Advertisement
SKIP THIS

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न


०९ नोभेम्बर २०२०

संस्थाका अध्यक्ष जीवन न्यौपानेको सभापतित्व र प्रमुख अतिथि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री माननिय पद्मा कुमारी अर्याल ज्यूको उपस्थितिमा शुरु भएको कार्यक्रममा विभिन्न स्थानीय सरकार प्रमुख ज्यूहरुको उपस्थिति थियो । वालिङ नगरपालिका प्रमुख, कालीगण्डकी गाउँपालिका प्रमुख, फेदिखोला गाउँपालिका प्रमुख संस्थाका ससंरक्षक, सल्लाहकार र विश्वभर छरिएर रहेका जिल्ला बासी संस्था तथा विभिन्न देशमा रहेका स्याङ्जा जिल्ला संबद्ध संस्थाका अध्यक्ष ज्यूहरूको बाक्लो उपस्थिति थियो । कोभिड १९ को प्रतिकुल स्थितिमा पनि संस्थाको विधि/विधान संवत कार्यक्रमलाई रोक्न हुदैन भन्ने हेतुले भर्चुअल माध्यम (Zoom) मार्फत उक्त वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

संस्थाका उपाध्यक्ष थर्क सेनले स्वागतरुपी शब्दहरूले अतिथिलाई स्वागत गरी अगाडि बढेको कार्यक्रममा आफ्नो विशेष मन्तव्य राख्दै प्रमुख अतिथि भूमी व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्याल ज्यूले देश बिदेशमा रहेका सम्पुर्ण जिल्लावासीहरु लाई सम्बोधन गर्दै जिल्लाको हरेक सुखदुःखमा समाजले विगतदेखि अहिलेसम्म गरेका सामाजिक कामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । विश्व स्याङ्जालीले सिकेका सीप, अनुभवलाई आफ्नो मातृभूमिमा उपयोग गर्न आग्रह गर्दै अहिले जिल्लामा एवं देशमै लगानीको राम्रो वातावरण बनिरहेकोले सम्पूर्णलाई लगानी गर्नका निम्ति आग्रह समेत गर्नुभयो । आवश्यक सहयोगको लागि सदैव आफू तत्पर रहेको पनि जानकारी गराउनुभयो ।

साथै कार्यक्रममा स्थानिय सरकार प्रमुख ज्यूहरुले पनि समाजलाई शुभकामना दिदै संस्थाले विभिन्न समयमा जिल्लामा परेको आपतबिपतमा गरेका कामहरुको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा स्थानीय सरकार ठुला लगानी तथा सामाजिक कार्यमा सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष खगेन्द्र गैह्रेले समाजको एक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभयो भने संस्थाको महासचिव हेमन्त रानाभाटले संस्थाले हालसम्म गरेका कार्यप्रगतिहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न देशका स्याङ्जा समाज एनसीसी अध्यक्षहरुले आ-आफ्नो देशको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभापतिको आसनबाट संस्थाका अध्यक्ष जीवन न्यौपानेले विभिन्न देशहरुसँग समन्वय र सहकार्य गर्दै जिल्लामा बिभिन्न सहयोग गर्दै आईरहेको र आगामी दिनमा थप स्थानिय सरकारहरुसँग पनि समन्वय गरी दिगो योजनाहरु निर्माण गर्ने, आकस्मिक कोष निर्माण गर्ने, शिक्षा स्वास्थ्य पर्यटन विकाशमा टेवा पुग्ने कार्यक्रम र सामुहिक लगानी बारेमा योजनाहरु ल्याउने जानकारी दिनुभयो ।

झण्डै ७ घन्टा चलेको कार्यक्रम दुई भागमा विभाजन गरी संस्थाबाटका महासचिव हेमन्त रानाभाट र एसिया प्यासिफिक संयोजक राजेश पाण्डेयले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष, संरक्षक सल्लाहकार एवं विभिन्न देशका एनसिसि अध्यक्ष ज्यूहरुले शुभकामना सहित मन्तव्य राख्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...