Advertisement
SKIP THIS

कोरियाका लागि चार्टर्ड फ्लाईट मे १२ तारिक गरिने पक्कापक्की


दक्षिण कोरिया ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना (COVID-19) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दी (Lock Down) सँगै नियमित अन्तराष्ट्रिय उडानमाथि लगाईएको प्रतिबन्धका कारण समयमा नै दक्षिण कोरिया जानबाट रोकिएका नेपाली नागरिकहरुको नियमित भिषा नविकरण गर्नुपर्ने लगायतका समस्याहरुलाई मध्यनजर यही मे १२ तारिक कोरियाका लागि चार्टर्ड फ्लाइट गरी विमान उडान भर्ने पक्कापक्की भएको छ ।

कोरियामा रहेर काम गर्न पाउने भिषा अवधिको समय समाप्ति अगावै दक्षिण कोरिया प्रवेशका निम्ति गैर आवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA KOREA)को नेपाल सरकारसँगको अनुरोधलाई नेपाल सरकारले सम्बोधन गर्दै गत अप्रिल ३० तारिक उडान हुने तयारीमा रहेपनि विविध कारणवश उडान रोकिएको हुनाले नेपाल एयरलायन्सको २६० सीट क्षमताको नेपाल झण्डा अंकित विमानले यही मे १२ उडान भर्ने तयारी गरेको हो ।

कोरिया जानुअघि कोरोना स्वास्थ्य परिक्षणको मापदण्ड पूरा गर्नुपर्ने र कोरिया छिरेपश्चात् पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ । कोरियाको पछिल्लो नियम र अहिले भित्रिने कामदारको नियम अनुसार आफ्नो कम्पनीको साहुसँग पहिल्यै सल्लाह, समन्वय र पूर्व अनुमति लिएर कम्पनीमै पनि सेल्फ क्वारेन्टाइनमा बस्न सकिने वा आफ्नै बन्दोबस्त गरेर बस्नुपर्ने नियम रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष यज्ञराज सुवेदीले बताए ।

महामारी कोरोनाका कारण तुलानात्मक रुपमा कामदारलाई विमानको भाडा स्वभाविक रुपमा महंगो पर्ने र कोरिया आउनु अघि र आएपछि सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने केही झन्झटिलो प्रक्रिया भएपनि यो विषम अप्ठ्यारोमा इपीयस नेपाली कामदार निश्चय नै लाभान्वित हुनेमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय उपाध्यक्ष संजीव राईले स्पष्ट पारे । यो महत्वपूर्ण उडान व्यवस्थापनमा इपीयस शाखा, एचआरडी कोरिया, नेपाली राजदुतावासको पनि समन्वयकारी भूमिका रहेको बताईएको छ । कोरियाका लागी विमान उडान हुन नसक्दा कामदारको भिषा समय समाप्त भई कोरिया प्रवेशको अवसरबाट बञ्चित हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।

विविध सोधपुछका लागी सम्पर्क गर्न सकिने ब्यक्तिहरु :

(काठमाडौं/भक्तपुर/ललितपुर)
बिनोद चापागाईं 9860055838
रोशन भट्टराई 9813105011

(पोखरा/बाग्लुङ/म्याग्दी)
अरुण: 9840351444
नेत्र पौडेल: 9856082660

(बुटवल/रुपन्देही/गुल्मी/पाल्पा/कपिलवस्तु/अर्घाखाँची)
भीम कंडेल: 9847005775

(चितवन/नवलपुर/हेटौंडा/मकवानपुर)
बसन्त केसी: 9823443742

यस बाहेकका क्षेत्रमा बस्नु हुनेले सम्पर्क :
बिनोद चापागाईं 9860055838
रोशन भट्टराई 9813105011

(साथै दक्षिण कोरियास्थित NRNA प्रतिनिधिहरुलाई सम्पर्क गर्न सकिनेछ ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...