तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ सम्पन्न , गुल्मी सम्पर्क समिति उपाधि उचाल्यो।


नेपाल भलिबल संघ दक्षिण कोरियाको आयोजनामा दक्षिणको थेसोमा हिजो मिति सन् २०२३ जुलाई ३० तारिख आईतबार तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ सम्पन्न भएको छ।

“स्वास्थ्य को लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारा सहित आपतकालीन राहत कोष स्थापना सहयोगार्थ नेपाल भलिबल संघ दक्षिण कोरिया द्वारा आयोजित तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ को औपचारिक कार्यक्रम संघको अध्यक्ष चन्द्र रानाको अध्यक्षतामा , रा.खे.प.कार्यकारी बोर्ड् सदस्य एवं वर्ल्ड तेक्वान्दो हान्मादाङ स्वर्ण पदक बिजेता नन्दा बस्यालको प्रमुख आतिथ्यता रहेको थियो। बिशेष अतिथि हरु भने काजल श्रेष्ठ (राष्ट्रिय खेलाडी एवं तेर्हौं साग स्वर्ण पदक बिजेता) र किशन गौतम (अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया) रहेको थियो। अतिथिहरुमा भने भुमिराज भुषाल (अध्यक्ष,बाग्लुङ समाज दक्षिण कोरिया ),गणेश पौडेल (अध्यक्ष, गुल्मी सम्पर्क समिती दक्षिण कोरिया )सुरज लामा (अध्यक्ष, थेसो परिवार ) र बिजय थापा (पुर्ब अध्यक्ष, स्याङ्जा परिवार ) रहेको थियो ।

दक्षिण कोरियामा सकृय कुल २० भलिबल टिमको सहभागिता रहेको प्रतियोगितामा पोल ए तर्फ पहिलो चरणको पहिलो खेलमा बाग्लुङ समाजले र ओ एच सि बाग्लुङलाई दोश्रो खेलमा बिश्वकर्मा समाजले तनहुं सम्पर्क समितिलाई तेश्रो खेलमा मेन्दोङ भिसीले बिश्वकर्मा समाज बिलाई चौथो खेलमा आन्सान नेपाली समाजले स्याङ्जा परिवारलाई पराजित गरेको थियो। दोश्रो चरणको पहिलो खेलमा भने बिश्वकर्मा समाजले कास्की परिवारलाई, दोश्रो खेलमा थेसो परिवार ले मेन्दोङ भिसीलाई पराजित गरेको थियो। यसैगरि पहिलो क्वाटरफाइनमा बाग्लुङ समाजले बिश्वकर्मा समाज लाई दोश्रो क्वाटरफाइनलमा आन्सान नेपाली समाजले थेसो परिवारलाई पराजित गर्दै सेमिफ़ाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा भने बाग्लुङ समाजले आन्सान नेपाली समाजलाई सोझो सेट(२-०)मा पराजित गर्दै फाईनल प्रवेश थियो।

यसैगरि पोल बी तर्फ पहिलो खेलमा इक्सान नेपाली समाज ले कास्की परिवार बि लाई दोश्रो खेलमा थेसो परिवार ए ले मोजान नेपाली समाजलाई तेश्रो खेलमा यु भि सि ले पर्बतलाई चौंथो खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम समाज लाई पराजित गरेको थियो। दोश्रो चरणको पहिलो खेलमा भने गुल्मी सम्पर्क समितिले इक्सान नेपाली समाजलाई दोश्रो खेलमा थेसो परिवार एले राप्ती समाजलाई पराजित गरेको थियो। पोल बीको पहिलो क्वाटरफाइनल गुल्मी सम्पर्क समितीले कर्णाली प्रदेशलाई र दोश्रो क्वाटरफाइनलमा थेसो परिवार ए ले युभिसी लाई पराजित गरेको थियो । पोल बीको सेमिफ़ाइनलमा भने गुल्मी सम्पर्क समिती ले थेसो परिवार ए लाई सोझो सेट(२-०)मा पराजित गर्दै फाईनल प्रवेश गरेको थियो।

प्रतियोगिताको तेश्रो स्थानको उपाधिको लागि भएको खेलमा थेसो परिवारले आनसान नेपाली समाजलाई २-१ सेटमा पराजित गर्दै विजयी बनेको थियो।प्रतियोगिताको उपाधिको लागि
बागलुङ समाजलाई गुल्मी सम्पर्क समितिले सोझो सेट( २-० ) ले पराजित गर्दै विजयी बनेको थियो। प्रतियोगिताको उपाधि चुम्न सफल गुल्मी सम्पर्क समितिले नगद १८ लाख वोन, ट्रफि , मेडल र प्रमाणपत्र यसैगरि दोश्रो स्थान हासिल गर्न सफल बाग्लुङ समाजले नगद १२ लाख वोन, ट्रफि , मेडल र प्रमाणपत्र र तेस्रो स्थान हासिल सफल थेसो परिवार ए ले नगद ५ लाख वोन, ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरि प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा शिशिर बिक (गुल्मी सम्पर्क समिती) घोषित हुंदै नगद १ लाख वोन ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरे भने बेस्ट सेटर मा बिक्रम घर्ती मगर (गुल्मी सम्पर्क समिति),
बेस्ट लिबेरोमा प्रकाश मल्ल (बाग्लुङ समाज), बेस्ट स्पाइकरमा रिजन राना (बाग्लुङ समाज) र बेस्ट ब्लकरमा गणेश नेपाली (थेसो परिवार) ले नगद ५० हजार वोन् र प्रमाणपत्र हात पारे।

प्रतियोगिताको औपचारिक कार्यक्रम संघको बरिष्ठ उपाध्यक्ष अमित राना स्वागत मन्तब्य सगै सुरु भएकोमा बिशेष अतिथि हरु किशन गौतम र काजल श्रेष्ठ यसैगरि प्रमुख अतिथि नन्दा बस्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अन्त्य गर्दै संघको अध्यक्ष एवं कार्यक्रम सभाध्यक्ष चन्द्र रानाले प्रतियोगिता र अभियान सफल पार्न सहयोग गर्नुहुने प्रायोजकज्यूहरु, सहभागी संस्थाहरु, हल व्यवस्थापक मुकेश सेन्चुरी , प्रमुख अतिथि, बिशेष अतिथि र अतिथि गण, पत्रकार, खेलाडी, विद्यार्थी र आर्थिक , भौतिक र नैतिक रुपमा सहयोग गर्नुहुने सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै बिजयी टिमहरु र खेलाडीहरु बधाई र सहभागी सबैमा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। उक्त प्रतियोगितामा कार्यक्रम सञ्चालन संघको कोषाध्यक्ष केदार गौतमले गर्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...