Advertisement
SKIP THIS

सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने


कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक “तीज कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो ।

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।

“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखाहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा विस्तार गरिसकेको सन्दर्भ उल्लेख गर्दै विभिन्न परोपकारी र सामाजिक कार्यमा संस्था अग्रसर भइरहेको सचिव ई. भरत सुवेदीले बताए ।

कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको तीज कार्यक्रम २०२३ सभ्य र भब्य रुपमा सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२३ सेप्टेम्बर १०, आइतबार
समय : दिनको बिहान १०:०० बजे
स्थान : होटल अन्नपूर्ण सान, सउल दोङदेमुन (गेट नम्बर ३ बाट निस्केर नोङ्अप बैंकको अपोजिट साईड)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...