Leshan Gurung

 

मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन हुंदै।

२०२३ सेप्टेम्बर ०८, सिउल , कोरिया। मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन २०२३ तथा वनभोज कार्यक्रम आगामी मिति सन् २०२३ सेप्टेम्बर २८ देखि ३० तारिख हुने भएको छ। सन् २००१ मा दक्षिण कोरियामा स्थापना भएको मनाङ जिल्लाबासीहरुको साझा संस्था मनाङ परिवारले विभिन्न मानवीय सेवा, सामाजिक कार्यहरु र खेलकुद क्षेत्रमा आफूलाई सकृय बनाउंदै आईरहेको छ। हिमाल पारिको जिल्ला भनेर परिचित मनाङ जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा लिने गरिन्छ । प्रसिद्ध तिलिचो ताल मनाङ जिल्लाकै एउटा सुन्दर आकर्षण मानिन्छ। उक्त जिल्ला बाट दक्षिण कोरिया आउनुभई विभिन्न शिलशिलामा बसोबास गरिरहनुभएका मनाङेहरुफुर्सदमा


तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ सम्पन्न , गुल्मी सम्पर्क समिति उपाधि उचाल्यो।

नेपाल भलिबल संघ दक्षिण कोरियाको आयोजनामा दक्षिणको थेसोमा हिजो मिति सन् २०२३ जुलाई ३० तारिख आईतबार तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ सम्पन्न भएको छ। “स्वास्थ्य को लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारा सहित आपतकालीन राहत कोष स्थापना सहयोगार्थ नेपाल भलिबल संघ दक्षिण कोरिया द्वारा आयोजित तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ को औपचारिक कार्यक्रम संघको अध्यक्ष चन्द्र रानाको अध्यक्षतामा , रा.खे.प.कार्यकारी बोर्ड् सदस्य एवं वर्ल्ड तेक्वान्दो हान्मादाङ स्वर्ण पदक बिजेता नन्दा बस्यालको प्रमुख आतिथ्यता रहेको थियो। बिशेष अतिथि हरु भने काजल श्रेष्ठ (राष्ट्रिय खेलाडी एवं तेर्हौं साग स्वर्णफुर्सदमा


किम्हेमा ए मेरो हजुर ४ प्रदर्शन गर्ने।

  स्याङ्जा परिवार किम्हे बुसान शाखा द्वारा यहि आउँदो अगष्ट १४ मा कोरियाको दोस्रो ठुलो शहर किम्हे/बुसानमा , नेपालमा भब्य सफल प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ४” प्रदर्शन गर्ने भएको छ। यस चलचित्र प्रदर्शन गर्नु को उद्देश्य स्याङ्जा जिल्लामा रहेको एक मात्र बालगृहलाई सहयोग गर्नु रहेको छ। अमोर सेवा नेपाल द्वारा संचालित  बालगृह स्याङ्जाको फेदिखोलामा संचालनमा रहेको छ। यसै बालगृहको भवन निर्माणमा सहयोग गर्ने मुल उद्देश्यका साथ यस चलचित्र प्रदर्शन गर्न लागिएको भनेर स्याङ्जा परिवार किम्हे/बुसान शाखाका  अध्यक्ष कमल अर्यालले बताउनु भएको छ। र सम्पुर्ण नेपाली चलचित्र प्रेमी दाजुभाईफुर्सदमा


नेफिन कोरिया र जापानले २७ औं विश्व आदिवासी दिवस जुम भर्चुअल मार्फत मनाउने।

“विश्वका आदिवासी जनजाती एक हौं” भन्ने मुल नाराका साथ नेफिन जापान र नेफिन कोरियाले संयुक्त रूपमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम  आयाेजना गरि मनाउने भएको छ। अगस्ट ८ तारिख आइतबारका दिन जुम भर्चुअल अनलाइन मार्फत द.कोरियाको लागि नेपाली दूतावास कोरियाको का. महामहिम राजदुत राम सिंग थापाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि नेफिन केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोबिन्द छन्त्याल, बक्ताहरूमा बलकृष्ण मबुहाङ, प्रो ओका मोतो टोक्यो विश्वविद्यलय लगायतकाबाट सम्बोधन तथा शुभकामना सहित मनाउन गईरहेको नेफिन दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले  बताउनुभएकोफुर्सदमा


कोरियामा निधन भएका स्व. गगन रावलको परिवारलाई कोरियामा संकलित सहयोग रकम हस्तान्तरण ।

सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा सञ्चालित संयुक्त अभियानबाट संकलित कुल रकम मध्येबाट मृतकको कोरियाको अस्पतालमा भएको खर्च र कोरिया देखि नेपाल पठाउन लागेको सम्पूर्ण खर्च कटाएर बचत रकम रु.१७,३०,५०३|- स्व.गगन रावलको परिवारलाई उहांकै घरमा हस्तान्तरण गरिएको छ। चाैकुने गाउँपालिका वडा न.-०४ घर भएका विगत काेरियाकाे एजुमा ४ वर्ष १० महिना काम गर्दै आएका गगन रावलकाे गत चैत्र १८ गते हृदयघातका कारण मृत्यु भएको थियो। परिवारलाई केही राहत र दु:खमा मलमपट्टि लागाेस् भन्ने उद्देश्यले सुर्खेत समाज दक्षिण काेरिया र कर्णाली प्रदेश समाज दक्षिण काेरियाकाे संयुक्त अभियानमाफुर्सदमा


भर्चुअल जूम मार्फत तमू धीं कोरियाको तमू ल्वों ल्होसार कार्यक्रम सम्पन्न ।

सउल कोरिया ।०४ जनवरी २०२० तमू जातिको नयाँ वर्ष तथा नेपाली मौलिक राष्ट्रिय महान् चाड ल्होसारको अवसरमा यस वर्ष ‘च्यू’ ल्हो’ (मूसा वर्ग) को विदाई तथा ‘ल्वों ल्हो’ (गाई वर्ग) स्वागत सहित भर्चुअल जूम मार्फत तमू धीं दक्षिण कोरियाले तमू ल्वों ल्होसार कार्यक्रम २०७७ सम्पन्न गरेको छ । तमू धीं कोरियाले बर्सेनी जनवरी महिनाको पहिलो आइटबार ल्होसार मनाउँदै आइरहेको परम्परा अनुसार वर्तमान कोभिड-१९ कोरोनाको विषम सन्त्रासको कारण जनवरी ३ तारिक आइटबारलाई मिति तय गरि भर्चुअल जूम मार्फत तमू ल्वों ल्होसार कार्यक्रम २०७७ शुभकामना आदान प्रदान गरि मनाएको हो । संस्थाकाफुर्सदमा


दुर्घटनामा मेरुदण्ड र खुट्टा भाँचिएर पोखरामा उपचाररत भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा असी हजार रुपैंया सहयोग ।

भलिबल खेल मार्फत नेपाल र नेपालीलाई विश्व सामु चिनाउने लक्ष्य सहित आफ्नो जीवन समर्पण गर्दै नेपाल प्रहरीमा समेत आबद्ध रहेका एक कुशल भलिबल खेलाडी तथा राष्ट्र सेवक ओम प्रकाश परियारलाई मेरुदण्डमा जटिल समस्या देखिएपछि उपचारका लागी नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको नेतृत्वमा संकलित असी हजार दुई सय पचास रुपैंया हस्तान्तरण गरिएको छ । पर्वत जिल्लाको एउटा विकट गाउँमा जन्मिएर भलिबल खेलमा निकै अब्बल रहेका एक ईमान्दार, अनुशासित भलिबल खेलाडी ओम प्रकाशको सानो परिवार अर्थात् हजुरआमा, बुबा, आमा, एक भाई , श्रीमती र दुई छोरी पर्वतकै गाउँमा उनकै भरमा साधारणफुर्सदमा


सुतेकै अवस्थामा मृत्यु भएका थापाको कोरियामै अन्त्येष्टि ।

ईपीएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्क बहादुर थापाको पार्थिव शरीरलाई विधुतीय विधिबाट दाहसंस्कार गरिएको छ । स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कोरियामा कार्यरत थापा गत १२ सुतेकै अवस्थामा मृत भेटिएका थिए । उनको पार्थिव शरीरलाई २४ तारिक आइतबार कोरियाको इन्छन फेमिली पार्कको 화장 शव दाह गृहमा अन्त्येष्टि गरिएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी गराए । वैधानिक रुपमा दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा आमा, दुई दाईहरु र मृतक थापा अविवाहितफुर्सदमा


कोरियाका लागि चार्टर्ड फ्लाईट मे १२ तारिक गरिने पक्कापक्की

दक्षिण कोरिया । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना (COVID-19) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दी (Lock Down) सँगै नियमित अन्तराष्ट्रिय उडानमाथि लगाईएको प्रतिबन्धका कारण समयमा नै दक्षिण कोरिया जानबाट रोकिएका नेपाली नागरिकहरुको नियमित भिषा नविकरण गर्नुपर्ने लगायतका समस्याहरुलाई मध्यनजर यही मे १२ तारिक कोरियाका लागि चार्टर्ड फ्लाइट गरी विमान उडान भर्ने पक्कापक्की भएको छ । कोरियामा रहेर काम गर्न पाउने भिषा अवधिको समय समाप्ति अगावै दक्षिण कोरिया प्रवेशका निम्ति गैर आवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA KOREA)को नेपाल सरकारसँगको अनुरोधलाई नेपाल सरकारले सम्बोधन गर्दै गतफुर्सदमा


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि द.कोरियामा सहयोग संकलन गरिने

         धुर्मुस सुन्तली फाउन्डेसन को पहल मा जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ द.कोरिया मा सहयोग संकलन अभियान संचालन गरिने भएको ।        कोरियामा रहेको नेपाली समुदाय माझ चितवन सम्पर्क समिती द. कोरियाले अभियान संचालन गर्न लागेको हो । चितवन सम्पर्क समिति ले संचालन गर्न लागेको सहयोग अभियानलाई  बाग्मती प्रदेश एकता समाज लगायत विभिन्न संघ संस्था तथा सामाजिक अभियान्ता हरुले सघाउन लागेको कुरा समितिका अध्यक्ष लिलाकान्त महतो ले जानकारी गराउनु भएको छ । साथै यो पबित्र कार्यमा कोरियामा रहनुहुने नेपाली समुदाय,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...