ने बताएका छन् । उनीहरुले यस विषयमा उत्तर कोरियाका बिरुद्ध संयुक्त कार्ययोजना ल्याउने पनि जनाएका छन् । सोमबार दक्षिण कोरियामा सम्पन्न दुई देशबीचको बैठकपछि उनिहरु सो कार्यका लागि तयार भएका हुन् । दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि अमेरिकी रक्षामन्त्री अस्तोन कार्टर आइतबार दक्षिण कोरिया पुगेका हुन् । दुई दिनको भ्रमणका लागि त्यहाँ आएका कार्टरफुर्सदमा
लम्जुङ परिवारले बडा दशै तथा तिहारको उपलक्ष्यमा भेटघाट कार्यक्रम गर्ने
मेघप्रसाद वाईबा,सोल-लम्जुङ परिवार दक्षिण कोरियाद्वारा नोभेम्बर 7 तारिख शनिबार बेलुका ठिक 7:00 बजेदेखि दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा नेपालीहरुको महानपर्व “दशै तिहार भेटघाट कार्यक्रम2015” भव्य रूपमा मनाउने भएको छ। हरेक वर्ष परिवारको भवन वाईजम्भुस्थित सेम्नेमा मनाउदै आए पनि यो बर्ष भने कोरियामा कार्यरत टाढाका सम्पुर्ण साथीभाईको परिस्थितिलाई मद्यनजर राख्दै कार्यक्रमलाई दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा मनाउने भएको हो।रोजगारीको क्रममा दक्षिण कोरिया आएका समस्त लम्जुङ्वासी एवं लम्जुङ परिवारमा आवद्ध नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबीचमा सदभावफुर्सदमा