नयाँ शक्ति कोरिया फुट्ने क्रम जारी, राजु श्री र पेम साङ्बो शेर्पाद्वारा पार्टी परित्यागको घोषणा


नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् ।

INS कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको  बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएका श्री र शेर्पा संगठनभित्र प्रभावशाली ब्यक्तिका रुपमा मानिन्थे । शेर्पा आर्थिक बिभाग प्रमुख तथा ५ नम्बर क्षेत्रको क्षेत्रीय इन्जार्ज समेत रहिसकेका थिए । आर्थिक बिभाग प्रमुख रहदा संगठन भित्र मितब्ययिता अपनाएर शेर्पाले आर्थिक रुपमा संगठनलाई बलियो बनाएका थिए भने राजनीतिक बैचारिक रुपमा दख्खल राख्ने राजु श्री ३ नम्बर क्षेत्रको क्षेत्रीय इन्चार्ज, संगठन बिभाग प्रमुख, प्रचार प्रसार बिभाग प्रमुख हुदै प्रबास प्रादेशिक सदस्यसमेत थिए ।

INS कोरियाको प्रथम अधिबेशनदेखि संगठनको रफ्तारमा गिरावट आउदै गएको र उहाहरु सहित धेरै  साथिहरु पनि निष्क्रिय बन्दै गएका उनिहरु निकटका एक पदाधिकारी ले बताए ।

यसै सन्दर्भमा कुरा गर्दा शेर्पाले सिङ्गो पार्टी र संगठन भित्र बिचार र निस्ठाको राजनितिक अन्त्य जस्तै रहेको बताए । साथै पार्टी भित्र नाताबाद र कृपाबादले जरा गाड्दै कामको मुल्यांकन शुन्य रहेको बताए ।

INS कोरिया बाट बाहिरिएर धुर्बिकरण अभियानमा
राजु श्रीले  आफू छलफलमा रहेको बताउदै ‘परिबर्तनका शुत्रधारहरुमा धुर्बिकरण मात्र हैन चुनवाङ दोहोरिन आबश्यक छ भन्दै घुमाउरो कुरा  गरे  भने अन्य समसामयिक जिज्ञासा हरुमा उनी खासै खुल्न मानेनन् ।

पत्रकारिता, राजनीती र साहित्य लेखनमा दख्खल राख्ने श्री संगठन निर्माणमा कुशल भुमिका निभाउन सक्ने खुबी भएका ब्यक्तिका रुपमा रहेको एक पदाधिकारीले बताए ।

स्मरण रहोस नयाँ शक्ति कोरियामा पहिला पनि सचिबालय सदस्य तथा केन्द्रिय  सचिब महेन्द्र पोख्रेल, केन्द्रिय सदस्य बैरागी माइला , सचिबालय सदस्य दिपेन किराँती लगायत केही कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...