Advertisement
SKIP THIS

लम्जुङ परिवारले बडा दशै तथा तिहारको उपलक्ष्यमा भेटघाट कार्यक्रम गर्ने


 मेघप्रसाद वाईबा,सोल-लम्जुङ परिवार दक्षिण कोरियाद्वारा नोभेम्बर 7 तारिख शनिबार बेलुका ठिक 7:00 बजेदेखि दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा नेपालीहरुको महानपर्व “दशै तिहार भेटघाट कार्यक्रम2015” भव्य रूपमा मनाउने भएको छ।

 

हरेक वर्ष परिवारको भवन वाईजम्भुस्थित सेम्नेमा मनाउदै आए पनि यो बर्ष भने कोरियामा कार्यरत टाढाका सम्पुर्ण साथीभाईको परिस्थितिलाई मद्यनजर राख्दै कार्यक्रमलाई दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा मनाउने भएको हो।रोजगारीको क्रममा दक्षिण कोरिया आएका समस्त लम्जुङ्वासी एवं लम्जुङ परिवारमा आवद्ध नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबीचमा सदभाव , भाईचारा र एकताको सन्देश दिने उदेश्यले कार्यक्रम गर्न लागेको कुरा लम्जुङ परिवारका अध्यक्ष धन गुरुङले बताए ।

कार्यक्रममा शुभविजयदशमी तथा दिपावालीको उपलक्ष्यमा शुभकामना अदानप्रदान गर्ने , मनोरञ्जनात्मक एवं देउसी भैलो कार्यक्रम साथमा नेपाली मिस्ठान्न भोजनको व्यवस्था गरिने भएको छ सोही दिन कोरियाकै फुटबल क्षेत्रमा धेरै पटक उपाधीहरु जित्न सफल लम्जुङ परिवारको फुटबल टिम लम्जुङ एफ.सि.जसले निरन्तर दुईपटक राजदुत रनिङ कप 2014 र 2015, तिलिचो रनिङ कप 2015 नागर्जुन कप 2015 का सम्पुर्ण खेलाडीसाथीहरू लगायत खेलमेनेजर र खेलकुदको साथै संस्थाको विकासका लागि निरन्तर आफ्नो अमुल्य योगदान पुरयाउनु हुने व्यक्तिहरुलाई समेत सम्मान गरिने भएको छ।

 

विस्तृत जानकारीको लागि सम्पर्क व्यक्तिहरु :

धन गुरुङ(अध्यक्ष ): 01064642743

मेख दुरा(उपाध्यक्ष ):01059300161

मेघप्रसाद वाईवा(महासचिव ):010-59549704

कमला गुरुङ(सह- कोषाध्यक्ष ): 010-42411255

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...