तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
के तपाईं कोरियन एयर मार्फत यात्रा गर्दै हुनुहुन्छ ? तपाईंको तौल पनि मापन गरिने छ

दक्षिण कोरियाली हावाइ कम्पनी कोरियन एयरले आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरूको शरीरको तौल मापन गर्ने भएको छ । उसले हवाई सुरक्षालाई सुदृढ पार्न र अत्यधिक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्न यात्रुको तौल मापन गर्न लागिएको जनाएको छ । आन्तरिक उडानका यात्रुहरूको अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म तौल मापन गरिनेछ भने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई सेप्टेम्बर ८ देखि १९ गतेसम्म तौल मापन गर्न लगाइनेछ। तौल नाप्ने प्रक्रिया बोर्डिङ गेटहरूमा हुनेछ। यद्यपि प्रकृयामाफुर्सदमा
अगष्ट २७ मा राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन हुने

“हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामको लागी राप्ती समाजको एकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन यही अगष्ट २७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीबासी तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाजको पाँचौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएरफुर्सदमा
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमाफुर्सदमा
सेप्टेम्बर १७ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाको बाह्रौं अधिवेशन हुने

“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको क्षेत्रीय संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाको बाह्रौं अधिवेशन आउँदो सेप्टेम्बर १७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ । एघारौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।फुर्सदमा
राष्ट्रपति युनलाई पितृशोक

दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओललाई पितृशोक परेको छ । योन्सेई विश्वविद्यालयका प्राध्यापक समेत रहेका एमेरिटस युन की-जुङको मंगलबार निधन भएको हो । उनी ९२ वर्षका थिए । राष्ट्रपति कार्यालयका अनुसार वरिष्ठ युनलाई हालै वृद्धावस्थासँग सम्बन्धित रोगका कारण सियोल नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो। सेभरेन्स अस्पतालमा बिहीबारसम्म तीन दिनका लागि श्रद्धाञ्जलीका लागि राखिएको जनाएको छ ।
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले अगष्ट २० मा अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजले आउँदो यही अगष्ट २० तारिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । गत वर्ष अर्थात् सन् २०२२ मा स्थापना भएको समाजले स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दिउँसो १२ बजेदेखि शुरु हुने गरी सउल दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो । आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेकोफुर्सदमा
तमू धीं दक्षिण कोरिया दशौँ कार्यसमितिको पहिलो बृहत बैठक सम्पन्न

सबनम गुरुङ,१४ अगष्ट, २०२३, दक्षिण कोरिया गत आईतबार कोरियावासी तमूहरुको साझा संस्था तमू धीं दक्षिण कोरियाको दशौं कार्यसमितिको पहिलो बृहत् बैठक सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङको सभापतित्व, संस्थाका संरक्षक परिषद संयोजक भिम गुरुङको प्रमुख अतिथित्यतामा सम्पन्न भएको आजको बैठककमा दशौँ कार्यसमितिको मनोनयनमा गरेको संरक्षक परिषद, सल्लाहकार समितिका सदस्यहरु, विभिन्न विभागीय संयोजक, उपसंयोजकहरु सम्पूर्णलाई अतिथिका रुपमा आसन ग्रहणसँगै कार्यसमितिको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम गरिएकोफुर्सदमा
२०२३ छुसकमा हुने आँधीखोला सांगीतिक सौगात-६ को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रमको गत आइतबार सउलमा सो पत्रकार सम्मेलन गरिएको हो । संस्थाको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ संयोजक रहने गरी मूल आयोजक समिति गठन गरेकोफुर्सदमा
दक्षिण कोरियामा २९ औं तामाङ प्रसारण दिवस विशेष कार्यक्रम सम्पन्न

तामाङ पत्रकार संघ दक्षिण कोरियाले २९ औं तामाङ प्रसारण दिवसका अवसरमा ‘अनुभव बोलाबा थेन ज्याबाम्हान्बा फूल्बा गेताङ’ अनुभव तथा शुभकामना आदानप्रदान गर्दै शनिबार जूम भर्च्युअलमार्फत मनाएको छ । वि.सं. २०५१ साल भदौ १ गते बिधुतीय सञ्चारमाध्याम रेडियो नेपालमा तामाङ भाषाबाट तामाङ तामसोर (समाचार) प्रसारण भएको ऐतिहासिक दिनलाई वि.सं. २०६१ सालमा तामाङ समुदायको सञ्चारकर्मीहरूले स्थापना गरेको तामाङ सञ्चार समूह अहिलेको तामाङ पत्रकार संघले तामाङ प्रसारण दिवसका रूपमा मनाउन थालिएको हो ।फुर्सदमा
दक्षिण कोरियाबाट क्यान्सर पिडित पूजालाई दुई लाख रुपैयाँ सहयोग

स्याङ्जा जिल्लाको फेदीखोला -२, निवासी क्यान्सर बिरामी पूजा अधिकारी कार्कीलाई कोरियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । भारतको दिल्लीमा रहेको डा.बि.आर. अम्बेडकर रोटरी क्यान्सर अस्पतालमा उपचारार्थ रहेकी निजको आर्थिक अवस्था कमजोर रहेकोले कोरियामा कार्यरत रहेका भोज बहादुर थापाको विशेष पहलमा सङ्कलित रकम १९ लाख, ६९ हजार, १ सय ३९ कोरियन वोन अर्थात २ लाख, १ हजार, ५ सय रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो । हाल कोरियामा कार्यरत स्याङ्जा फेदीखोलाफुर्सदमा