किम्हेमा ए मेरो हजुर ४ प्रदर्शन गर्ने।
स्याङ्जा परिवार किम्हे बुसान शाखा द्वारा यहि आउँदो अगष्ट १४ मा कोरियाको दोस्रो ठुलो शहर किम्हे/बुसानमा , नेपालमा भब्य सफल प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ४” प्रदर्शन गर्ने भएको छ। यस चलचित्र प्रदर्शन गर्नु को उद्देश्य स्याङ्जा जिल्लामा रहेको एक मात्र बालगृहलाई सहयोग गर्नु रहेको छ।
अमोर सेवा नेपाल द्वारा संचालित बालगृह स्याङ्जाको फेदिखोलामा संचालनमा रहेको छ। यसै बालगृहको भवन निर्माणमा सहयोग गर्ने मुल उद्देश्यका साथ यस चलचित्र प्रदर्शन गर्न लागिएको भनेर स्याङ्जा परिवार किम्हे/बुसान शाखाका अध्यक्ष कमल अर्यालले बताउनु भएको छ। र सम्पुर्ण नेपाली चलचित्र प्रेमी दाजुभाई दिदिबहिनीहरुलाई मनोरञ्जन साथै समाज सेवामा हातेमालोका लागी उपस्थित जनाईदिनुहुन हार्दिक निमन्त्रणा पनि गर्नुभएको छ।