Bala Rai
बाग्लुङ समाज गजेदो गठन

बाग्लुङ घर भइ हाल दक्षिण कोरियाको गजेदो छेत्रमा कार्यरत नेपालिहरुले बाग्लुङ समाज गजेदो गठन गरेका छन । गत १६ तारिख आइतबार बसेको भेलाले तुलसिराम पौडेलको सन्योजकत्वमा ११ सदस्यिय प्रारम्भिक तदर्थ समिती गठन गरेको हो । भेलामा त्यस छेत्रमा रहेका बाग्लुङ जिल्ला घर भइ हाल कार्यरत नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । नबगठित तदर्थ समितिमा भुमिराज सापकोटा अध्यक्ष, तुलसिराम पौडेल उपाध्यक्ष , टिकाराम उपाध्याय सचिव , भरत थापा सह- सचिव, खगराज शर्मा कोषाध्यक्ष र नर बहादुर राना , गणेश मल्ल, उमेश आचार्य,राम बहादुर नेपाली , बिष्णु सुवेदी र सन्तोष न्यौपानेफुर्सदमा
सेरोगेसी कविता र बिसे नगर्चीसँग–त्यो रात !

मध्यान्हदेखि सिमसिमे झरी रोकिएको छैन । बर्षातले कोरिया सोल भिजाईरहेछ । भित्तेघडीले आठ बजेको देखाउँछ । सोल, दोङ्देमुनको एक साँघुरो नेपाली रेष्टुराँ ! भित्तामा साहित्य साँझ लेखिएको व्यानर अघि नै झुण्ड्याईएको छ । दिनभरिको कामको थकान अनुहारभरि बोकेका अल्लारे यूवाहरु बाक्लिदै जान्छन् । केही जोडीहरु कुनामा गफिरहेका छन । केही मानिसहरु जलपान, नास्ता गरेर बाहिरिदैछन् । यत्तिकैमा बिसे नगर्चीको बयान दिने कवि, प्राज्ञ श्रवण मुकारुङ भित्रन्छन् । उनका साथमा देखा पर्छन, आख्यानकार–रत्नमणि नेपाल ! र, केही कोरियन कविहरु । विस्तारै माहौल साहित्यमय हुन थाल्छ । असारसँग जोडिएर सुरुआतमै केही भद्धाफुर्सदमा
एन आर एन कोरियाको अध्यक्ष पदमा ओम नारायण जुग्जाली मगरको उमेद्वारी घोषणा

सोल, गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि सेप्टेम्बर १० तारिख हुन गइ रहेको छ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् । जुग्जाली मोना अन्तराष्ट्रिय समितिको सहकोषाध्यक्ष, मोना कोरियाको सल्लाहकार, नेपाल मगर संघ कोरियाको सल्लाहकार ,कास्की परिवारको सल्लाहकार तथा मेची महाकाली युनाइटेडका सल्लाहकार पनि हुन् । जुग्जाली बिगत १२ बर्ष देखि सफल ब्यवसाहीका रुपमा पनिफुर्सदमा
विविध साँस्कृतिक कार्यक्रम सहित वरिष्ठ लोक गायक नारायण रायमाझीलाई न्युयोर्कमा सम्मान

न्युयोर्क, वरिष्ठ लोक गायक तथा सँगीतकार नारायण रायमाझीको सम्मानमा न्युयोर्कमा ‘विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७’ आयोजना गरियो। कलाकार तथा खेलाडीहरुद्वारा आयोजित उक्त कार्यक्रम न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुगको हलमा यहिं जुलाई १५ तारिक शनिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, सिर्जना बिरही थापा, मीन केसी, बिमल डाँगी, उदय भट्टराई, न्हुच्छे डँगोल, मधुर गिरी, सरीता डाँगी, अमृत रमदम मधुर गिरी लगायतको बेजोड प्रस्तुती, लाईभ दोहोरी तथा लोकगीतका साथै अन्य विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु गरेका थिए । नृत्याङ्गाना अणु खड्का र निलिसा गौतमले प्रस्तुत गरेका नृत्यबाट पनि खचाखच हलफुर्सदमा
नेपालका चर्चित राष्ट्रिय खेलाडीको आतिथ्यतामा कोरियामा सर्वाधिक पुरस्कार राशिको ‘नेपाल कप’ फुटबल आयोजना हुने

सोल, नेपाली युवाहरुको रोजगारीको आकर्षक प्रवासी मुलुक दक्षिण कोरियामा नेपाली फुटबल क्लब बिचको फुटबल प्रतियोगिताहरु मध्ये अहिले सम्मकै सर्वाधिक लोकप्रिय र ठुलो धनराशि पुरस्कार भएको ‘नेपाल कप’ फुटबल आयोजना हुने भएको छ । कोरियन पर्व छुसकको अवसर पारेर नेपाल मगर संघ दक्षिण कोरियाल अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिको ूनेपाल कपूफुटबल आयोजना गर्न लागेको हो । नेपाली समाज, खेलकुद लगायत बिभिन्न सामाजिक क्रियाकलापमा अग्रणी भुमिका निभाउदै आएको नेपाल मगर संघ दक्षिण कोरियाले अक्टोवर ५ तारिकका दिन उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । पछिल्लो चरणमा कोरियामा नेपाली समुदाय बीच फुटबल प्रतियोगिताफुर्सदमा
प्रथम खप्तड कपको उपाधी लमजुङलाई

सोल, सुदुरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा भएको प्रथम खप्तड कप फुटबल प्रतियोगिताको उपाधी लमजुङ एफसीले उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा मगर एफसीलाई शुन्यको विरुद्ध एक गोलले पछि पार्दै लमजुङ एफसी उपाधी रक्षा गर्न सफल भएको हो । खेलको सुरुवातीमै लमजुङ एफसीका कप्तान रमेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीबाटै थुप्रै प्रहार भए पनि गोल हुन नसकेपछी मगर एफसी उपविजेतामा चित्त बुझाउन बाध्य रह्यो । सेमिफाइनलमा लमजुङ एफसीले मनाङ एफसीलाई पेनाल्टी सुटमा र मगर एफसीले धरान एफसीलाई पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेकाफुर्सदमा
कवि श्रवण मुकारुङ र रत्नमणि नेपाललाई कोरियामा सम्मान

सौल, दक्षिण कोरिया दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको गतिबिधी गर्ने पाँच संस्थाले कवि श्रवण मुकारुङ र कथाकार रत्नमणि नेपाललाई संयुक्त रुपमा एक साहित्यिक कार्यक्रम गरी अभिनन्दन तथा सम्मान गरेका छन्। अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टर, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज र नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले संयुक्त रुपमा कविद्वयलाई अभिनन्दन तथा सम्मान गरको हो। दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टमा शनिबार साँझ गरीएको उक्त कार्यक्रममा कोरियन कविहरू छंदेगी, ईजेवान, ईखिजु ‘मुना’ को पनि उपस्थिति रहेको थियो। पानसमा बत्ति बाल्नुका साथै राष्ट्रिय गीत गायनबाट सुरु भएको कार्यक्रममाफुर्सदमा
हजार हजारको नोट अा’को छ

-कविता नेपालमा भोट सकियो रे! अाश्वानको बोट सकियो रे!! हजार हजार नोट सकियो रे!!! नारा जुलुस चर्किन्छ! सत्ता अब कता फर्किन्छ!! घाम लाग्छ कि पानी दर्किन्छ!!! जनता अलमल्ल! जित्नेको जिन्दगी झलमल!! मतगणना जारी! कस्को पल्ला भारी!! उस्कै बढ्छ जिम्मेवारी!!! जिम्मा पाउला काम गर्ला नगर्ला! बिकासको गति अघि सर्ला नसर्ला!! त्यो त भोलीको कुरा हो! बन्दुकको गोलीको कुरा हो!! बन्दुक को गोली उछिट्टीए पछि भेट्न गाह्रो पो हुन्छ होे कठै त्यसरी नै नेताहरु हराए भने अर्को भोटफुर्सदमा
कोरियामा फरक किसिमको समाज सेवामा जुटेकी लक्ष्मी

कोरियाको ब्यस्त समयको बाबजुद पनि समय निकालेर समाजसेवा गर्नु भनेको त्यति सजिलो छैन । मुखले गफ गरेर मात्र हुदैन फिल्डमै गएर काम गर्नु फलामको चिउरा चपाए सरि नै हो । समाज सेवा गर्नु पनि स्वार्थकै लागि हो, नाम कै लागि, सस्तो प्रचारको लागि हो भनेर आलोचना गर्नेको पनि कमि छैन । सहयोग गरेर पनि हुदैन नगरेर पनि हुदैन । जस भन्ने पटकै पाईदैन तर पनि समाजमा एकले अर्को व्यक्तिलाई मद्दत गरिनै राखेका हुन्छन । यस्तै फरक किसिमका कामहरु गरेर छुट्टै पहिचान बनाएका समाज सेबी हुन् एन आर एन कोरियाका उपाध्यक्ष लक्ष्मीफुर्सदमा
न्यूयोर्कमा तेस्रो पटक ट्राभेलिङ किम्फ, पाँच वृत्तचित्र प्रदर्शन

पाँच वटा फरक किसीमका मौलिक कथावस्तुमा आधारित वृत्तचित्र देखाउदै काठमाण्डौ माउन्टेन फिल्म फेष्टिबल, घुम्ती किम्फ न्यूयोर्कमा यही जुलाइ ८ तारीक सम्पन्न भयो । हिमाल एशोसिएन, नेपालको आयोजना र न्यूयोर्कमा प्रकाशन हुने एभरेष्ट टाइम्स् पत्रिकाको सह-आयोजनामा तेस्रो पटक न्युयोर्कमा घुम्ती किम्फको देखाईएको हो । सन् २०१५ मा घुम्ती किम्फको अन्तराष्ट्रिय संस्करण हङकङबाट शुरु गरिए यता न्युयोर्कमा पनि हरेक बर्ष सह-आयोजना गर्दै आएको एभरेष्ट टाईम्सले जनाएको छ । घुम्ती किम्फ मार्फत नेपाली जनजीवन तथा मौलिक कला संस्कृतिमा आधारित रहेर बनाईएका वृत्तचित्रले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानिय आयोजक सँस्थाका आङछिरिङ शेर्पाले बताए । उनका अनुसार यो पटकको घुम्ती किम्फ प्रदर्शनीबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु स्थित एक विद्यालयलाई सहयोग गरिने छ । बिगत बर्षहरुमा आयोजित घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चाँगेस्थान माध्यमिक विद्यालय केरुङ र सल्लेरीको सेर्गा वागाम प्राथमिक विद्यालयलाई सहयोग प्रदान गरिएको थियो । घुम्ती किम्फको तेस्रो संस्करणमा पत्रकार देवकी विष्टको ‘इन सर्च अफ देउकी‘, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेले ‘वियोण्ड द हृवाइटक्यान‘, ज्योति केशरसिंह ठकुरीको ‘भुषको लोग्ने‘, घनश्याम खतिवडाको ‘बाह्रखरी लौरो‘ र रघुवर नेपाल र शिवशरण कोइरालाकेा ‘मेला‘ प्रदर्शन भए । ‘इन सर्च अफ देउकी’मा विगतमा सुदुर पश्चिममा बिद्यामान देउकी प्रथा लगायत मन्दिरमा चढाइएका देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन भन्ने बिषयलाई उठान गरिएको छ । कानुनले देउकी प्रथालाई हटाए पनि समाजमा यो प्रथा अझै लुकीछिपी प्रचलनमा रहेको कुरा यो वृत्तचित्रले देखाएको छ । दृष्टिविहिनको संघर्ष र आत्मनिर्भरताको कुरालाई वृत्तचित्र ‘वियोण्ड द हृवाइट क्यान’मा समेटिएको छ । दृष्टिबिहीन भए पनि अरु सपांग जस्तै आफनो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले निकै मन छोएको सहभागीहरुले बताए । महिलाको पाठेघर खस्ने समस्यालाई ‘भुसको लोग्ने’ मार्फत ज्योती केशरसिंह ठकुरीले देखाएको छ । यसमा रोग लुकाएर बसेमा जटिल समस्या निम्तने तर्फ सचेत गराउँदै बेलैमा उपचार गर्न सुझाव दिएको छ । अपांगता भएर पनि एक शिक्षकले शिक्षाको ज्योति फैल्याउनका लागि गरेको योगदान र उनको क्षमताको बारेमा निर्मित वृत्तचित्र ‘बाह्रखरी लौरो’ले शिक्षाको ज्योति फैल्याउँनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिक्कै सक्षम र सफल हुन्छन् भन्ने सकारात्मक सन्देश दिएको छ । त्यस्तै, जम्मा आठ मिनेटको ‘मेला’ वृत्तचित्रमा चाही बारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलामा हुने पशुवलीको बारेमा कलात्मक तरीकाले देखाइएको छ । हजारौफुर्सदमा