Advertisement
SKIP THIS

सेनामा भर्ती हुनाबाट यसरी जोगिन सक्छन् दक्षिण कोरियाका चर्चित गायक तथा स्वर्ण पदक विजेताहरु


कोरियामा १८ देखि २८ वर्षका स्वस्थ पुरुषलाई २० महिना सेनामा अनिवार्य भर्ती हुनुपर्ने कानुनी बाध्यता छ ।

बीटीएसका मुख्य गायक र सबैभन्दा जेठा सदस्य जीन २८ वर्ष पुग्न केही दिन मात्रै बाँकी रहँदा उनले माइक्रोफोनलाई हतियारसँग साट्नुपर्ने स्थिति उत्पन्न भयो।

दक्षिण कोरियाको प्रख्यात के-पप भनिने कोरियली सङ्गीत समूह बीटीएसले लाखौँ एल्बम बेच्नुका साथै विश्वभरका रङ्गशाला भर्ने सामर्थ्य राख्ला तर केही कुरा यस्ता छन् जसका लागि उनीहरूलाई समेत सहयोगको आवश्यकता पर्छ।

बीटीएसका लाखौँ प्रशंसकहरूका लागि संयोगवश् दक्षिण कोरियाको संसद्ले पारित गरेको विधेयकले जीनलाई सेनामा भर्ती हुने कार्य पछाडि धकेल्न पाउने बनाइदियो ।

तर दक्षिण कोरियामा चर्चित अनुहार र अनिवार्य सैन्य सेवाका बारेमा समाचार बनेको यो नै पहिलोपटक भने होइन।

दक्षिण कोरियामा यस्तो प्रावधान किन छ ?

दक्षिण कोरियामा युवाहरूले लामो समय सेनामा काम गर्नुपर्ने हुन्छ।

विकसित मुलुकहरूमध्ये सिङ्गापुर र इजरेलमा पनि यस्तै किसिमको व्यवस्था छ।

यसको कारण हो: प्राविधिक रूपमा दक्षिण कोरिया अझै पनि उत्तर कोरियासँग युद्धमा छ।

सन् १९५३ मा यी दुई मुलुकले युद्वविराम गर्ने सहमतिमा हस्ताक्षर गरेको भए पनि उनीहरूबीच अझै पनि तनावपूर्ण सम्बन्ध छ।

भविष्यमा हुन सक्ने युद्धलाई मध्यनजर गर्दै दुवैले ठूलो सैन्य सङ्ख्या कायम राखेका छन्।

गायकलाई फरक प्रावधान छ?

यस अघि के-पप गायकका लागि भनेर विशेष प्रावधान थिएन।

विदेशमा राष्ट्रको प्रतिष्ठा बढाउन खेलेको भूमिकाको कदर गर्दै शास्त्रीय सङ्गीतमा सक्रिय सङ्गीतकारले छुट पाउने गरेको भए पनि पप सङ्गीतमा लाग्नेका लागि भने अवस्था उस्तै थिएन ।

त्यस्तो सुविधा प्राप्त गर्न उनीहरूले सरकारी वेबसाइटमा सूचिकृत अन्तर्राष्ट्रिय साङ्गीतिक प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल हुनुपर्छ ।

दक्षिण कोरियामा सैन्य सेवा गरेका प्रख्यात व्यक्तिहरू समेत समस्यामा भने पर्न सक्छन्।

सन् २०१३ मा एक अभिनेत्रीसँग भेटेको तस्बिर सार्वजनिक भएपछि अर्का प्रसिद्ध के-पप गायक रेनले सैनिकको नियम तोडेको पाइएको थियो।

सेनामा आबद्ध युवासँग निकै कम समय हुन्छ र उनीहरू प्राय:जसो ब्यारेकमा सीमित हुन्छन्।

तर आधिकारिक रूपमा सेनाका रूपमा कार्यरत रहँदा प्रख्यात अभिनेत्री कीम टे-हीसँग प्रेम सम्बन्धमा रहेको विवरण स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि रेन कारबाहीमा परेका थिए।

ग्याङ्गनम स्टाइल बोलको गीत गाएर ख्याति कमाएका साईले सन् २००७ मा सरकारी सेवामा रहँदा लिएको वैकल्पिक कामका क्रममा लापरबाही गरेको भन्दै उनलाई पुनः सेनाको सक्रिय सेवामा आबद्ध गराइएको थियो।

के अन्य समूहले छुट पाएका छन्?

अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका खेलाडीहरूले पनि छुट पाउन सक्छन्।

ओलम्पिक्समा पदक थाप्न सफल वा एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताले छुट पाउन सक्छन्।

सन् २०१८ को एशियन गेम्स अन्तर्गतको फुटबल प्रतियोगितामा दक्षिण कोरियाले जापानलाई २-१ को अन्तरले जित्न सफल टोलीले नै सैन्य सेवामा जानु नपर्ने छुट पायो।

बीटीएसलाई के कुराले सहयोग गर्‍यो?

दक्षिण कोरियाको संसद्‌बाट पारित भएको नयाँ कानुनका अनुसार प्रख्यात व्यक्तिहरूले भर्ती हुने कार्य ३० वर्षको हुँदासम्म धकेल्न सक्छन्।

तर त्यसका लागि संस्कृतिसम्बन्धी मामिला हेर्ने मन्त्रालयले उनीहरूले ‘राष्ट्रिय प्रतिष्ठा बढाउने विषयमा उल्लेख्य योगदान गरेको’ ठहर गरेको हुनुपर्छ।

तर बीटीएसका सदस्यले विशेष व्यवहार खोजेका छैनन् र सधैँ आफू दायित्व पूरा गर्ने बताउँदै आएका छन्।

इ-टुडे नाम गरेको स्थानीय सञ्चारमाध्यमले गत महिना सार्वजनिक गरेको सर्वेक्षणका अनुसार ५३ प्रतिशत सहभागीले बीटीएसलाई दिइएको छुटको समर्थन गरेका छन् भने ४७ प्रतिशतले त्यसको विरोध गरेका छन्।

– बिबिसी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...