Advertisement
SKIP THIS

मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन हुंदै।


२०२३ सेप्टेम्बर ०८,
सिउल , कोरिया।

मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन २०२३ तथा वनभोज कार्यक्रम आगामी मिति सन् २०२३ सेप्टेम्बर २८ देखि ३० तारिख हुने भएको छ।

सन् २००१ मा दक्षिण कोरियामा स्थापना भएको मनाङ जिल्लाबासीहरुको साझा संस्था मनाङ परिवारले विभिन्न मानवीय सेवा, सामाजिक कार्यहरु र खेलकुद क्षेत्रमा आफूलाई सकृय बनाउंदै आईरहेको छ। हिमाल पारिको जिल्ला भनेर परिचित मनाङ जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा लिने गरिन्छ । प्रसिद्ध तिलिचो ताल मनाङ जिल्लाकै एउटा सुन्दर आकर्षण मानिन्छ। उक्त जिल्ला बाट दक्षिण कोरिया आउनुभई विभिन्न शिलशिलामा बसोबास गरिरहनुभएका मनाङेहरु एकताबद्द भई गठन भएको यस संस्थाले नेपाल र कोरियामा धेरै उदहरणीय कार्यहरु गरिसकेको छ।उक्त तीन दिने कार्यक्रममा संस्थाको अधिवेशन संगसंगै वनभोज कार्यक्रम पनि आयोजना गरिएको संस्थाका वर्तमान अध्यक्ष विनराज गुरूङ ले जानकारी दिनुभएको छ।

सबैको विदाको समय अर्थात् कोरियन महान पर्व एवं छुसकको अबसर पारेर कार्यक्रम आयोजना गरिएको हुंदा मनोरञ्जन संगसंगै अधिवेशन पनि हुने भएको हुंदा कोरियामा बसोबास गरिरहनुभएका सम्पूर्ण मनाङे दाजुभाई तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थिति जनाईदिनुहुन संस्थाका अध्यक्ष विनराज गुरुङले अनुरोध गर्नुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...