कोरियाको सहयोगमा डाटा सेन्टरको निर्माण कार्य सुरु


प्रताप विष्ट, हेटौँडा- सरकारी तथा निजी क्षेत्रका सूचना र व्यावसायिक विवरण सुरक्षित राख्न करिब ४० लाख डलरको लागतमा हेटौँडामा डाटा सेन्टरको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ ।

 

सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअपको रुपमा हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागिएको हो । डाटा सेन्टरको भवन निर्माणको ठेक्का पाएको नेपाल आर्दश कम्पनीले भवन निर्माण गर्न जमिनहरु सम्याउन थालेको छ । हेटौँडा नगरपालिका–४ स्थित लोकतान्त्रिक चौर नजिक रहेको नगर विकास समितीको जग्गामा सो निर्माण हुन लागेको हो ।

 

नगर विकास समितीले उपलब्ध गराएको ८ कठठ ८ धुर जमिनमा कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका)ले डाटा सेन्टर निर्माण गर्न लागेको हो । कोइकाले भवन निर्माण गर्न नेपाल आदर्श कम्पनीलाई १८ करोड रुपैयामा ठेक्का दिएको छ । काम सुरु गरेको १८ महिनामा भवन निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।

 

 

‘भवन निर्माणसँगसँगै सबै पूर्वाधारहरुका काम सकेपछि कोइकाले राष्ट्रिय सुचना केन्द्रलाई हस्तान्तरण गर्ने छ,’ राष्ट्रिय सूचना केन्द्रकी कार्यकारी निर्देशक पुनिता उपाध्यायले भनिन्, ‘डाटा सेन्टर भवनको काम सुरु भएको जानकारी पाएका छौं ।’

भूकम्पका कारणले कोरियन प्राविधीकहरु त्यतिबेला सबै आफ्नो मुलुक फर्केको र सरकारले नक्सा पास नगर्ने नीति घोषणा गरेकाले पनि निर्माण कार्य ढिलाई भएको डाटा सेन्टरका प्राविधीकले बताए । सन् २०१६ को डिसेम्बरसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने कोइकाले जनाएको छ । कोइकाले निर्माण गरेर २०१६ को डिसेम्बरसम्ममा सूचना केन्द्रलाई हस्तान्तरण गरिसक्ने सम्झौता गरिएको छ । भुकम्पको कारणले गर्दा हस्तान्तरण गर्न केही महिना ढिलाई हुनसक्छ कोइकाका एक प्राविधीकले भने, ‘सकेसम्म सम्झौता गरेको समयमा नै सम्पन्न गर्ने प्रयास गर्ने छौ ।’

 

सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहुँदा राष्ट्रिय सुचना प्रविधि केन्द्र अन्तर्गतको सरकारी एकिकृत डाटा केन्द्र प्रभावकारी ढंगले संचालनमा आउन सकेको छैन । डाटा सेन्टरलाई प्रभावकारी संचालनको निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागिएको हो । ७ वर्षअघि निर्माण भएर हस्तान्तरण गरिएको सिंहदरबारस्थित डाटा सेन्टर पनि कोरियाको सहयोगमा निर्माण गरिएको हो ।

 

‘एउटैमात्र डाटा सेन्टर हुँदा प्राकृतिक प्रकोपललगायत कुनै कारणले सूचनाहरु नष्ट भएमा मुलुकको ठुलो क्षति हुन्छ,’ केन्द्रकी निर्देशक उपाध्यायले भनिन्, ‘काठमाडांैको भन्दा फरक भौगोलिक अवस्था, राजनीतिक रुपमा शान्त र विद्युतलगायत अन्य सुविधा पनि भएकाले हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागेको हो ।’ हेटौँडामा डाटा सेन्टर बनेपछि सरकारी, अर्धसरकारी, कर्पोरेट क्षेत्र, बैंक र नीजि क्षेत्रसमेत लाभान्वित हुने जनाएको छ ।कान्तिपुरले समाचार लेखेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...