Advertisement
SKIP THIS

राष्ट्रपति मुन स्वदेश फिर्ता, किमले चाँडै सउल भ्रमण गर्ने


सउल । उत्तर कोरियाको ३ दिने भ्रमण गरेर दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बिहीवार स्वदेश फर्केका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने लगायत विषयमा शिखर वार्ताका लागि राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् ।

शिखर वार्ताको क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने, दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरूलाई फराकिलो बनाउने लगायत किमले चाँडै दक्षिण कारिएको भ्रमण समेत गर्ने सहमति भएका छन् ।

संचार माध्यमहरुका अनुसार बुधबार दुई कोरियाली नेताबीच उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको थियो । जहाँ उनिहरुले “प्योङ्याङ शान्ति सम्झौता” गरेका छन् । शिखर वार्ता पछिको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै किमले भने “मैले दक्षिण कोरियाको राष्ट्रपति मुनलाई प्रतिबद्धता जनाएको छ कि म चाँडै सउलको भ्रमण गर्नेछु ।” साथै यो सम्झौताले अन्तर कोरिया सम्बन्ध लाई थप उचाईमा पुर्याउने भन्दै “यसले शान्ति र समृद्धिको यो नयाँ युग लाई फलदायी बनाउने छ ।” किमले भने ।

त्यस्तै राष्ट्रपति मुनले भनेको छ “कोरियाली प्रायद्वीपबाटलाई युद्धको त्रासबाट मुक्त गर्न हामी सहमत भएका छौँ ।” पत्रकार सम्मेलनमा दुबै नेताले “परमाणु-मुक्त, शान्तिपूर्ण कोरियाको लागि सक्रिय प्रयास ।”को प्रतिबद्धतालाई दोहोर्‍याएका थिए ।

“हामी कोरियाली प्रायद्वीपबाट द्वन्द्वका सबै स्रोतहरू हटाउन सहमत भयौं,” मुनले भने । “र हामी पहिलो पटकको लागि परमाणुकरणको अन्त्य गर्ने चरणमा सहमत भएका छौं। परमाणु-मुक्त कोरिया धेरै टाढा छैन।” मुनका अनुसार उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुवै देशका विज्ञहरूको सहभागितामा सधैँका लागि बन्द गर्न सहमति जनाएको कोरिया टाइमसले लेखेको छ ।

विश्वले नै हेरिरहेको मुन र किम बिचको उक्त तेस्रो भेटवार्ता पश्चात् केही समयदेखि अमेरिका र उत्तर कोरियाबीच रोकिएको वार्ता सुचारु हुने सम्भावना पनि बढेको अनुमान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...