Advertisement
SKIP THIS

दिपावली साँझ मनाउन नेपाल आइडल टप ४ सागर आले कोरिया आउदै


कोरियाको महान चाड छुसकमा यस पटक पनि कोरियामा थुप्रै सांगीतिक कार्यक्रमहरु हुँदै छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले कोरियाको विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु गर्ने क्रममा नेपालबाट थुप्रै ख्यातीप्राप्त कलाकारहरु कोरिया आउने भएका छन् । जसमध्ये दक्षिण कोरियाको दोस्रो ठुलो शहर बुसानमा पनि आगामि अक्टोबर ३ तारिख दिपावली साँझ कार्यक्रमको आयोजना हुने भएको छ ।

‘सामाजिक सद्भाव र बृहत नेपाली एकता आजको आवश्यकता’ भन्ने नाराका साथ आपतकालिन राहत कोष स्थापनार्थ नेपाल आदिवासी जनजाती महासँघ बुसान शाखाले ‘दिपावली साँझ’ कार्यक्रमको आयोजना गर्ने भएको हो । कोरियाको मुख्य पर्व छुसकको अवसर पारेर छुसकको पहिलो दिन अक्टोबर ३ तारिख बुसानमा हुन लागेको उक्त दिपावली साँगीतिक साँझमा नेपाल आइडलका प्रतियोगी सागर आलेका साथमा  चर्चित गायिका मेलिना राई,  मोडल तथा नायिका एलिसा राई, गायक ताराप्रसाद लिम्बू, राजेश पूमा राई, बबिना किराती, एकदेव लिम्बूलगायतको प्रस्तुति रहने भएको छ ।

बुसानको मिन्जु खौङवान (मिन्जु पार्क) मा दिनको १२ बजे सुरु हुने उक्त साँगीतिक कार्यक्रमलाई सफल पारिदिनको लागि सम्पूर्ण कोरियावासी नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।

नेपाल आदिवासी जनजाती महासँघ दक्षिण कोरियाको बुसान शाखालाई व्यवस्थित र सुचारु रुपमा अगाडि बढाउन तथा आपतकालिन राहत कोष स्थापनार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमबाट उठेको केही रकम बुसानस्थित नेपाली प्रवासी महिला समूहद्धारा संचालित महिला आवास गृहको लागि पनि सहयोग गर्ने महासंघ बुसानका सचिब दोस्तीहाङ राईले बताए । नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल सबैले रुचाएका बहुमुखी प्रतिभाका धनी गायक सागर आले र सर्वाधिक रुचाइएकी स्वरकी धनी गायिका मेलिना राई तथा ठमेल बजारकी सुन्दरी अर्थात नायिका एलिसा राईको बेजोड प्रस्तुतिले पनि कार्यक्रम भब्य हुने आयोजकको दावी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...