Advertisement
SKIP THIS

Bala Rai

 

सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलका प्रतियोगि सागर आले र सुरज थापा कोरिया आउदै

कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्थाले साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने भएका छन् । कोरियाको राजधानी सौल र दोस्रो ठुलो शहर बुसानमा विभिन्न सांगीतक कार्यक्रम हुने क्रममा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले पनि सौलमा सुपादेउराली सांगीतिक सौगात भाग १ गर्ने भएको छ । लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र अर्का प्रतियोगि सुरज थापा कोरिया आउनेफुर्सदमा


कोरियाको छाङवनमा हुने माम्फका लागि नेपालबाट लोकदोहोरी गायक रामजी खाँड र देवी घर्ती आउदै

छाङवन, हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) को लागि नेपालको तर्फबाट तिब्र तयारी भइरहेको छ ।  घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा यहि सेक्टेम्बर २९ तारिख शुक्रबारदेखी अक्टोबर १ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट ख्यातीप्राप्त लोक दोहोरी गायक रामजी खाँड र देवी घर्ती  मगर आउने आयोजकले जनाएको छ । ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हुन लागेको तीन दिने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेलामा नेपाल,  बंगलादेश, श्रीलंका, भियतनाम, चीन, कम्बोडिया, फिलिपिन, थाइल्याण्ड, इन्डोनेशिया, पाकिस्तान, उजबेकिस्तान, मंगोललगायतका विभिन्न मुलुकहरुको सहभागिता रहने छ । महोत्सव अवधिभर विभिन्न मुलुकको कला, संस्कृति, भेषभूषासहितकोफुर्सदमा


कोरियामा RAPPER VTEN र DJ Rachel को सांगीतिक प्रस्तुति हुँदै

चुरोट- RAPPER VTEN र  DJ Rachel ले कोरियामा सांगीतिक प्रस्तुति दिने भएका छन् । कोरियाको महान चाड छुसकको अवसरमा  कोरियामा सबै भन्दा पहिले डान्स पार्टीको शुरुवात गरि अाजसम्म निरन्तरता दिंदै अाएका युवाहरुको समूह Nepz Party Rockers In Korea – N:PRIK  ले २४ औं पटक नाचन ठुली ३ नामक पार्टीको आयोजना गर्ने भएको छ । अक्टोबर ५ तारिख सौलमा उक्त कार्यक्रम बिरामी साथीको उपचारका लागि कार्यक्रमको आयोजना गर्न लागेको हो । स्टेजमा भिटेन नामले चिनिने र्यापर समीर घिसिङ नेपाली हिपअप क्षेत्रमा चिनिएका कलाकार हुन् । सानैदेखि र्याप गर्दै अाएका vten चुरोटै चुरोटफुर्सदमा


दिपावली साँझ मनाउन नेपाल आइडल टप ४ सागर आले कोरिया आउदै

कोरियाको महान चाड छुसकमा यस पटक पनि कोरियामा थुप्रै सांगीतिक कार्यक्रमहरु हुँदै छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले कोरियाको विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु गर्ने क्रममा नेपालबाट थुप्रै ख्यातीप्राप्त कलाकारहरु कोरिया आउने भएका छन् । जसमध्ये दक्षिण कोरियाको दोस्रो ठुलो शहर बुसानमा पनि आगामि अक्टोबर ३ तारिख दिपावली साँझ कार्यक्रमको आयोजना हुने भएको छ । ‘सामाजिक सद्भाव र बृहत नेपाली एकता आजको आवश्यकता’ भन्ने नाराका साथ आपतकालिन राहत कोष स्थापनार्थ नेपाल आदिवासी जनजाती महासँघ बुसान शाखाले ‘दिपावली साँझ’ कार्यक्रमको आयोजना गर्ने भएको हो । कोरियाको मुख्य पर्व छुसकको अवसर पारेर छुसकको पहिलो दिनफुर्सदमा


कृष्णभक्तको ‘पश्ताचाप’ सार्वजनिक

‘पश्ताचापको हुरी चल्छ जव तिमी रिसाउदा मायालु ति मुस्कानमा आँसु थोरै मिसाउदा..’ कोरियामा कार्यरत हेमन्त माबोको शब्द कृष्णकुमार राईको संगीतमा गायक कृष्णभक्त राईको स्वर रहेको गीत ‘पश्चाताप’ सार्वजनिक भएको छ । कला र सृजनालाई जस्तो सुकै व्यस्तता या अप्ठ्याराहरुले रोक्न सक्दैन भन्ने उदाहरण बन्दै आएका केही सिर्जनशिल युवाहरु मध्येका युवा गीतकार हेमन्त माबोको शब्द र कृष्ण कुमार राईको संगीतमा गायक कृष्णझ राईले स्वर दिएका छन् । दक्षिण कोरियामा कार्यरत सिर्जनशिल प्रतिभाका धनी कृष्ण कुमार राई र हेमन्त माबो कोरियामा भेटेर नेपाली संगीत क्षेत्रमा केहि आफ्नो सृजना पस्कने साहस गरेका छन् ।फुर्सदमा


यो कस्तो बाध्यता?

कविता/ थाहा छ ! यी जुनकिरीहरु अध्यारोमा मात्र चम्किने हुन्। तर, यिनै जुनकिरीहरुलाई दिपज्योति जस्तै , स्विकार गरी दिनु पर्ने यो कस्तो बाध्यता ? थाहा छ ! यि भ्यागुताहरु बर्षायाममा मात्र कराउने हुन्। तर, यिनै भ्यागुताको कर्कस ट्वार ट्वारहरुलाई सातै सुर मानी दिनु पर्ने यो कस्तो बाध्यता? थाहा छ ! यि इन्द्रेणीहरु घाम पानीमा देखिने दृष्टीभ्रम मात्र हुन् । तर, यिनै इन्द्रेणीहरुलाई जिवनका रंगहरु सोचि दिनु पर्ने यो कस्तो बाध्यता?


एनआरएन कोरिया, छैटौ राष्ट्रिय महाअधिबेसनको निर्वाचन कार्यतालिका तथा नियमावली प्रकाशित

गैर आवासीय नेपाली संघ दक्षिण कोरिया(एनआरएन)ले यहि सेक्टेम्बर ९ र १० मा हुन लागेको छैंटौं राष्ट्रिय महाधिबेसनको निर्वाचन सम्वन्धि कार्यतालिका तथा नियमावली प्रकाशन गरेको छ ।  छैंटौं महाधिबेसनको निर्वाचन प्रक्रियालाई निष्पक्ष र विवादरहित वातावरणमा सम्पन्न गराउने उदेश्यका साथ गत अगस्ट ८मा गैर आवासिय नेपाली संघ कोरियाको कार्यसमितिद्धारा गठित निर्वाचन समितिले संशोधित २००६ को परिछेद ८ धारा १८ को दफा २४ले निर्वाचन समितिलाई प्रतायोजन गरेको अधिकारलाइ प्रयोग गरि तयार पार्नुका साथै गैर-आवाशीय नेपाली संघ कोरियाको संसोधित विधान २०१५ का आधारमा तयार पारिएको  हो । के पी सिटौलाको संयोजकत्वमा नौजना सदस्यसहित गठनफुर्सदमा


नयाँ शक्ति कोरिया फुट्ने क्रम जारी, राजु श्री र पेम साङ्बो शेर्पाद्वारा पार्टी परित्यागको घोषणा

नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् । INS कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको  बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले जानकारी दिए । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएकाफुर्सदमा


छुसकमा सिरिजंगा सांगीतिक सौगात हुदै

कोरियाको महान पर्व छुसककोअवसर पारेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले  सिरिजंगा सांगीतिक सौगात भाग ४ कार्यक्रमको आयोजना गर्ने भएको छ । गत सेक्टेम्बर ३ तारिख नेपाल आदिवासी जनजाती महासंघ कोरियाले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्दा कार्यक्रम गर्ने पाले चुम्लुङले पाएको हो । ऐतिहासिक हिलिहाङ दरबारको संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको उपस्थिति रहने भएको छ । उक्त सांगीतिक सौगात कार्यक्रमका लागि नेपालबाट अहिलेका सुप्रसिद्ध हाँस्य कलाकार बुद्धी तामाङ, हट लोकदोहोरी गायिक ज्योति थापा मगर आधुनिक गायक कुशल थलंग, नेपाल आइडलकी प्रतियोगि गायिका प्रमिलाफुर्सदमा


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बाढी पीडितका लागि संकलन गरिएको आर्थिक सहयोग रकम झन्डै बाह्र लाख वन ( एघार लाख बयानब्बे हजार तीन सय तेत्तीस )नेपाली रुपैयाँ एक लाख छ हजार नौ सय अठ्तिस रुपैयाँ  हस्तान्तरण गरेको छ । उक्त रकम न्युज24 टेलिभिजन र जनता बैंक द्वारा तराईको बाढी प्रभावित स्थानमा आवास निर्माणार्थ चलाइएको  महाअभियानमा सहयोग गर्नेगरि रबि लामिछानेद्वारा  संचालित लोकप्रिय कार्यक्रम  “सिधा कुरा जनता सगँ”  मार्फत हस्तान्तरण गरेको हो । संस्थाका कार्यकारी अध्यक्ष सानू लामाले यस अभियानमा  सहयोगी हातहरु बढाउनु भएकोमा सम्पुर्ण कोरियाबासी काभ्रेली एवं गैर काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आभारफुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...