Advertisement
SKIP THIS

भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने


भोजपुर परिवार दक्षिण कोरियाले आगामी मे ५ तारिख आइतवार दशौँ अधिवेशन गर्ने भएको छ।

अध्यक्ष सुमन्त मगरले मे २, २०२१ मा सम्पन्न नवौँ अधिबेशनद्धारा निर्वाचित कार्यसमितिको कार्यावधी सकिएपछी नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि अधिबेशनको आयोजना गरिएको जानकारी गराए। Nik Travels Nepal दोङ्देमुनको सभाहलमा आयोजना गरिएको अधिबेशनका क्रममा संस्थाले प्रकाशन गरेको पुस्तक “भोजपुर सन्देश” को बिमोचन समेत गरिने कुरा अध्यक्ष मगरले बताए। भोजपुरका नौ वटै स्थानिय तहहरुको सामान्य परिचय तथा उपलब्ध भएसम्म भोजपुरबाट आई दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुको बिबरण समेटिएको सो पुस्तक भोजपुरका बारे चासो राख्ने तथा खास गरि भोजपुरको पर्यटकिय स्थलहरुको जानकारी चाहनेहरुका लागि सहयोगी रहने सो पुस्तक प्रकाशनको उद्देस्य नै भोजपुरलाई गैर भोजपुरे नेपालिहरुका बिच चिनाउने कोसिस रहेको संस्थाका कोषाध्यक्ष डिबि राईले बताए।

सन् २००५ मा स्थापित भोजपुर परिवार दक्षिण कोरियाले दक्षिण कोरियामा विभिन्न समयमा विभिन्न दुर्घट्नामा परि अंगभंग भएका तथा मृत्यूबरण गर्न पुगेका भोजपुरेहरुलाई उद्धार तथा आर्थिक सहायता प्रदान गर्दै आईरहेको छ भने, विभिन्न समयमा च्यारिटिका कामहरु समेत गर्दै आईरहेको छ। भोजपुर जिल्लाको एक मात्र सुस्त श्रवण बिद्यालय “भोजपुर बहिरा आवासीय आधारभुत विद्यालय” मा करिव ५ लाख रुपैँयाको अक्षयकोष स्थापना गरेको छ भने संस्था आफैले पनि एउटा आपतकालिन सहायता कोषको निर्माण गरि संचालन गरिरहेको छ।

“यो कार्यसमिती कोरोना महामारिका बिच निर्वाचित भयो, आधाउधी समय त्यही महामारिको ‘लकडाउन’ ले खायो। त्यसले गर्दा पनि ठोस कामहरु गर्न सकिएन। अब बन्ने नयाँ कार्य समितिले चाहिँ संस्थाले चाहेर पनि गर्न नसकेका थुप्रै कामहरु छन्, तिनलाई पुर्णता दिनेछ भन्ने बिस्वास छ।” कार्यकालको अन्त्यतिर रहेका अध्यक्ष मगरले नयाँ कार्यसमिति प्रती आशा ब्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...