Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राष्ट्रपति मुन स्वदेश फिर्ता, किमले चाँडै सउल भ्रमण गर्ने

सउल । उत्तर कोरियाको ३ दिने भ्रमण गरेर दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बिहीवार स्वदेश फर्केका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने लगायत विषयमा शिखर वार्ताका लागि राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् । शिखर वार्ताको क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने, दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरूलाईफुर्सदमा

प्योङयाङ पुगेका राष्ट्रपति मुनलाई किमको भब्य स्वागत(फोटो फिचर)

सउल । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन औपचारिक भ्रमणका लागि मंगलबार प्योङयाङ पुगेका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने मुख्य उदेश्यका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेको यहाँका संचार माध्यमले जनएको छ । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा मुनको स्वागतका लागि किम र पत्नी रि सोल्जुका साथै हजारौँ उत्तर कोरियाली वासिन्दा पनि फूलसहित उपस्थित भएका थिए । उनीहरुले ठूलो स्वरमा एकिकृतफुर्सदमा

दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह

करिब ३ बर्ष पछि दक्षिण कोरियामा फेरी मर्सको बिरामी भेटिएको छ । गत शुक्रबार कुवेतबाट फर्किएका एक कोरियन नागरिकमा मिडिल इस्ट रेस्पिरेटरी सिम्ड्रम (MERS) भेटिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(KCDC)लाई उदृत गर्दै कोरियाली संचार माध्यमहरुले जनाएका छन् । नाम उल्लेख नगरिएको ६१ बर्षिय कोरियन नागरिक आफ्नो ब्यापरिक भ्रमणका लागि कुवेत गएको गएका थिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा टाउको दुख्ने जस्ता समस्या देखापरेपछि भ्रमणलाई छोटाएर दुबई हुदैफुर्सदमा

सउलका सार्वजनिक सौचालयमा गुप्त क्यामराको आतंक, क्यामरा खोज्दै सरकारी अधिकारी

पछिल्लो समय दक्षिण कोरियामा सार्वजनिक सौचालय तथा कपडा फेर्ने स्थानमा गुप्त क्यामराहरु लुकाएर राख्ने र त्यसबाट अश्लील भिडियो बनाउने घटना गम्भीर समस्याको रुपमा देखा परेको छ । गत बर्ष मात्र यसरी गुप्त क्यामराबाट खिचेका भिडियोहरुबारे ६ हजार भन्दा बढीको मुद्दा परेको यहाँको समाचार एजेन्सी योनहपले जनाएको छ । विशेष गरि राजधानी सउलका सार्वजनिक सौचालयमा लुकाएर राखेको क्यामराले खिचेका यस्ता भिडियो सम्बन्धित ब्यक्तिले थाहै नपाई विभिन्न अश्लील साइटहरुमा राख्ने गरेको पाइएकोफुर्सदमा

दक्षिण कोरियाको विद्यालयमा कफी निषेध

विद्यार्थीहरुको स्वस्थ्य जीवनशैलीको विकास गर्न भन्दै दक्षिण कोरियाले आफ्नो सबै विद्यालयहरुमा कफी तथा कफी जन्य पेय पदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ । कोरियन सरकारको यो अभियानलाई सफल बनाउन विद्यालयका सबै शिक्षकहरुले समेत विद्यालय समयमा कफी पिउन नपाइने कोरियाली संचार माध्यमले जनाएको छ । यहि सेप्टेम्बर १४ बाट लागू हुन लागेको यो नियम अनुसार कुनैपनी प्राथमिक तथा माद्यामिक विद्यालयहरुमा कफिको बिक्री गर्न पाइने छैन । खाद्य तथा औषधि सुरक्षाफुर्सदमा

तामाङ संघ दक्षिण कोरियाले गायक बाबु मोक्तानलाई विदाई गर्यो

दक्षिण कोरियामा तीन बर्ष देखि कार्यरत गायक बाबु मोक्तानलाई नेपाल तामाङ संघ दक्षिण कोरिया र नेपाल जनजाति महासंघ दक्षिण कोरियाले विदाई गरेको छ । उनी मंगलबार नेपाल फर्कदै छन् । विदाई कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव गोकुल थोकरले दक्षिण कोरिया लाख दुःख र लाख पैसा, अनुभव र कमाइ स्वदेशमै लगानी गरेर सफल हुन शुभकामना दिए । ‘हामी विदेशमा मात्र होइन नेपालमा पनि केही गर्ने दिन आएको छ ।फुर्सदमा

कोरियामा आज १ सय ११ वर्षपछिको सबैभन्दा बढी गर्मी

दक्षिण कोरियामा यस वर्ष गर्मी दिन प्रतिदिन बढ्दो छ । सउलको तापमान आज सबैभन्दा बढी ३९.६ पुगेको छ । सन १९०७ सालपछि यस वर्ष १ सय ११ वर्षपछि सउलको सबैभन्दा उच्च तापमान पुगेको कोरियन मौसम विज्ञान कार्यलयले जनाएको छ । कोरियाको दक्षिणी पश्चिमी भेगमा उच्च तापक्रम हुने गरेता पनि उत्तरी तर्फ रहेको सउलमा भने केही कम तापक्रम हुने गरेकोमा यस वर्ष कोरियाको प्राय स्थानमा ४० डिग्री तापमान पुगेको छ। उच्चफुर्सदमा

१०.९ प्रतिशत तलब बढ्यो दक्षिण कोरियामा काम गर्ने कामदारको : जनवरी देखि लागु हुने

दक्षिण कोरियन सरकारले सन् २०१९ को लागि कामदारको तलब बढाएको छ । शुक्रबार अबेर रातिसम्म चलेको ज्याला निर्धारण समितिको बैठकले कामदारको तलब १०.९ प्रतिशत बढाएको हो । आगमी बर्षको जनवरी देखि एक घन्टा काम गरे ८३५० वन कामदारले पाउने छन् । मासिक रुपमा बेसिक तलब १७,४५,१५० हुने भएको छ । अहिलेको दक्षिण कोरियाको सरकारलाई मजदुर मैत्री सरकारका रुपमा हेरिन्छ । गत बर्ष पनि सरकारले १६ प्रतिशत तलब बढाएको थियो ।फुर्सदमा

कोरियालाई मेक्सीकोले यसरी धन्यवाद दिए, सन्दर्भ विश्वकप

प्रायले धन्यावाद दिदा मौखिक र लिखित वा उपहार दिएर ब्यक्त गर्ने गर्छन । तर कहिले काही धन्यावाद दिने अनौठा तरिकाहरु पनि देख्न र सुन्न पाइन्छ । रसियामा भइरहेको फुटबल विश्व कपको सन्दर्भमा मेक्सीकोले दक्षिण कोरियालाई दिएको धन्यावादको हो । बुधबार सम्पन्न पहिलो चरणको खेलमा दक्षिण कोरियाले जर्मनलाई ० को विरुध २ गोलले जित्यो । यो जित कोरियाको थियो तर फाइदा मेक्सिकोलाई मिल्यो । जर्मनलाई हराई दिएकाले मेक्सीको दोस्रो चरणमा पुग्न सफल भएकोफुर्सदमा

कोरियाली प्रसिद्ध लेखक हुंगलाई फ्रान्सको एसियाली गिमेत पुरस्कार प्राप्त

दक्षिण कोरियाका प्रसिद्ध लेखक हुंग सोक योंगले एशियाली साहित्यको लागि यस वर्षको एमिली गिमेत पुरस्कार प्राप्त गरेको छ । उनका उपन्यास एट डस्क बाट सो पुरस्कार पाएका हुन् । फ्रान्सको पेरिमा स्थित एसियन आर्टका राष्ट्रिय गुमेत संग्राहलयले सोमबार सो घोषणा गरेको एजेन्सीहरुले जनाएको छ । फ्रान्समा एसियन साहित्यको परिचय गराउने उद्येश्यले यसको स्थापित गरिएको हो । एसियको समसामायीक साहित्यका फ्रान्सेली भाषामा अनुवादित पुस्तकहरुलाई गत वर्षदेखि यो पुरस्कृती प्रदान गर्दै आएकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...