Advertisement
SKIP THIS

सशक्त दलित एकता समाज दक्षिण कोरियाको अधिवेशन जनवरी १ मा हुने


सशक्त दलित एकता समाज दक्षिण कोरियाको अधिवेशन आगामी जनवरी १ तारिखमा अनलाइन माध्यमबाट हुने भएको छ । कोरोना महामारीका कारण अधिवेशन अनलाइन मार्फत गर्न लागेको समाजका महासचिव अर्जुन परियारले जानकारी दिएका हुन् ।

नेपाली समाजमा सदियौं देखि व्याप्त जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय र घृणित गतिविधि निर्मुल पार्ने मुख्य उदेश्यका साथ २०१९ फेब्रुअरीमा समाजको स्थापना भएको हो । “वर्तमान कोरोना महामारीको परिस्थिति लाई मध्येनजर गर्दै जनवरी १ तारिक शुक्रबारका दिन अन्लाईन अधिवेशन गर्ने निर्णय गरेको हो ।” महासचिव परियारले बताए ।

साथै समाजका अध्यक्ष घनश्याम विश्वकर्माले अधिवेशनमा सहभागी हुनका लागि दक्षिण कोरियामा रहेका सम्पुर्ण दलित समुदायलाई सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।

समाज गठन पश्चात् विभिन्न सामाजिक कार्य गर्दै नेपालमा हुनेगरेका जातीय छुवाछूत, भेदभाव एवं दलित प्रती जातका आधारमा गरिने गाली गलौज, घोचपेच देखी लिएर जातिय हत्या, हिंसा र विभिन्न घटना हरुमा समेत संजाल मार्फत समाजले कडा प्रतिवाद गर्दै आएको छ । साथै यस्ता असामाजिक तथा असंवैधानिक र देशको नियम कानुन तथा मानव विरुद्धकै यस्ता गतिविधि प्रति सरकार सजग र संवेदनशील हुनुपर्ने कुरामा जोड दिदै आएको छ । सँगै दलित हक, अधिकार, न्याय र समानताका लागि सम्पुर्ण दलित समुदाय लाई एकीकृत र एकवद्व हुन समाजले प्रेरित पनि गर्दै आइरहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...