Advertisement
SKIP THIS

भर्चुअल जूम मार्फत तमू धीं कोरियाको तमू ल्वों ल्होसार कार्यक्रम सम्पन्न ।


सउल कोरिया ।०४ जनवरी २०२०

तमू जातिको नयाँ वर्ष तथा नेपाली मौलिक राष्ट्रिय महान् चाड ल्होसारको अवसरमा यस वर्ष ‘च्यू’ ल्हो’ (मूसा वर्ग) को विदाई तथा ‘ल्वों ल्हो’ (गाई वर्ग) स्वागत सहित भर्चुअल जूम मार्फत तमू धीं दक्षिण कोरियाले तमू ल्वों ल्होसार कार्यक्रम २०७७ सम्पन्न गरेको छ ।

तमू धीं कोरियाले बर्सेनी जनवरी महिनाको पहिलो आइटबार ल्होसार मनाउँदै आइरहेको परम्परा अनुसार वर्तमान कोभिड-१९ कोरोनाको विषम सन्त्रासको कारण जनवरी ३ तारिक आइटबारलाई मिति तय गरि भर्चुअल जूम मार्फत तमू ल्वों ल्होसार कार्यक्रम २०७७ शुभकामना आदान प्रदान गरि मनाएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) रहनुभएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष ईन्द्रराज गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रम सउलस्थित दोङ्देमुनमा रहेको तमू धीं सेल्टरमा कार्यक्रमका सभापति, प्रमुख अतिथि, केन्द्रीय सल्लाहकार लीना गुरुङ, तमू धीं सेल्टर संयोजक नरेन्द्र गुरुङ लगायत केही अन्य संस्था सम्बद्ध व्यक्तित्वहरुको उपस्थितिका विच दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक समुद्घाटन गरिएको थियो । तमू संस्कार, मूल्य र मान्यता अनुसार सोही अवसरमा ल्हो जाने र ल्हो आउने आउनेलाई रुपा लगाई स्याईस्याई समेत गरिएको थियो ।

प्रविधिको उच्चतम प्रयोग गर्दै विविध साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको थियो । संस्थाका सल्लाहकारहरु, संस्था सम्बद्ध व्यक्तित्वहरुले हामीविचको सम्बन्ध, एकता र सद्भावमा अझ प्रगाढको शुभेच्छा व्यक्त गर्दै सामाजिक दूरी कायम र सबैलाई महामारी कोरोनाबाट सुरक्षित रहन आग्रह गर्नुभएको थियो । आफ्नो जाति र संस्थाको मूल मर्म र भावानालाई सदैव केन्द्रमा राखेर आफ्नोपन र अपनत्व हामी सबैमा हुनुपर्ने धारणा र तर्क राख्दै मन्तव्य मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो । भर्चुअल जूमका लागि संस्थाका अग्रज व्यक्तित्व विजय गुरुङ, केन्द्रीय सदस्य दुर्गा गुरुङ र वरिष्ठ उपाध्यक्ष ईन्द्रराज गुरुङको विशेष प्राविधिक सहजीकरण सँगै कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव लेसन गुरुङले गरेका थिए ।

प्रवासको भूमिमा रहेर आफ्नो जातिको मौलिक परम्परा, भेषभूषा, संस्कार र संस्कृतिको जगेर्नाको निम्ति अग्रसर रहि आएको सन्दर्भमा आफ्नो क्रियाशिलतालाई अझ जिम्मेवार र जीवन्त प्रदान गर्न महामारी कोभिड १९ को जोखिमलाई ख्याल गर्दै भर्चुअल जूममा सहभागी जनाउनुहुने तमाम संस्था सम्बद्ध महानुभावहरु र शुभचिन्तकहरुलाई तमू धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...