Advertisement
SKIP THIS

दक्षिण कोरियाको विद्यालयमा कफी निषेध


विद्यार्थीहरुको स्वस्थ्य जीवनशैलीको विकास गर्न भन्दै दक्षिण कोरियाले आफ्नो सबै विद्यालयहरुमा कफी तथा कफी जन्य पेय पदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ । कोरियन सरकारको यो अभियानलाई सफल बनाउन विद्यालयका सबै शिक्षकहरुले समेत विद्यालय समयमा कफी पिउन नपाइने कोरियाली संचार माध्यमले जनाएको छ ।

यहि सेप्टेम्बर १४ बाट लागू हुन लागेको यो नियम अनुसार कुनैपनी प्राथमिक तथा माद्यामिक विद्यालयहरुमा कफिको बिक्री गर्न पाइने छैन । खाद्य तथा औषधि सुरक्षा अधिकारीले कोरिया टाइम्सलाई बताए अनुसार बालबालिका तथा कोशोर किशोरीहरुलाई स्वास्थ खान खाने बानीको बिकास गर्ने उदेश्यले विद्यालयहरुमा यसरी कफी बन्द गर्न लागेको हो । “कफी सेवनले बालबालिकामा चिन्ता बढ्ने, निन्द्र नलाग्ने तथा हृदय घात जस्ता समस्यहरु देखा परेको र यसले पढाइमा असर हुने भएकोले कफी बन्द गर्नु परेको हो ।” अधिकारीले भनेको छ ।

दक्षिण कोरियाको विद्यालयहरुमा कडा कफी युक्त तथा उच्च शक्तिवर्धक पेय पदार्थको बिक्री वितरणमा पहिले नै रोक लगाइएको थियो । तर अब साधारण कफी पनि विद्यालयमा निषेध गरिएको हो । साथै स्वास्थ्य मन्त्रालयले पहिले देखी नै बच्चाहरुले प्राय टिभी हेर्ने समयमा यस्तोखालको शक्तिवर्धक पेय पदार्थको विज्ञापनमा समेत रोक लगाउँदै आएको छ ।

अन्तरास्ट्रिय कफी संगठनका अनुसार २०१६ मा कोरियामा प्रतिव्यक्ति २.३ के.जी. कफी खपत भएको थियो । यो अमेरिकामा हुने सरदर खपत भन्दा आधा जति नै कम भएपनी एसियाली देशहरु मध्ये भने याे धेरै खपत भएको मानिन्छ ।

कोरियामा अहिले कफी पसलहरु पनि अत्याधिक मात्रामा बढेको जनाएको छ । सन २०११ मा जम्मा १२ हजार चार सय वाटा कफी पसल रहेकोमा २०१५ मा ४९ हजार ६ सय पुगेको थियो । ४ बर्षमा ४ गुणा भन्दा बढी पसल थपेको देखिन्छ । यसबाट कफीको लोकप्रियता कति बढ्दै गइरहेको छ भन्ने प्रष्ट देखाउछ । तर यसबाट स्वास्थमा के कस्ता असार पारेको छ भन्ने कुराको अध्यन अनुसन्धान गरेर सरकारले आवस्यक कदम चालेको देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...