तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
पूर्वाञ्चल सरोकार समाजको साधारण सभा सम्पन्न, संस्थाको नाम परिवर्तन
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। जुलाई २८ तारिख आइतवार सरोकार समाजको आफ्नै हलमा सम्पन्न साधारण सभाले संस्थाको नाम परिवर्तन गरेको छ। परिवर्तित संस्थाको नाम “पूर्वी नेपाल समाज, दक्षिण कोरिया” रहने भएको छ। सभामा महासचिव केदार निरौलाले संस्थागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा मेवाहाङले आर्थिक विवरण राखेका थिए। सधारण सभाले केही महत्वपूर्ण निर्णयहरु पारित गर्दै विधान संसोधन गरेको छ । “पूर्वी नेपालफुर्सदमा
नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा
अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ । जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने,फुर्सदमा
वृहत अन्तर्क्रिया कार्यक्रमको लागि माननिय गगन थापा कोरिया अवतरण
पूर्व मन्त्री एवम माननिय सांसद गगन थापा कोरिया अवतरण भएका छन्। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुने बृहत अन्तर्कृया कार्यक्रमको लागि थापा कोरिया आएका हुन्। यसैगरि थापासँगै नेपाली कांग्रेसका नेता प्रशिक्षकको रुपमा प्रताप पौडेल पनि आइसकेका छन भने केन्द्रीय सदस्य किरण पौडेल केहि समय पश्चात आइपुग्ने आयोजकले जनाएको छ। अतिथि स्वागत गर्नका लागि नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवम शुभ चिन्तकहरु इन्छन विमनस्थल पुगेका थिए। नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसदफुर्सदमा
कोरियामा माननिय गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा माननिय सांसद गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल पनि सरिक हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रम जुलाइ २८ तारिक सौलको गुमिन ह्वेग्वानमा विहान ११ बजेदेखि हुने निश्चित भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद साथै पूर्व मन्त्री समेत रहिसकेका थापासँग अन्तर्क्रिया गर्न कोरियाबासि नेपालीहरु निकै उत्साहित भएको र कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमाफुर्सदमा
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा जुलाई २८ मा हुने
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधरण सभा हुने भएको छ। जुलाई २८ तारिख दोङ्देमून स्थित सरोकार समाजको आफ्नै हलमा कार्यक्रम गरिने तय भएको छ। साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवेदन र भावि कार्ययोजनाहरु प्रस्तुत हुने अध्यक्ष गजेन्द्र सेर्माले फोनिज कोरियालाई जानकारी गराएका छन्। सन २०१४ मा स्थापित यस समाजमा पूर्वका १४ जिल्ला र २ जातिय संस्था गरि कूल १६ संस्था आवद्ध रहेका छन्। पूर्वाञ्चल एवम कोरिया बासि नेपालीलाईफुर्सदमा
मनसरा चलचित्रको आयव्यय सार्वजनिक , चुम्लुङ कोरिया २ करोड ७३ लाख वन नाफामा
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले प्रदर्शन तथा वितरण गरेको मनसरा चलचित्रको आयव्यय सार्वजनिक गरेको छ। सिरिजङ्गा लिपि युनिकोड निर्माण सहयोगार्थ मनसरा चलचित्र गत महिना कोरिया भरी प्रदर्शन गरिएको थियो। चुम्लुङ कोरियाले एक विज्ञप्ति जारी गर्दै चलचित्र प्रदर्शन र वितरणबाट २ करोड ७३ लाख ८४ हजार वन नाफा भएको जनाएको छ। ४ करोड ७५ लाख १९ हजार ५ सय ५५ कोरियन वन बराबरको कारोबार गरेकोमा २ करोड १ लाख ३५ हजारफुर्सदमा
सुवाश चेम्जोङको अध्यक्षतामा इलामेली समाज कोरियाको नयाँ समिति गठन
ईलामेली समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ। जुलाई १४ आइतबारका दिन दोङदेमुन स्थित पुर्वाञ्चल सरोकार समाजको हलमा सम्पन्न अधिवेशले सुवाश चेम्जोङलाई अध्यक्षमा चयन गरेको छ। चेम्जोङको नेतृत्वना १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। नयाँ समितिको वरिष्ठ उपाध्यक्ष- भिम बिराज संकर रहेका छन भने उपाध्यक्षमा मदन चापागाई , गणेस तामाङ र रमेश बस्नेतलाई चयन गरेको छ। यसैगरि महासचिव- डिल्ली हाँङसरुम्बा , सचिब – डि बी योङहाँङ कोषाध्यक्ष- भुवनफुर्सदमा
‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
अमिर याेन्जन । गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो…’ सार्वजनिक भएको छ । गौतम गोलेको अभिनयमा यो दोस्रो साङ्गीतिक कोसेली हो । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो…’ बोलको भिडियो सार्वजनिक भएको हो । ‘छ्योर्तेन राम्रो…’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो । भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्कफुर्सदमा
अगस्ट ३ तारिख किम्हे शहरमा “समर डान्स पार्टी ” हुँने
गर्मी विदाको अवसर पारेर कोरियाको किम्हे शहरमा “समर डान्स पार्टी “हुने भएको छ। अगस्ट ३ शनिवारको साँझ सेवारो इन्टरटेनमेन्टको आयोजनामा डान्स पार्टी आयोजना हुन लागेको हो। साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म 가야로 202 태평포시즌 건물 मा हुने डान्स पार्टीमा र्यापर दोर्जे जोजोले आफ्नो प्रस्तुतीद्वारा भरपुर मनोरञ्जन दिने छन भने डिजे CMAN ले डान्सिङ नम्बरमा दर्शकलाई नचाउने छन्। किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित युमा तरेबा हिम (सेल्टर) सञ्चालन सहयोगार्थफुर्सदमा
कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम, महत्वपूर्ण तीन काम गरेको उद्धघोष
जुन ३० आइतबारका दिन यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफू वचनको पक्का रहेको र आफूले कसैलाई पनि झुटो आश्वासन नदिने विस्वास दिलएका थिए। यो छोटो समयमा आफूले संकल्प गरेका ३ काम वार्षिक खेल तालिका प्रकाशन, अतिक्रमित स्काउटको जग्गा फिर्ताफुर्सदमा