Advertisement
SKIP THIS

कोरियाको छुसकमा हुने “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोष्टर सार्वजनिक अगष्ट २७ मा हुने


कोरियाको महान् पर्व छुसक २०२३ को अवसर पारेर सुर्खेत समाजले आयोजना गर्न लागेको “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्वजनिक तथा चियापान कार्यक्रम यही अगष्ट २७ मा हुने भएको छ । सउल दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा बिहान १० बजेदेखि शुरु हुने गरि सो कार्यक्रम आयोजना गरिएको हो ।

सन् २०२० मा स्थापना भएको प्रादेशिक समाज कर्णाली प्रदेश दक्षिण कोरियाको मातहतमा रहेका १० जिल्ला अन्तर्गतको सुर्खेत समाजको पहिलो बृहत् सांगीतिक कार्यक्रमको उद्धेश्य र विभिन्न विधाका चर्चित कलाकारहरुको नामावली, कार्यक्रम स्थल लगायतको जानकारी दिने गरी सो कार्यक्रमको आयोजना गरिएको सुर्खेत समाजका अध्यक्ष पुष्कर बुढाथोकीले जानकारी दिए । कर्णाली प्रदेशले अभिभावकत्व प्रदान गरिरहेको क्षेत्रिय संस्थाहरु मध्येको पहिलो सांगीतिक कार्यक्रम रहेको र कर्णाली जिल्लाभित्रका मात्र नभएर अन्य क्षेत्रीय, जातीय संघसंस्थाहरुको ब्यापक सहयोग रहेको कर्णाली प्रदेश समाजका अध्यक्ष गणेश कोईरालाले जिकिर गरे ।

सुर्खेत जिल्लामा पर्ने एतिहासिक पृष्ठभूमि र विश्व सम्पदा सूचीमा सिफारिस भएको पर्यटकीय स्थल “काँक्रेविहार” नामबाट बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्दै गरेको परिप्रेक्ष्यमा पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्रलाई आम जनता सामु चिनाउने अवसर उल्लेख गर्दै कार्यक्रमको मूल उद्धेश्य सेल्टर व्यवस्थापन तथा आपतकालीन राहतकोष सहयोगार्थ रहेको सन्दर्भ सुर्खेत समाज दक्षिण कोरियाका महासचिव रुपक केसीले स्पष्ट पारे ।

कर्णाली प्रदेश दक्षिण कोरियाले आयोजना गरेको उक्त सुर्खेत समाज दक्षिण कोरियाद्धारा आयोजित “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम उपस्थित भई कार्यक्रम सफल बनाईदिनुहुन कोरियावासी सम्पूर्ण संघसंस्था, पत्रकार, अग्रज, बुद्धिजीवी, मजदुर, व्यवसायी, विद्यार्थी लगायत सम्पूर्ण महानुभावहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२३ अगष्ट २७, आइतबार
समय : बिहान ठिक १०:०० बजे
स्थान : नेपाल थाई रेष्टुेन्टको सभाहल, सउल दोङ्देमुन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...