गणेश लिम्बूलाई अध्यक्षमा चयन गर्दै चुम्लुङ कोरियाको छल्लादो क्षेत्रमा शाखा विस्तार,


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले छल्लादो प्रान्तमा आफ्नो शाखा विस्तार गरेको छ। आज सम्पन्न चुम्लुङ शाखा गठन कार्यक्रमबाट गणेश लिम्बूलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय कार्यसमिती निर्माण गरेको हो। चुम्लुङ कोरियाले बुसान,  थेगु र जेजुदोमा यस अघि नै शाखा गठन गरिसकेको छ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा चुम्लुङ तुम्याहाङ संयोजक रहेको तुम्याहाङ प्रणालीबाट समिती गठन गरेको थियो। आजको सभाले वरिष्ठ उपाध्यक्षमा सुनिल फोम्बो उपाध्यक्षमा सुरेश आङ्देम्बे, दिप सेर्मा र दिवश लिम्बू लाई चयन गरेको छ।

महिला उपाध्यक्ष – सिर्जना माबो , सचिब – भुपेन्द्र फागो सह- सचिब – सुरज योङहाङ , कोषाध्यक्ष – लक्षिया लिम्बू र सह- कोषाध्यक्ष राजन लिम्बू रहेका छन्। यसैगरी सदस्यहरुमा पेप राज माबोहाङ , मोहन लिम्बू , समराज लाबुङ , सोलु लिम्बू , गोपाल लिम्बू , सुरेन्द्र निङ्लेखु , मिङ्सो लिम्बू , सन्जिब सौदेन , मिराक नेम्बाङ , सोभाहाङ लिम्बू , निसान आङ्देम्बे , बिराट फागो , बिजय शेर्मा , रबिन लिम्बू , प्रेम साबा लिम्बू , निशान लिम्बू , गगन लिम्बू , सबिन तावा , याम मोरोहाङ र बसन्त लिम्बू रहेका छन्। सल्लाहकारमा शान्तिला पालुङवा मुना लिम्बू शेशेफुङ शेर्मा दिलिप लावती पनि चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष गणेश लिम्बूले सभालाई सम्बोधन गर्दै संस्थाम मुन्धुमको व्यापक प्रचार प्रसार गर्दै याक्थुङ समुदायको धार्मिक एवं साँस्कृतिक स्थलहरुको संरक्षण गर्ने मुख्य जिम्मेवारीलाई निभाउन चुम्लुङमा आवद्ध गराएर मौलिक सचेतनामा वृद्धि गर्ने लगायतका प्रतिबद्धताहरु व्यक्त गरेका थिए। यसैगरी चुम्लुङ कोरियाका अध्यक्ष दिर्ज काङ्भाले सभाबाट संकलित जिज्ञासाको उत्तर दिँदै चुम्लुङप्रति चिन्ता गर्नेहरुबाट नै चुम्लुङलाई निरन्तरता दिन सकिने र भविष्यमा योग्य नेतृत्व त्यसरी नै पाउन सकिने बताएका थिए।

चुम्लुङ केन्द्रबाट वरिष्ठ उपाध्यक्ष सन्तोष खेवा, निवर्तमान अध्यक्ष मिराक लिम्बू, उपाध्यक्ष देवेन्द्र काङ्भा, महासचिव बिनोद सौदेन, पूर्व महासचिव उत्तम खजुम, सदस्य थिमोस हुक्पा चोङ्बाङ र सदस्य शान्तिला पालुङ्वाको उपस्थिती रहेको थियो। छल्लादो प्रान्तको विभिन्न स्थानहरुबाट उल्लेख्य उपस्थिती रहेको कार्यक्रमलाई नव निर्वाचित सचिव भुपेन्द्र फागोले सञ्चालन गरेका थिए भने सल्लाहकार सेसेफुङ सेर्माले उक्त क्षेत्रमा चुम्लुङको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए। नव गठित कार्यसमितीलाई तुम्याहाङ संयोजक एवं चुम्लुङ अध्यक्ष दिर्ज काङ्भाले सपथ ग्रहण गराएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...