Advertisement
SKIP THIS

कवि श्रवण मुकारुङ र रत्नमणि नेपाललाई कोरियामा सम्मान


सौल, दक्षिण कोरिया
दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको गतिबिधी गर्ने पाँच संस्थाले कवि श्रवण मुकारुङ र कथाकार रत्नमणि नेपाललाई संयुक्त रुपमा एक साहित्यिक कार्यक्रम गरी अभिनन्दन तथा सम्मान गरेका छन्। अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टर, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज र नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले संयुक्त रुपमा कविद्वयलाई अभिनन्दन तथा सम्मान गरको हो।

दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टमा शनिबार साँझ गरीएको उक्त कार्यक्रममा कोरियन कविहरू छंदेगी, ईजेवान, ईखिजु ‘मुना’ को पनि उपस्थिति रहेको थियो। पानसमा बत्ति बाल्नुका साथै राष्ट्रिय गीत गायनबाट सुरु भएको कार्यक्रममा नेवाली कविताको विषयमा अन्तरक्रिया पनि गरीएको थियो।

कार्यक्रममा नेपाली कविताको वर्तमान अवस्था हिजो आज र भोलि नामक सन्दर्भमा कवि यल्जी विवशले अन्तरक्रिया गरेका थिए। अन्तरक्रिया कार्यक्रममा बोल्दै कवि मुकारुङले साहित्य र राजनीति एक अर्काको पुरक हुनुका साथै अत्यन्तै घनिष्ठ सम्बन्ध भएको बताउँदै कवि मुकारुङले थपे, ‘राजनीति हरेक ठाउँमा हुने र साहित्यकार कविहरूले त्यो चेतका साथ लेख्न सकेमात्रै साहित्य सृजना सफल हुन्छ।’

कथाकार तथा प्राध्यापक रत्नमणि नेपालले पनि, कवि मुकारुङकै भनाईलाई साथ दिँदै, हरेक राजनीतिक आन्दोलन सँगै कविहरूका कविता पनि प्रखर रुपमा बाहिर आउने मात्र नभई कविलाई स्थापित गराउने कार्यपनि भएकाले राजनीतिसँग साहित्यको गहिरो सम्बन्ध हुने बताए।

उक्त कार्यक्रमका संयोजक जीवन खत्री, सभापति तथा अनेसास कोरिया च्याप्टरका अध्यक्ष्य क्रिस गुल्मेलीबाबु, नेसास कोरियाका अध्यक्ष्य यल्जी विवस, अनलाईन वेभ टिभीका अध्यक्ष्य उमेश सेरालुङले कार्यक्रमको बारेमा आ(आफ्ना धारणा राखेका थिए। त्यस्तै इतर आवाजका तर्फबाट पराजित पोमु र नेपाल मुक्तक प्रतिष्ठान कोरिया च्याप्टरका तर्फबाट भोजराज जैशीलेपनि कार्यक्रमका मन्तव्य व्यक्त गरेका थिए।

कवि मुकारुङ तथा कथाकार नेपालको सम्मानमा आयोजित उक्त कार्यक्रममा कवि जीवन खत्री, सरोज सर्वहारा, निर्गराज राई, सुष्मा राई, पूर्वेली गाउँले, गंगा बस्नेत, गोपीकृष्ण लामिछाने लगायतले कविता गजल मुक्तक वाचन गरेका थिए। राती अबेरसम्म चलेको उक्त कार्यक्रममा आयोजकका तर्फबाट रात्रीभोजको समेत ब्यबस्था गरीएको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...