कोरियामा फेरि एक नेपालीले गरे आत्महत्या

दक्षिण कोरियामा फेरि एक नेपालीले आत्माहत्या गरेका छन् । आफ्नो दश बर्षे कार्यकाल सकेर घर फर्कन लगेका नेपालीले आजा (आइतबार) बिहान आत्महत्या गरेका हुन ।
स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोको सामसङ कम्पनीमा कार्यरत यज्ञ वहादुर बस्यालले आफु काम गर्दै आएको स्थानमा आत्महत्या गरेका हुन ।
४२ वर्षिया वस्याल कोरियामा कार्यकाल पूरा गरेर घर जाने सम्पुर्ण तयारीमा रहेको तर कोरोनाका कारण नेपाल जान रोकिएको उनका सहकर्मीले बताएका छन् ।
आज बिहान कम्पनीको रेस्टुरेन्ट(सिक्ताङ्ग)मा खाना खाएर निस्किएका बस्याल लगत्तै अफिसमा गई भित्रबाट ढोका लक गरी आत्महत्या गरेको सिसीटिभि फुटेजमा देखिएको कम्पनीमा कार्यरत सहकर्मीले जनाएको छ ।