कोरियाको छाङवनमा हुने माम्फका लागि नेपालबाट लोकदोहोरी गायक रामजी खाँड र देवी घर्ती आउदै


छाङवन, हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) को लागि नेपालको तर्फबाट तिब्र तयारी भइरहेको छ ।  घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा यहि सेक्टेम्बर २९ तारिख शुक्रबारदेखी अक्टोबर १ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट ख्यातीप्राप्त लोक दोहोरी गायक रामजी खाँड र देवी घर्ती  मगर आउने आयोजकले जनाएको छ ।

ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हुन लागेको तीन दिने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेलामा नेपाल,  बंगलादेश, श्रीलंका, भियतनाम, चीन, कम्बोडिया, फिलिपिन, थाइल्याण्ड, इन्डोनेशिया, पाकिस्तान, उजबेकिस्तान, मंगोललगायतका विभिन्न मुलुकहरुको सहभागिता रहने छ । महोत्सव अवधिभर विभिन्न मुलुकको कला, संस्कृति, भेषभूषासहितको पहिचान झल्कने सामग्री प्रदर्शन गरिनुकासाथै विभिन्न गीतसंगीत प्रतियोगिता तथा खेलहरु पनि प्रस्तुत गरिने छ ।

महोत्सवमा यसपटक नेपालको तर्फबाट विशेष आकर्षकको रुपमा रहेको छ लोकदोहोरी प्रतियोगिता । उत्कृष्ठ हुने पहिलो र दोस्रो समूहलाई विशेष नगद पुरस्कारको समेत व्यवस्था गरिएको उक्त दोहोरी प्रतियोगितामा सहभागी हुन इच्छुक हरुले आफ्नो पाँच पाँच जनाको समूह बनाइ नाम टिपाउनुपर्ने आयोजक मध्येका एक किम्हे माइग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार महोत्सवको अन्तिम दिन आइतबार हुने बहुसाँस्कृतिक परेडमा यो वर्ष नेवारी संस्कृतिभित्र पर्ने लाखे नाच प्रदर्शन गरिने छ । ‘अघिल्लो वर्ष किरात राईहरुको साकेला प्रस्तुत गरेका थियौं यो वर्ष लाखे जात्रा प्रस्तुत गर्ने छौं’, कार्यक्रमको बारेमा जानकारी दिदै आयोजक मध्येका सुवेदीले फोनिज कोरियालाई भन्नुभयो । लाखे नाच जान्ने कोही नेपाली भए तुरुन्त सम्पर्क गर्न पनि उहाँले आग्रह गर्दै २४ तारिख किम्हेमा रिहल्सल गर्ने जानकारी दिदै भन्नुभयो, ‘नेपाल बहुजातिय, बहुभाषिक र बहुसंस्कृतिको धनी देश हो । नेपालको यिनै विविधतालाई महोत्सवमा देखाउन खोजेका छौं । त्यसैले यसपटकको हाम्रो नारा पनि ‘बहुजातिय राष्ट्र नेपाल’ रहेको छ ।’

सुवेदीका अनुसार यसपटक परेडलाई व्यवस्थित पार्न र आकर्षक देखाउन अनिवार्य नेपाली पहिरन लगाउनु पर्ने छ । त्यस्तै विभिन्न जातजातिको भेषभूषामा सजिएर प्रत्येक १०/१० जनाको जातिय समूह र महिलाको छुट्टै समूह बनाइ क्रमबद्ध परेडमा सहभागी जनाउनु पर्ने छ । यदि नेपाली पहिरन वा आआफ्नो जातिय पहिरन नभएमा नेपाल अंकित सेतो टिर्सट र टोपी लगाएर समूहको पछाडीबाट परेडमा भाग लिन सकिने छ ।

परेडमा उत्कृष्ठ हुने मुलुकले ठुलै धनराशीको नगद पुरस्कार पाउने हुनाले परेडलाई आकर्षक बनाउन पनि यो पटक जथाभावी नभई क्रमबद्ध र व्यवस्थित तरिकाले सहभागिता गराइने भएको हो । अरु मुलुकको एउटै भेषभूषा र नेपालको भने फरकफरक भेषभूषा भएको कारणले पनि परेड नियाल्ने निर्णायक अल्मलमा पर्ने भएकोले यो पटक नेपालको जातीपिच्छेको फरक भेषभुषा, कलासंस्कृतिको बारेमा अगाडि नै लिखित जानकारी गराउने सुवेदीले बताउनुभयो ।

त्यसैगरी यो पटकको महोत्सवमा पहिलोपटक नेपाली युवा कलाकार बिक्रम राईको कलाप्रदर्शनी समेत राखिने भएको छ । ‘कोरियामा काम गर्दै फुर्सदको समयमा कोरेका सिर्जनालाई प्रदर्शनीमा राखेर उनी जस्तै अन्य लुकेका प्रतिभालाई हौसला दिने लक्ष्य पनि हो’, सुवेदीले थप्नुभयो ।

आप्रवासीहरुसँगै बहुसाँस्कृतिक महोत्सव (माम्फ) को उदघाटनदेखि समापन कार्यक्रमसम्म विभिन्न उच्च ओहदाका पदाधिकारी सहित महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतहरुको समेत उपस्थिति रहने छ भने यो पटकको प्रमुख अतिथिका रुपमा बंगालादेशका संस्कृति मन्त्रीसहितको टोलीलाई निमन्त्रणा गरिएको छ ।

कोरियामा रहेका आप्रवासीहरुको लागि कोरियाको सरकारी निकायद्धारा हरेक वर्ष आयोजना गरिने उक्त महोत्सवका प्रमुख अतिथिका लागि नेपाल सरकार र नेपाली राजदूताबासले अर्को वर्षको लागि विशेष पहल गरेमा नेपाली कला र संस्कृतिलाई कोरियामा देखाउन, चिनाउन सकिने हुनाले बेलैमा नेपाल सरकार र कोरियास्थित नेपाली राजदूतावासले चासो देखाउन पनि विदेशीतर्फका आयोजक कमिटिका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गर्नुभयो ।  उहाँले अगाडि थप्नुभयो, ‘यदि नेपाल सरकारले चाहने हो भने कोरियामा नेपालको कलासंस्कृति चिनाउने मात्र होइन प्रवद्र्धन गर्ने राम्रो अवसर पनि हो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...