ओएनएफ कोरियाको चियापान कार्यक्रम सम्पन्न , उपस्थित सबैमा धन्यबाद ज्ञापन


 

सोल – नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च ( ONF ) कोरियाले नोभेम्बर १ तारिख आइतबार सौलमा एक चियापान कार्यक्रम सम्पन्न गरेको छ । उस्ले आफ्नो कार्यक्रममा उपस्थित प्रमुख अतिथी , अतिथीहरु र उपस्थित सबै नेपाली दाजु भाइ दिदि बहिनीमा धन्यबाद ज्ञापन समेत गरेको छ ।

 

 

कोरियाका लागी नेपाली राजदुत कमान सिङ लामा प्रमुख अतिथी रहेको उक्त चियापान कार्यक्रममा बिभिन्न बक्ताहरुले दशै-तिहार- नेपाल सम्बत र छठ जस्ता महत्वपुर्ण चाडहरुको बारेमा चर्चा गर्दै शुभकामना मन्तब्य दिएका थिए ।

 

 

प्रमुख अतिथी कमान सिङ लामाले नेपालीहरुको एकता माथी जोड दिदै हाम्रो सास्कृतिक एकतालाइ कायम राख्नु पत्ने भन्दै सम्बिधानमा सम्सोधन गर्न बाकी नामाङ्कन र सिमाङ्कन को विशयलाइ चाडो टुङ्ग्याउनु पर्ने बताउनु भयो । उहाले बिदेशीहरुले आ- आफ्नो स्वार्थको लागी कदम चाल्ने हुनाले नेपाल ले पनि आफ्नो स्वार्थलाइ बुझेर पाइला अगाडी बढाउनु पर्छ भन्नु भयो ।

 

 

एन आर एन ए का निबर्तमान पुर्बी एसिया सम्योजक गङ्गाराज राइ ,कोरियाबाट आइसिसी प्रतिनिधी सदस्यहरु बिनोद कुवर एबम केपि सिटौलाले र एन आर एन कोरियाका अध्यक्ष राजु क्षेत्रीले नेपालमा आफुहरुले हालै गरेको सम्युक्त भ्रमणको अनुभब सुनाएका थिए । उनिहरुका अनुसार नाकाबन्दी बाट नेपाल अहिले सबैभन्दा नाजुक अबस्था बाट गुज्रेको बताएका थिए ।

 

 

 

 

 

12202341_1123467164337885_1001611282_n

 

 

राजनैतिक सङगठन तर्फ ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउँले , जनसम्पर्क समितिकी गङगा थापा, जन अधिकार मन्चका गणेश कालिकोटे, सङ्घिय समाज कोरियाका बन्दना राइ र नेपाली एकता समाजका बिदुर शर्माले शुभकामना मन्तब्य दिएका थिए । त्यसै गरि बुद्दिजिबी बर्ग बाट डाक्टर शिशिर मानन्धर , महिला तर्फ बाट मिना थापा मगर , मल्लिका थकाली , एन्सिसी बाट अन्जु केसिले शुभकामना दिएका थिए ।

 
ओएनएफका बिभिन्न कमिटीका सद्स्यहरुको बाक्लो उपस्थित रहेको कार्यक्रममा समाजका बिभिन्न ब्यक्तित्वहरुको राम्रो सहभागिता रहेको थियो । शुभकामना आदान प्रदानको साथ साथ चियापान सङ्गै गरिएको
कार्यक्रम मा ओएनएफ उपाध्यक्ष सुरेन्द्र आचार्यले स्वागत र सन्चालन चाही सचिब दिपेन्द्र अधिकारिले गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...