Advertisement
SKIP THIS

सउलका सार्वजनिक सौचालयमा गुप्त क्यामराको आतंक, क्यामरा खोज्दै सरकारी अधिकारी


पछिल्लो समय दक्षिण कोरियामा सार्वजनिक सौचालय तथा कपडा फेर्ने स्थानमा गुप्त क्यामराहरु लुकाएर राख्ने र त्यसबाट अश्लील भिडियो बनाउने घटना गम्भीर समस्याको रुपमा देखा परेको छ ।

गत बर्ष मात्र यसरी गुप्त क्यामराबाट खिचेका भिडियोहरुबारे ६ हजार भन्दा बढीको मुद्दा परेको यहाँको समाचार एजेन्सी योनहपले जनाएको छ । विशेष गरि राजधानी सउलका सार्वजनिक सौचालयमा लुकाएर राखेको क्यामराले खिचेका यस्ता भिडियो सम्बन्धित ब्यक्तिले थाहै नपाई विभिन्न अश्लील साइटहरुमा राख्ने गरेको पाइएको छ । जस्ले सम्बन्धित ब्यक्तिको चरीत्र हत्या हुन गएकोले यस्तो कार्यलाई रोक्न राजधानी सउलको सबै सार्वजनिक सौचालयमा सरकारी अधिकारीहरुले अनुगमनको सुरुवात गरेको छ ।

गत अगस्तको पहिलो साता हजारौं महिलाहरुले ूमेरो जीवन तिम्रो अश्लीलता होइनू भन्दै सउलको सडकमा प्रदर्शन समेत गरेका थिए ।

एजेन्सीका अनुसार अहिले सउलको करिब २० हजार सार्वजनिक सौचालयको निरीक्षण गर्न जम्मा ५० जना अधिकारी खटाएको छ । सरकारी नयाँ योजना अनुसार अब सार्वजनिक सौचालयमा कार्यरत तथा मर्मत सम्भारमा खटिने ८ हजार कर्मचारीले पनि दैनिक यस्तो क्यामराको निगरानी गरिने जनाएको छ । यसो गर्दा प्रत्येक कर्मचारीले करिब ३ वटा सार्वजनिक सौचालयको दैनिक निगरानी राख्न सकिने छ । योनहपलाई सरकारी अधिकारीले दिएको जानकारी अनुसार २० हजार सौचालय मध्ये यस्तो घटना धेरै हुने करिब एक हजार सौचालयमा विशेष निगरानी राखिने छ ।

प्रहरीलाई भने यस्तो घटनामा संलग्न अपराधीलाई समात्न धेरै अप्ठ्यारो परेको जनाएको छ । जसको मुख्य कारण सामाजिक संजाल र स्मार्ट फोनको व्यापक प्रयोगलाई लिएको छ । त्यस्तै अपराधीहरुले गुप्त क्यामरा राखेको १५ मिनेट भित्र फेरि झिकेर लगिसक्ने भएकाले पनि अपराधी पत्ता लगाउन गाह्रो परेको छ । प्रहरीका अनुसार गुप्त क्यामरालाई कडा निगरानी गरेता पनि ९० प्रतिशत अश्लील भिडियोहरु नियमित प्रयोग गर्दै आएका स्मार्ट फोनबाट बनाएको पाइएको छ ।

गत बर्ष यस्तो घटनामा संलग्न आरोपमा करिब ५ हजार चार सय जनालाई प्रहरीले पक्राउ गरेको तर यस मध्ये जम्मा २ प्रतिशतलाई मात्र जेल चलान गरेका थिए । तर महिला अधिकारकर्मीहरुले भने यस्तो घटनामा संलग्नलाई कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायलाई दबाब दिदै आएको छ । -एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...