Advertisement
SKIP THIS

दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह


करिब ३ बर्ष पछि दक्षिण कोरियामा फेरी मर्सको बिरामी भेटिएको छ । गत शुक्रबार कुवेतबाट फर्किएका एक कोरियन नागरिकमा मिडिल इस्ट रेस्पिरेटरी सिम्ड्रम (MERS) भेटिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(KCDC)लाई उदृत गर्दै कोरियाली संचार माध्यमहरुले जनाएका छन् ।
नाम उल्लेख नगरिएको ६१ बर्षिय कोरियन नागरिक आफ्नो ब्यापरिक भ्रमणका लागि कुवेत गएको गएका थिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा टाउको दुख्ने जस्ता समस्या देखापरेपछि भ्रमणलाई छोटाएर दुबई हुदै शुक्रबार इन्छन एर्पोट आइपुगेका थिए । मर्स भएको आशंकामा एयरपोर्टबाटै सामसुङ अस्पतल लगिएको थियो । थप उपचार र परिक्षणका लागि अहिले सउल नेसनल युनिवर्सिटी अस्पतालमा छन् । उक्त ब्यक्तिलाई मार्स भएको प्रमाणित भैसकेको केसिडीसीले जनाएको छ ।

मार्स बिरामी सँगको प्रत्यक्ष सम्पर्कमा आएका २१ जना र विमान परिचारिका तथा त्यहाँ सवार यात्रुहरु, मेडिकल अधिकारी र अध्यागमन अधिकारी लगायतलाई स्वास्थ अधिकारीहरुको निगरानीमा राखिएको छ । समाचार एजेन्सी(योनहप)का अनुसार बिरामीको सामान्य सम्पर्कमा आएका ४ सय ३५ जनालाई पनि सम्पर्क गरि उक्त रोगको बारेमा सुचित गरिएको र तिनीहरुलाई दैनिक आफ्नो स्वास्थ अबस्थाको बारेमा सम्बन्धित स्वास्थ अधिकारीलाई जानकारी गराउन भनिएको छ ।

सन् २०१२ मा साउदी अरबमा पहिलो पटक देखिएको यो मार्स भाइरस ऊँटबाट मानिसमा सरेको मानिन्छ । दक्षिण कोरियामा २०१५ मा मर्सका कारण ३८ जनाको ज्यान गएको थियो भने १ सय ८६ जना यो भाइरसबाट प्रभावित भएका थिए । अहिले सम्म बेलायत सहित २१ देशमा यो भाइरस फैलिसकेको छ । विश्व स्वास्थ संगठन(WHO)को तथ्यांक अनुसार भाइरस संक्रमितहरु मध्ये ३६ प्रतिशतको मृत्यु भएको छ । उसले यो रोगलाई विश्वभरि चाडै फैलिने महामारीको भाइरसको रुपमा उल्लेख गरेको छ ।
श्वासप्रश्वासबाट सर्ने यो रोग बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ । ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने मर्सको लक्षण हो । त्यसैगरी खोकी लाग्ने वा दम बढने, श्वास फेर्न गाह्रो भए पछि विरामीको मृत्यु समेत हुन सक्छ । यो रोगको कुनै औषधि वा उपचार पद्धति पत्ता लागेको छैन । त्यसैले कोरियन सरकारले सबै नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...