Advertisement
SKIP THIS

कोरियामा नेपाली सहकर्मी द्वारा मारिएका राउतको नाममा अक्षयकोष स्थापना


  •                     अशोक मैनाली/ काभ्रे ।  कोरियामा आफ्नै नेपाली सहकर्मी द्वारा मारिएका सुदीप राउतको नाममा अक्षयकोष स्थापना गरिएको छ । कोरिया प्रवेश गरेको १५ दिनमै आफ्नै कम्पनीमा काम गर्ने भोजपुरका परशुराम राई द्वारा राति सुतेको अवस्थामा चिर्पटले हानी हत्या गरिएका काभ्रेका स्व रावतको परिवारको राहतको निम्ति काभ्रे सम्पर्क समिति कोरियाको पहलमा संकलित १०५६२५५ /- ( दश लाख छपन्न हजार दुइसय पचपन्न रुपैंया ) रकम स्व.राउतको नाममा अक्षय कोष स्थापना गरि उनको परिवारलाई हातान्तरण गरिएको छ ।

     

    काभ्रेको शंखुपाटीचौर स्थित श्री शंखेश्वर मा.बि.मा काभ्रे सम्पर्क समिति द्वारा आयोजित ‘अक्षय कोष स्थापना तथा सहयोग हस्तान्तरण’ कार्यक्रममा प्रमुख अतिथि सोहि क्षेत्रका सांसद रामहरी सुबेदी, बिशेष अथिति प्रमुख जिल्ला अधिकारी मदन भुजेल तथा कार्यक्रमका सभापति तथा काभ्रे सम्पर्क समिति कोरियाका अध्यक्ष गणेश तिमल्सिना द्वारा संयुक्त रुपमा सहयोग रकम हस्तारण गर्दै अक्षय कोष स्थापना गरिएको हो ।

     

    त्यस्तै राउतका माइली छोरीको अध्यन खर्चको लागि किम्हे माइग्रेन्ट हाउसबाट यज्ञराज सुबेदीको बिशेष पहलमा आगामी ५ बर्षको लागि बार्षिक ६ लाख कोरियन वनका दरले प्रदान गरिने भएको छ ।दोषीले आफ्नो दोष स्वीकार गरिसकेकोले अब अदालत बाट सजाय सुनाउन मात्र बाँकी रहेको जानकारी गराउदै कोरियामा यस्तो घटना आगामी दिनमा नदोहोरियोस भन्ने कामनाका साथ काभ्रेलिको दुख सुखमा सदैब काभ्रे सम्पर्क समितिको साथ रहने कुरा अध्यक्ष तिमल्सिनाले बताउनु भएको थियो।

     

    बिशेष अतिथि मदन बुजेलले बिदेशमा रहेर आफ्नो भबिष्य निर्माण गर्नुका साथै बाँकी समय समाजिक क्षेत्रमा पुण्य कार्यप्रति लगाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि सांसद सुबेदीले सहयोगले एउटा घरको पिडा र समस्यामा ठुलो राहत मिलेको र प्रवासबाट एकजुट भएर आफ्नो क्षेत्रको लागि गरिएको परोपकारी सामाजिक कार्यको मुक्त कण्ठले प्रशंसा गर्नुभयो।

     

    शिब प्रसाद आचार्य द्वारा संचालित कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनितिनिक दलका प्रतिनिधि,बुद्दिजिबी,समाजसेवी,पत्रकार तथा स्थानिय बासिहरुको बाक्लो उपस्थित रहेको थियो। नेपाली सम्पर्क समिती कोरियाका अध्यक्ष प्रेम शाह ,पूर्व अध्यक्ष लोचन राई ,योङ्ग स्टार ग्रुपका अध्यक्ष लोक लामा ,चितवन सम्पर्क समिती कोरियाका पुर्व अध्यक्ष तथा सहकार्य कृषी फर्मका अध्यक्ष कमल प्रसाद अर्याल लगायतको पनि उपस्थिती रहेको थियो ।

     

    स्व. राउतका परिवारले सहयोगी सम्पूर्ण महानुभाब, संघ संस्थालाई गहभरि आँशु झार्दै धन्यबाद ब्यक्त गर्नुका साथै दोषीलाई कडा भन्दा सजायको माग राख्नुभएको थियो । कार्यक्रमको संयोजन तथा ब्यबस्थापन नेपाल योङ्ग स्टार फ़ाउण्डेशनले गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...