एमटियु र कोरियन मजदुर महासङ्घले अन्तरक्रिया र चियापान कार्यक्रम गर्ने


सोल – प्रवासी मजदुर संघ एमटियु ( माइग्रान्ट ट्रेड युनियन ) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियु ले नोभेम्बर १५ तारिक आइतबारका दिन  अन्तरकृया तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

 

 

प्रवासी मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न एक दशक अघी सन २००५ मा स्थापना गरिएको प्रवासी मजदुर संघ एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले कोरियामा रहेको सम्पूर्ण प्रवासी मजदुरहरुलाई मजदुर नीति-नियम र कानुन बारे जानकारी दिने कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।

 

 

रोजगार अनुमति प्रणाली (ईपिएस )अन्तर्गतको नियम , मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नयाँ मजदुर कानुन र त्यसबाट मजदुरहरुलाई पर्ने असर ,औधोगिक दुर्घटना र क्षतिपुर्ति ,कम्पनीको समस्या समाधान लगायत विभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले उक्त १५ तारिखका  दिन  ” प्रवासी मजदुरको समस्या समाधानमा मजदुरको भूमिका ” बिषयमा अन्तरकृया साथै चियापान कार्यक्रम आयोजना गरिएको एमटियु अध्यक्ष उदय राईले जानकारी दिए ।

 

 

१५ तारिक अाइतबारको दिन एमटियुकै हलमा गर्न लागिएको बिशेष अन्तरक्रिया तथा  चियापान कार्यक्रममा उपस्थित भएर मजदुर नीती नियम ,मजदुर अधिकार साथै दक्षिण कोरियामा रहँदा बस्दा के कस्तो मजदुर अधिकारहरुको बारे जान्न आवश्यक हुने रहेछ भनेर जान्नको लागी उक्त कार्यक्रममा उपस्थिती भई दिनुहुन कोरियाबासी सम्पूर्ण मजदुर , समाजसेवी ,पत्रकार्, बिधार्थी, ब्यापारी सबैलाई युनियनले हार्दिक अनुरोध गरेको छ ।

 

 

 

कार्यक्रम  मिति : २०१५ नोबेम्बेर १५ तारीख

समय : दिनको १ बजे

स्थान: एमटियुको कार्यालय ,सउल बुल्ख्वांग , रेल लाइन न ३ बुल्क्वांग स्टेसन गेट न २ ( 서울 지하철 ३ 호선 불광역 २ 번 출구 이주노동자노동종합)

 

 

 

सम्पर्क ब्यक्तीहरु :-

 

 

उदय राई ०१०–५६७५–२०११

दुर्गा भट्टराई : ०१० – ४८३८ -५९४८

रोशन न्यौपाने :०१०- ४८८९-०११५

कृष्णहरि आचार्य :०१०-४८९७ -८२९४

दिनामनी पौडेल :०१०–५९३३–१३२९

रोशन राई :०१०–८६७३–१४२२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...